• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको एक्लै हिँड्ने रहर

64x64
किशोर दहाल आइतबार, चैत ८, २०७७  २१:२०
1140x725

काठमाडौं- 'मलाई अरुले तपाईं केपी ओलीलाई फोन गर्नुस् भन्नुभयो। मैले फोन गर्दिनँ भनेँ। म अध्यक्ष भएको भए फोन मात्रै होइन, घरमै जाने थिएँ। ढोका खोलेर, बेडरुममा बसेर 'कमरेड किन रिसाउनुभयो?' भनेर गाला मुसार्ने थिएँ। उहाँको काम होइन, अध्यक्ष भइसकेपछि? अध्यक्ष भनेको 'गार्जियन' पनि हो। गार्जियनको काम नै हो- अरुलाई फकाउने, मिलाउने, समेट्ने, ल्याउने।'

शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका कुरा हुन्, यी। उनका कुराले एमाले अध्यक्ष केपी शर्मा ओली र उनीबीचको मनभेद प्रष्ट पार्छ। मनभेद न्यूनीकरण गर्ने पहल नखोजिँदा ब्युँतिएको एमालेले सकसपूर्ण दिनहरु बिताइरहेको छ।

एमालेभित्र शक्ति संघर्ष नयाँ होइन। त्यहाँभित्र स्थायी रुपमै गुटहरु थिए। र, गुटको नेतृत्व गरेरै नेताहरु नेतृत्वमा पुग्न सफल भए। तर, अहिलेको तुलनामा शक्तिको भोक र प्रयोग एमालेको नेतृत्वमा विगतमा थिएन भन्दा पनि हुन्छ। दुई दशकयता त एमाले चुस्त सांगठनिक संरचना र शक्ति संघर्षको पर्याय नै बनेको थियो। जुन पछिल्ला केही सातायता भत्किएका छन्।

नेकपाको विरासत
नेकपाको शक्ति संघर्षको नेतृत्वमा एकातिर ओली थिए, अर्कातिर पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल। सरकारको तर्फबाट विवादास्पद अध्यादेश ल्याउन थालेपछि, विवादास्पद नियुक्तिहरु गर्न थालेपछि ओलीको नेतृत्वमाथि प्रश्न उठ्यो। प्रश्न उठाउने पार्टी कमिटीलाई पनि ओलीले बेवास्ता गरे। परिणामतः सरकारको कामप्रति पार्टीको अपनत्व गुम्यो, पार्टी पनि बन्धक बन्यो। त्यसपछि नै प्रचण्ड र नेपाल पक्ष ओलीको विकल्पको खोजीमा लागे।

२०७७ वैशाखका सचिवालय बैठकदेखि असार-भदौका स्थायी कमिटी बैठकमा पार्टी विवाद छताछुल्ल भयो। विवाद अघि बढ्दै जाँदा ओलीविरुद्ध सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव प्रस्तुत गरे। त्यसले ओलीलाई आहत बनायो। उनले त्यसलाई ‘आरोप पत्र’ करार गर्दै खारेज गर्ने बताए।

'यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छना जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको पनि थिएन । कहिल्यै कसैले यस्ता आरोप लगाएको यस ढङ्गले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइन', मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावको प्रतिवाद गर्दै भनेका थिए।

ओलीले पार्टीभित्र आफूमाथि आइपर्ने चुनौतीको प्रतिकार गर्दै गए। आफू बस्ने कुर्सीमा कसैले आँखा लगाए कुर्सी नै भाँचिदिने चेतावनी पनि दिए। आखिरमा पुस ५ गतेसम्म आइपुग्दा उनले असंवैधानिक कदम चाल्न पुगे। प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम सदर भइदिएको भए त्यसले संविधान र व्यवस्थामाथि लाग्ने चोट गहिरो हुनसक्थ्यो। जुन सर्वोच्चले सच्याइदियो। ओलीको कदमका विरुद्ध प्रचण्ड-नेपालले सडक संघर्ष गरे।

