नेपाल प्रिमियर लिग सिजन ३ का लागि सोमबार अक्सन सम्पन्न भएको छ । अक्शनबाट विभिन्न क्याटागोरीमा आवद्ध खेलाडीहरुलाई फ्रेन्चाइज टिमले खरिद गरेका छन् ।
तेस्रो सिजनका लागि पाँच जना खेलाडी ‘ए’ क्याटागोरीमा थिए । जनकपुल बोल्ट्सबाट ओपनिङ गरिरहेका आशिफ शेख यसपटक भने लुम्बिनी लायन्समा आवद्ध भएका छन् । सात टिमले २० लाख रुपैयाँ बोली लगाएपछि चिट्ठामार्फत उनी लुम्बिनीमा परेका हुन् ।
यस्तै अर्जुन घर्तीमगर पोखरा एभेन्जर्समा आवद्ध हुँदा विवेकुमार यादव चितवन राइनोजमा, रुपेशकुमार सिंह विराटनगर किङ्स र तृतराज दास जनकपुर बोल्टमा आवद्ध भएका छन् ।
यसैगरी बी क्याटागोरीमा २७ जना खेलाडी रहेकोमा १० जना खेलाडी बिक्री भएका छन् ।
-1783354377.jpg)
-1783354377.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।