• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेवानिका पाइलटको तलब २० हजार ! कसरी उडाउलान् जहाज?

64x64
उत्तम काप्री शुक्रबार, चैत ६, २०७७  ०७:०२
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेवानि)का १२ जना पाइलटले एक महिना अगाडिसम्म सबै कर कटाएर ७१ हजार रुपैयाँसम्म तलब बुझ्दै आएका थिए। 

तर,अहिले मासिक २० हजार रूपैयाँ तलब भत्ता बुझ्न थालेका छन। एमए-६० उडानमा रहेका ५ जना र वाई-१२ उडानमा रहेका ७ जना पाइलटको तलव एकैचोटि ७१ हजारबाट घटाएर २० हजार पुर्‍याइएको हो। गत फागुन महिनाबाट उनीहरुको तलब एकैपटक २० हजार रुपैयाँमा झार्ने निर्णय निगम सञ्चालक समितिले गरेको हो।

सञ्चालक समितिको यो निर्णयको विरोधमा पाइलटहरुले पत्रसमेत बुझाइसकेका छन्। निगमको उच्च पदमा रहेका कर्मचारीदेखि सञ्चालक समितिलाई समेत उनीहरुले खाइपाइ आएको तलब भत्ता कटौती नगर्न माग गर्दै पत्र बुझाएका छन्। 

नेवानिले पाइलटहरुको तलब भत्ता मात्र घटाएको छैन, गत साउनदेखि पूरानो स्केलमा पाइलटले बुझेको पुराना भत्तासमेत अब प्रत्येक महिना ५ हजार रुपैयाँका दरले कटाएर त्यसलाई फिर्ता गराउने सुरुआतसमेत गरिसकेको छ। 

निगम महाप्रन्धक डिमप्रकाश पाैडेलले जहाज उडान बन्द भएको र आर्थिक भार बढी पर्ने अवस्था आएपछि सञ्चालक समितिबाट एमए-६० र वाई-१२ जहाज उडानमा रहेका १२ जना पाइलटको ग्यारेन्टी गरिएको ४५ घण्टा र 'टाइप अलाउन्स' भत्ता कटौती गर्ने निर्णय गरेको बताए।

निगमको कर्मचारी विनियमावलीमा ४५ घण्टाको भत्ता ग्यारेन्टी गरिएको छ। त्यसविपरीत भत्ता कटौती गर्ने निर्णय कसरी भयो त? पौडेलले कर्मचारी विनियमावली सञ्चालक समितिले नै शंशोधन गर्न पाउने हुँदा विनियमावलीमा उल्लेख भएको भत्ता पनि कटौती भएको तर्क गरे।

तर, यो निर्णयमा कर्मचारीले असहज भएको भन्दै निवेदन दिएपछि भत्ता कटौती गर्ने निर्णय पुनरावलोकन गर्ने तयारी भइरहेको दाबी उनले गरे। 

सञ्चालक समितिले पाइलटको भत्ता कटौती गर्ने निर्णय गरेसँगै निगमको अपरेसन विभागले पाइलटहरुलाई अबउप्रान्त विमान चालकहरुको उडानसँग सम्बन्धित भत्ता कटौती हुने र गएको साउन १५ गतेपछि दिएको भत्ता समेत कटौती गर्ने निर्णय भएको जानकारी गराएको थियो। उक्त निर्णयबाट खाइपाइ आएको तलब भत्ताबाट कुल ७३ प्रतिशत रकम कटौती हुने भएको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

पाइलटहरुले भने आफ्नो कारण जहाज उडान गर्न नपाएको अवस्थामा मात्रै भत्ता कटौती हुनुपर्नेमा निगम व्यवस्थापनकै कारण जहाज उडान गर्न नपाएको, यो अवस्थामा भत्ता कटौती गर्न नमिल्ने बताउँदै आएका छन्। 

जहाज उडानसँग सम्बन्धित भत्ता तथा ग्यारेन्टी घण्टाबापतको भत्ता पाइलट ग्राउन्डेड भएमा वा कार्यालयमा गयल भएमा मात्रै कटौती हुने व्यवस्था विपरीत अहिले निर्णय भएको र त्यसले उडान सुरक्षामा समेत असर पार्ने नेवानिमा लामो समय काम गरेका वरिष्ठ पाइलटहरु बताउँछन्। अहिले भत्ता कटौतीमा परेकाहरु भने को-पाइलटहरु हुन्।

के के भत्ता कटौती भयो?

