काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ। सानेपास्थित हेरिटेज गार्डेनमा बुधबार सुरु भएको भेला बिहीबार सम्पन्न भएको हो।
भेलामा नेता नेपालले अवधारणा पत्र पेश गरेका थिए। विभिन्न १० टिम बनाएर छलफल गरिएको थियो। टिम नेतृत्वले प्रस्तुत गरेको निष्कर्षका सन्दर्भमा नेपालले बिहीबार जवाफ फर्काएका थिए।
भेलाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक राखी फागुन २८ गते गरेको गरेको निर्णय अस्वीकार गरेको छ। ती निर्णय रद्द गर्न पनि माग गरिएको छ।
ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।