काठमाडौं- देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० पुगेका छन्। निर्वाचन आयोगले १८ वर्षमाथिका नागरिक मतदाता हुन पाउने प्रावधानअनुसार गरिएको गणनामा मोरङमा सर्वाधिक मतदाता छन्।
मोरङमा ६ लाख ६९ हजार ४९० मतदाता छन् भने सबैभन्दा कम मनाङमा ५ हजार ९७६ मतदाता छन्। १० हजार ६६० मतदान केन्द्र रहेको देशभरमा गरिएको मतदाताको अद्यावधिक अनुसार ८२ लाख ११ हजार ९५४ जना पुरुष मतदाता छन्।
महिला मतदाताको संख्या ८० लाख ३० हजार ९८४ जना छन्। देशभर तेश्रो लिङ्गी मतदाताको संख्या १७२ जना रहेको आयोगले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आयोगले मतदाताको नाम संकलन र अद्यावधिक सुरु गरेको थियो।
फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछि मतदाता संकलन र अद्यावधिक रोकिएको थियो। चैत ७ देखि मतदाताको नामावली संकलन र अद्यावधिक पुनः सञ्चालन गर्ने आयोगले जनाएको छ।
अद्यावधिक गरिएको मतदाताको संख्याः



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।