निगम सञ्चालक समितिले पाइलटहरुले पाउँदै आएको ग्यारेन्टी गरिएको ४५ घण्टाको भत्ता र टाइप अलाउन्सबापतको रकम कटौती गर्ने निर्णय गरेको छ। यी दुई शीर्षकअन्तर्गत् पाइलटहरुले ६३ हजारदेखि ६५ हजार रुपैयाँसम्म मासिक भत्ता बुझ्दै आएका थिए। यो भत्ता पाउँदासम्म पाइलहरुले मासिक कर कटाएर ७१ हजार रुपैयाँ हाराहारी तलब भत्ता बुझ्दै आएका थिए। पछिल्लो निर्णयपछि उनीहरुले कर कटाएर मासिक करिब २० हजार रुपैयाँ बुझ्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निगमले चिनियाँ जहाज उडानबाट नाफा नभएको र व्यवस्थापन गर्न नसक्ने भन्दै उडान बन्द गर्ने निर्णय गरेको थियो। यहीकारण पाइलटको भत्ता कटौती गर्न नहुने निगमका सिनियर क्याप्टेनहरू बताउँछन्। ‘जहाज उडान बन्द गरेको ७ महिनासम्म पनि पाइलटहरुको अपग्रेड गर्ने काम भएको छैन,’ एक पाइलटले भने, ‘तर, भत्ता कटौती गरेर मानसिक तनाब दिने काम भएको छ।’

कस्तो भत्ता कसरी पाउँछन्?
पाइलटको तलब भत्ताको विषय नेपाल वायुसेवा निगमको कर्मचारीको सेवा शर्तसम्बन्धी विनियमावली २०५८ को विनियम १३३ (भत्ता) को (घ) को अनुसूचीको बुँदा ११ मा उडान सम्बन्धी भत्ता अन्तर्गत स्पष्ट उल्लेख गरिएको छ।

न्यूनतम ४५ घन्टे ग्यारेन्टेड आवर्स :
पाइलटको वृत्ति विकास र अर्थोपार्जन संसारभर व्यावसायिक तलब बाहेक उडान अवधिका आधारमा गर्ने गरिन्छ। पाइलटले नियमानुसार महिनामा १०० घण्टा उडान गर्न पाउँछन्। वायुसेवाले आफ्ना पाइलटलाई विविध कारणले (मौसम, टेक्निकल वा यात्रुको अभाव) पर्याप्त उडान अवधि दिन नसकेमा वृत्ति विकास पनि नहुने र अर्थोपार्जनमा पनि नकारात्मक असर पुग्ने हुँदा न्युनतम अवधि तोकेका हुन्छन्। नेपाल वायुसेवा निगमले ४५ घन्टा बराबरको रकम वित्तीय सुरक्षा होस् भनेर नै भत्ता स्वरुप प्रदान गर्छ।

विनियमावली अनुसार केही निश्चित अवस्थामा, जस्तै; पाइलटको आफ्नै निजी कारणले तीन दिनभन्दा बढी विदा लिएमा ४५ घन्टाबाट दैनिक पर्न आउने भत्ता कटौती हुन्छ। हाल निगमले चिनियाँ जहाज नउडाउने निर्णय गर्दा स्थायी पाइलटहरूले विदा लिएको अवस्था पनि छैन। अध्ययनका क्रममा छोटो समयमा अत्यधिक लगानी (झन्डै एक करोड) र तलब सरकारी तह अनुसार दिनुपर्ने सीमितता भएको हुँदा न्यूनतम ग्यारेन्टेड अवधि तोकेर सोको भत्ता दिने गरिन्छ। यसप्रकारको भत्ता कुनै फिलिट टाइपसँग सम्बन्धित नभएको र इञ्जिनियरहरुसँग तुलनायोग्य नभएको उल्लेख छ।  

भत्ता :
उडान सम्पन्न गरेर विमानस्थल फर्किएपछि उडान भएको दिनको खाना भत्ता उपलब्ध गराउने गरिन्छ। उडान नभएको अवस्थामा यस प्रकारको सुविधा दिने गरिँदैन। 

