काठमाडौं- २०३० सालमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जेल परेका पुराना कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीले ओली तानाशाह भएको आरोप लगाएका छन्।
बुधबार माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएका अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै ओलीको आलोचना गरेका हुन्।
'ओली अहिले 'डिक्टेटर' भए,' अधिकारीले अगाडि भने, 'हरकायर मौका मिल्दा तानाशाह पल्टिन्छ। खड्गप्रसाद ओली समय-परिस्थिति मिल्दा जे पनि बन्ने मान्छे हुन्।'
ओली पहिल्यैदेखि काम नगर्ने स्वभावको रहेको अधिकारीले बताए। 'ओलीको व्यवहार पहिले पनि यस्तै छुच्चो हो। आफूलाई मन लागेको गर्थे। हतियार उठाउन जाऔं भन्दाखेरी नउठाउने। झापामा ओलीले कुनै काम गरेको त होइन,' उनले भने।
उनले ओलीले बोलाएको सभा नभई नेकपा एमालेले बोलाएको सभा भएकाले आफू उपस्थित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।