फाइल तस्वीर
काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
दलको नियमित प्रक्रियाअनुसार नै बैठक बस्न लागेकोे एमाले सांसद विशाल भट्टराईले बताए।
एमालेको अर्काे समूहले भने राष्ट्रिय भेला गरिरहेको छ। सानेपामा माधव नेपाल– झलनाथ खनाल समूहको कार्यकर्ता भेला जारी छ।
उनीहरुले संसदीय दलको बैठकमा नजाने स्पष्ट पारिसकेका छन्। संसदीय दलको बैठकले उपस्थित नहुने सांसदलाई कारवाही गर्ने तयारी ओली पक्षको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।