स्टल भत्ता :
वायुसेवा निगमका पाइलटले दुर्गम क्षेत्रमा उडान सेवा प्रदान गरेको अवस्थामा स्टल भत्ता दिने गरिन्छ।

(घ) टाइप भत्ता स्वायुसेवा निगमसँग रहेको जुन फिलिट टाइप (प्रकृति) को विमान पाइलटले उडाउँछन् सोही प्रकृतिको विमानमात्रको भत्ता दिने गरिन्छ। यस प्रकारको भत्ता विमानको प्रकृति अनुसार फरक हुने गर्छ। पाइलटको लाइसेन्समा नागरिक उड्डयन प्राधिकरणले उक्त टाइप इन्डोर्स गरिदिएको हुन्छ। निगमभित्रैका इञ्जिनियरहरुले भने एकपटक रेटिङ लिएको सबै प्रकारका फिलिटको भत्ता प्राप्त गर्ने गर्छन्। जुन पाइलटले प्राप्त गर्ने भत्ता भन्दा सय प्रतिशत बढी रहेको छ । 

एफिसियन्सी भत्ता :
उडान संख्या अनुसार क्याप्टेनहरुका लागि मात्र यस प्रकारका भत्ता व्यवस्था गरिएको छ। को-पाइलटको उडान संख्या कम हुने हुँदा यसप्रकारको भत्ताको व्यवस्था गरिएको छैन। 

२ वर्षसम्म उडान नहुँदा पनि बोइङ उडान गर्नेलाई भने भत्ता 
यता, निगमले नै २ वर्षसम्म बोइङ जहाज उडान नहुँदा भने झन्डै एक दर्जन क्याप्टेन तथा पाइलटलाई टाइप अलाउन्स र ग्यारेन्टी घण्टाको भत्ता दिएको थियो। बोइङ जहाज भने २०१९ को अक्टोबरदेखि उडान बन्द भएको थियो।

बोइङ उडान बन्द भएको २ वर्षसम्म त्यसमा रहेका स्थायी, अस्थाई र करार क्याप्टेन तथा पाइलटले उक्त दुईवटै शीर्षकको भत्ता बुझेका थिए। बोइङ अहिले पनि बिक्री हुन नसकेर बसेको छ। बोइङ उडानमा रहेको स्थायी  क्याप्टेन तथा पाइलटहरुलाई अहिले ए-३२० र ए-३३० मा पठाइसकिएको छ। करारमा रहेका पाइलटहरुले भने राजीनामा दिइसकेका छन्।

उडान सुरक्षामै जोखिम

पाइलटले पाउँदै आएको तलब तथा भत्ता कटौती गर्दा सिधै सुरक्षामा असर पर्न सक्ने वरिष्ठ क्याप्टेनहरु बताउँछन्। नेपाल एयरलाइन्सका अवकाशप्राप्त पाइलट युवराजकुमार भट्टराई समेत पाइलटले पाउँदै आएको भत्ता कटौती गर्न नहुने बताउँछन्।

‘पाइलटलाई अन्य क्षेत्रमा भन्दा बढी भत्ता स्वभाविक रुपमा दिनुपर्छ,’ उनले भने, ‘बढी भत्ता दिनुको एउटै कारण हो- पाइलहरुको जीविकोपार्जनमा आर्थिक समस्या नहोस्। आर्थिक समस्यामा परेका पाइलटहरुमा मानसिक तनाब आउन सक्छ। मानसिक रुपमा तनाब लिने पाइलटलाई उडानमा राख्दा उडान सुरक्षामा समस्या आउन सक्छ।’

व्यवस्थापनले यस्तो विषयमा आफैं सोचेर निर्णय गनुपर्ने उनको तर्क छ। ‘त्यसमा पनि पाइलटका कारण उडान बन्द भएको भए मात्रै भत्ता कटौती गर्न पाइन्छ। तर, व्यवस्थापन आफैंले जहाज उडान बन्द गरेर पाइलटलाई आर्थिक समस्या पर्ने गरी भत्ता कटाउन हुन्न’, उनले भने। 

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्