प्रचण्ड–नेपाल पक्षका नेताहरुले माइतीघर पुगेर भने–हामी यहाँ छौं [फोटो फिचर]
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध पुस १० को विरोध कार्यक्रम (माइतीघर)मा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल। तस्बिर : निमेषजंग राई

प्रतिनिधि सभा विघटनपछि भने पार्टीभित्र गहिरो फाटो निम्तियो। एकैतिर उभिएका प्रचण्ड र नेपालले ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेताबाट मात्रै होइन, पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गर्न पुगे। प्रधानमन्त्री हुनुको शक्तिले ओलीले कहिले बेवास्ता गरे, कहिले प्रतिकार गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

ओलीको प्रतिशोध
परिस्थितिले एमाले ब्युँतिएपछि सबैभन्दा खुसी ओली पक्ष देखियो। प्रष्ट रुपमा अभिव्यक्त नभएको भए पनि ओली पक्षको खुसीलाई उनकै खुसीको रुपमा बुझ्न कठिन छैन। त्यसको कारण भनेको नेकपामा आफू विरुद्ध खडा भएको कठिन परिस्थितिबाट मुक्ति पाई एमालेको शक्तिशाली अध्यक्षको रुपमा पदार्पण हुनु हो। परिणामतः ओली आफ्नो हातमा फर्किएको शक्ति प्रयोगमा भुले।

May be an image of one or more people, people standing and indoor

एमाले ब्युँतिएपछि ओलीले नेकपामा आफू कुन कारणले कमजोर बन्न पुगेँ भन्ने कुरालाई मसिनोगरी सम्झना गरेको र एमालेमा त्यसको हिसाबकिताब मिलान गरिहाल्ने प्रयास गरेको देखिन्छ। नेकपामा उनी पार्टी कमिटीमा अल्ममतमा थिए। एमालेमा उनले आफू पक्षका केन्द्रीय कमिटी सदस्य थपे। थप्न नमिल्ने कमिटीलाई विघटन गरिदिए। प्रवक्तादेखि प्रदेश इन्चार्जसम्ममा आफूप्रति प्रतिबद्धलाई भर्ना गरे।

ओली अझै अघि बढेर संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार आफूमा केन्द्रित गरेका छन्। त्यस्तै, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि आफैंमा खिचेका छन्। अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम गर्ने पार्टी अख्तियारी पनि आफैंमा सीमित गरेका छन्।

जतासुकै शक्तिको विकेन्द्रीकरण गर्ने समयमा ओलीले भने एमालेको सबै शक्तिको केन्द्र आफूलाई बनाएका छन्। उनको थप शक्ति आर्जन संघ र प्रदेशका एमाले संसदीय दलमा रहेका आफ्नो पक्षभन्दा इतरका समानुपातिक सांसद्हरुलाई निकट समयमै पदमुक्त गर्नमा प्रयोग हुने बुझ्न सकिन्छ।

पछिल्ला दिनमा गरिएको निर्णय राजनीतिक दल सम्बन्धी ऐन अनुसार नै भएको बताउँछन्, ओली पक्षका नेता तथा एमालेका प्रमुख सचेतक विशाल भट्टराई। उनले अध्यक्ष ओलीलाई थप अधिकार प्रत्यायोजन नगरिएको बताए। 'ऐनमा निर्वाचन आयोगको प्रयोजनका लागि प्रमुख पदाधिकारी भन्ने एउटा शब्द छ, त्यो पद तोक्नुपर्छ। निर्वाचन आयोगमा पत्राचार गर्नुपर्‍यो, टिकटमा हस्ताक्षर गर्नुपर्‍यो या बन्द सूचीका विषयमा कुनै निर्णय गर्नुपर्‍यो भनेदेखि प्रमुख पदाधिकारी तोकिन्छ। कांग्रेसमा शेरबहादुर देउवा, माओवादी केन्द्रमा प्रचण्ड छन्। हामीले पनि केपी ओली प्रमुख पदाधिकारी हुन् भनेर निर्णय गरेको हो। भोलि कसको हस्ताक्षर आधिकारिक मान्ने त? त्यतिबेला आधिकारिक अध्यक्ष ओली हो भनेको मात्रै हो', उनले भने।

