काठमाडौं– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’का नेता धर्मेन्द्र बास्तोलाको मुद्दा तामेलीमा पठाएको छ। अनिमा बास्तोलाले जिल्ला प्रहरी कार्यालय काभ्रेःलाई समेत विपक्षी बनाएर फागुन १३ गते दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन हालेकाे थिए।
बिहीबार न्यायाधीशद्धय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलाशले फैसला सुनाउँदै तामेलीमा पठाएको हो। यसअघि फागुन १० गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। लगत्तै उनी सोही दिन पुनः पक्राउ परेका थिए।
आदेश लगत्तै प्रहरीले उनलाई सर्वोच्चकै गेटबाट पुनः पक्राउ गरेको थियो। तर, सरकारले विप्लवसँग शान्तिवार्ता गरेपनि उनलाई रिहा गरिुएको थियो। उनी फागुन २९ गते काभ्रेबाट रिहा भएका थिए।
बास्तोलालाई पुस २९ गते ललितपुर मकवानपुर सीमा क्षेत्रबाट प्रहरीले पहिलो पटक पक्राउ गरेको थियो। काभ्रेको एक आयोजनामा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।