पेरिस – युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जर्मन च्याम्पियन वार्यन म्युनिखलाई ३–० ले पराजित गरेको छ।
समूह 'बी' को खेलमा लगातार दोस्रो जित दिलाउन पिएसजीका लागि एडिन्सन काभानी, नेइमार र ड्यानी अल्लेभसले गोल गरे। अल्भेसले दोस्रो मिनेटमै गोल गरेर पिएसजीलाई सुरुवाती अग्रता दिलाए। नेइमारले ३१ मिनेटमा पिएसजीको अग्रता दोब्बर पारे। ६३ मिनेटमा काभानीले तेस्रो गोल गरेर पिएसजी जितर्फ लम्कियो।
समूह 'बी' सेल्टिकले एन्डरलेचलाई ३–० ले हरायो। समूह 'बी'मा पिएसजी ६ अंकसहित पहिलो स्थानमा छ। दोस्रो स्थानको वायर्नको ३ तथा तेस्रो स्थानको सेल्टिकको पनि ३ अंक नै छ। एन्डरलेच अंकबिहिन छ।
समूह 'ए' को खेलमा म्यानचेस्टर युनाइटेडले सिएसकेए मस्कोलाई ४–१ ले हरायो। यो समूहको अर्को खेलमा बासेलले बेनिफिकालाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।