एक्लै हिँड्ने रहर
अहिलेको एमालेमा पार्टीका निर्णयहरु जुन तरिकाले गरिएको छ र जस्ता निर्णयहरु गरिएका छन्, त्यसले पार्टीलाई बहसबाट निर्णयमा पुग्ने लोकतान्त्रिक बाटोतिर होइन, शक्ति प्रयोगको लालसामा फसाउने आकलन गर्न सकिन्छ। त्यसले पार्टीमा नेतृत्वको कार्यशैली र निर्णयप्रति असन्तुष्टि राख्ने वैचारिक प्रतिवादको स्वतन्त्रतालाई पनि खुम्च्याउने छ। रोचक चाहिँ के छ भने यस्ता अधिकार आफूमा केन्द्रित गर्नुअघि ओलीले पार्टीभित्र र बाहिर पर्याप्त बहस गराएका छैनन्। आफूप्रति नतमस्तकहरुको कहिले गोप्य र कहिले खुला भीड जम्मा गरेर आफैंमा शक्ति थोपर्ने अनौठो शैली अपनाएका छन्। र आफूप्रति प्रतिबद्धहरुको बहुमत स्थापित गर्ने सूत्र अपनाएका छन्।

पछिल्ला निर्णय उनको एक्लै हिँड्ने रहर भएको बताउँछन्, विश्लेषक श्याम श्रेष्ठ। 'यस्तो प्रयासले पार्टीभित्रको लोकतान्त्रिक संस्कृतिलाई सिध्याउँछ नै, पार्टीलाई नै सिध्याउँछ। यस्तै रह्यो भने पार्टी पनि एक रहँदैन', उनी भन्छन्।

एमाले ब्युँतिएपछि माधव नेपाल पक्षका धेरै नेताहरुले ओलीको फराकिलो हृदयको अपेक्षा गरेका थिए। उनले नेकपामा फरक-फरक धारमा पुगेका भए पनि तत्कालीन एमालेका कमिटी सदस्यहरुलाई एकै ठाउँमा बस्ने वातावरण बनाउलान् भन्ने उनीहरुको अपेक्षा थियो। सबैको सहभागितामा ‘नेकपा अवधि’को समीक्षा गरेर आगामी दिशा तय गरिएला भन्ने थियो। तर त्यसो भएन। नेपाल पक्षलाई 'म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो' भनेजस्तो भयो।

ओलीले फागुन २८ गतेयता आफ्नो अनुकूलतामा, आफ्नो पक्षलाई मात्रै सम्मिलित गरेर आफूलाई फाइदा पुग्ने निर्णयहरु गराइरहेका छन्। पार्टीको महाधिवेशन आफ्नै अनुकूलतामा घोषणा गरेका छन्। आफूलाई अध्यक्षमा दोहोर्‍याउन प्रतिकूल हुने विधानका प्रावधान एकपक्षीय रुपमा परिवर्तन गरेका छन्। आफू हाराहारीका नेताहरुलाई स्पष्टीकरणको डन्डा तेर्स्याएका छन्। गुटको सिङ-पुच्छर समातेर एमालेको सर्वोच्च पदमा पुगेका उनै गुटलाई 'नो इन्ट्री' भनेर फर्मान जारी गरिरहेका छन्। उनले समूहगत रुपमा कसैसँग छलफल नगर्ने स्पष्ट पारेका छन्। परिणामतः एमाले 'ओलीको, ओलीद्वारा र ओलीका लागि' बन्ने अवस्थामा पुगेको छ।

स्पष्टीकरणको विषयमा पार्टीभित्र फरक-फरक दृष्टिकोण रहेको भट्टराईको भनाइ छ। 'कसैले नरम, कसैले कडा हुनुपर्छ भनेका छन्, कसैले अझै पुगेन भनेका छन्। नेकपामा केपी ओलीलाई उहाँहरुले प्रचण्डको साथ लिएर हदैसम्म गर्न खोज्नुभयो। सकेको भए सिध्याएर छाड्नुहुन्थ्यो। त्यसैले ओलीको मन बुझेको छैन होला। चित्त बुझेको छैन। तर समयक्रममा हामी सबै एकै ठाउँमा हुन्छौं', उनले भने।

अध्यक्षको रुपमा मिलनबिन्दु खोज्ने र असहमतलाई संवादमा ल्याउने मुख्य दायित्व ओलीकै थियो। जुन मनभेदबाट गुज्रिरहेको एमालेलाई एकताबद्ध बनाउने अवसर पनि थियो। हिजो आफूविरुद्ध जेहाद छाडेका नेताहरुलाई संवादमा ल्याउन सकेको भए, पार्टी निर्णयको अंशियार बनाउन सकेको भए ओली कमजोर देखिने थिएनन्, उनको उदारताको प्रशंसा नै हुने थियो। एमाले विभाजनको आशंका सघन हुने थिएन। ओलीलाई आफ्नो यो क्षमताको बोध भएको देखिन्नँ। बरु, उनलाई एमाले ब्युँतिएसँगै आफ्नो शक्ति र हैकम पुनः ब्युँतिएको बोध भएको देखिन्छ। र त्यसलाई बढोत्तरी गर्न खोजिरहेको पछिल्ला निर्णयले पुष्टि गर्छन्।

000

ओली अहिले श्रीपेच नलगाएका राजा भएका छन् : श्याम श्रेष्ठ, विश्लेषक
ओली आफूलाई कानुनभन्दा माथि, संविधानभन्दा माथि, पार्टीको विधानभन्दा माथि ठानिरहेका छन्। यो नै ओलीको रोग हो। नभए त नेकपा फुट्ने नै थिएन।

अहिले ओलीले गरिरहेका निर्णयहरु केही हदसम्म नेकपाकालको प्रतिशोध पनि होला। तर, त्यही मात्र होइन।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ।

ओलीलाई दुईथरी मान्छे मात्रै मन पर्छ। एकथरी, बिना विचार र बिना आलोचना नै उनको पछि लाग्ने। अर्कोथरी, पैसा वा अरु केही न केही लिएर उनलाई माथि पुर्‍याउन उनको वरपर परिक्रमा गर्ने। आलोचना गर्ने मान्छे मन पर्दैन। विरोध गर्ने मन पर्ने कुरै भएन। आफ्नै पार्टीका प्रतिद्वन्द्वी पनि मन पर्दैन। उनीभन्दा मुनिका मान्छे मात्रै मन पर्छन्। आफैं सरहका मान्छे मन पर्दैन। 'फलोअर' मात्रै मन पर्छन्। त्यसैले अहिले उनले गरिरहेका कामले मलाई अचम्मित बनाएको छैन। अहिले उद्घाटित भएको मात्रै हो।

पछिल्ला निर्णय उनको एक्लै हिँड्ने रहर नै हो। यस्तो प्रयासले पार्टीभित्रको लोकतान्त्रिक संस्कृतिलाई सिध्याउँछ नै, पार्टीलाई नै सिध्याउँछ। यस्तै रह्यो भने पार्टी पनि एक रहँदैन। किनभने, सबै उनका अनुयायी मात्रै हुन चाहँदैनन्। कोही न कोहीले त विचार जुधाउलान् नि। बेठीक हुन लाग्यो भन्ने होलान्। त्यसो भन्यो भने उनले सिध्याइदिन्छन्। त्यस्तो पार्टीमा को बस्ला? दासहरु त बस्लान्।

ओलीले  चाहेका भए नेकपा पनि बचाउन सक्थे, एमालेलाई पनि एकताबद्ध गर्न सक्थे। नेकपामा पद र जिम्मेवारीको न्यायोचित वितरण गरेको भए भइहाल्थ्यो। एमालेमा चाहिँ विधि र विधान अनुसार चलाउने र पार्टीभित्रका आफ्ना विपक्षीलाई पनि समेटेर अघि बढ्ने गर्दा भइहाल्थ्यो। एमालेको त विकसित विधान नै थियो। अन्य पार्टीको भन्दा लोकतान्त्रिक नै थियो।
ओली अहिले श्रीपेच नलगाएका राजा भएका छन्।

000

ओलीलाई थप अधिकार प्रत्यायोजन गरिएकै होइन : विशाल भट्टराई
प्रमुख सचेतक, नेकपा एमाले

अध्यक्ष केपी शर्मा ओलीलाई थप अधिकार प्रत्यायोजन गरिएकै होइन। त्यो कुरा नबुझेर प्रचारित भइरहेको छ। राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन आयोगको प्रयोजनका लागि प्रमुख पदाधिकारी भन्ने एउटा शब्द छ, त्यो पद तोक्नुपर्छ। निर्वाचन आयोगमा पत्राचार गर्नुपर्‍यो, टिकटमा हस्ताक्षर गर्नुपर्‍यो या बन्द सूचीका विषयमा कुनै निर्णय गर्नुपर्‍यो भनेदेखि प्रमुख पदाधिकारी तोकिन्छ। कांग्रेसमा शेरबहादुर देउवा, माओवादी केन्द्रमा प्रचण्ड छन्। हामीले पनि केपी ओली प्रमुख पदाधिकारी हुन् भनेर निर्णय गरेको हो। भोलि कसको हस्ताक्षर आधिकारिक मान्ने त? त्यतिबेला आधिकारिक अध्यक्ष ओली हो भनेको मात्रै हो।

नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराई।

समानुपातिक सूची सच्याउने जस्ता कुरा पनि पार्टी पार्टी अध्यक्षले नै गर्ने हो। अरुले गरेर त हुँदैन। हिजो नेकपा प्रचण्ड नै भएका बेलामा पनि ओलीलाई नै प्रमुख पदाधिकारी तोकिएको थियो। त्यतिबेला याद गरिएन। गलत अर्थ पनि लगाइएन। हिजो ५२ ठाउँमा भएको उपनिर्वाचनमा प्रमुख पदाधिकारीको रुपमा ओलीले नै हस्ताक्षर गर्नुभएको थियो। राष्ट्रिय सभाको निर्वाचनको बेलामा पनि प्रमुख पदाधिकारीको रुपमा ओलीकै हस्ताक्षर थियो। अहिले पनि भएको त्यही चिज हो। केही फरक छैन।

अहिले सांसद् फुस्काइने, के गरिने भन्ने चर्चा छ। राजनीतिक दल सम्बन्धी ऐनमा अर्को पनि व्यवस्था छ। केन्द्रीय कमिटीले निर्णय नगरीकन कसैलाई फुस्काउन पाइँदैन। तर, त्यो केन्द्रीय कमिटीको निर्णय प्रमुख पदाधिकारीले प्रमाणीकरण गर्नुपर्छ। आयोगलाई चिठी पनि प्रमुख पदाधिकारीले लेख्नुपर्छ। त्यो जिम्मा अध्यक्ष ओलीलाई दिइएको हो।

स्पष्टीकरणको कुराचाहिँ राजनीतिक विषयवस्तु हो। यसमा कसैले नरम हुनुपर्छ पनि भनेका छन्, कसैले कडा भनेका छन्, कसैले अझै पुगेन भनेका छन्। विभिन्न खाले दृष्टिकोणहरु छन्। नेकपामा केपी ओलीलाई उहाँहरुले प्रचण्डको साथ लिएर हदैसम्म गर्न खोज्नुभयो। सकेको भए सिध्याएर छाड्नुहुन्थ्यो। त्यसैले ओलीको मन बुझेको छैन होला। चित्त बुझेको छैन। तर, समयक्रममा हामी सबै एकै ठाउँमा हुन्छौं। यसले पार्टीमा विभाजन ल्याउँदैन।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  २१:२०
  • #केपी_ओली
  • #नेकपाएमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्