• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेपाली कम्युनिस्ट पार्टीहरुको फुट-जुट (शृंखला – १)
64x64
किशोर दहाल बिहीबार, जेठ ३, २०७५  २२:००
1140x725

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणसँगै नेपाली कम्युनिस्ट आन्दोलनमा एक नयाँ अध्याय सुरु भएको छ। २०७५ जेठ ३ मा दुई पार्टीले गरेको एकताको घोषणासभामा दुवै पार्टीका नेताले यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक परिघटनाका रुपमा व्याख्या गरे। कम्युनिस्ट पार्टीको ७० वर्षे इतिहासमा दुई ठूला शक्ति एक भएको यो ऐतिहासिक घटना नै हो। तर, नेपाली कम्युनिस्ट आन्दोलनले यहाँसम्म आइपुग्न धेरै फुट र जुटको शृंखला पार गरेको छ। नेपाल लाइभका किशोर दहालले सुरुवातीदेखि चरणदेखि अहिलेसम्मका चरणलाई ४ शृंखलामा विभाजित गरेर विस्तृत रुपमा केलाएका छन्।
...
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको बारेमा विवाद छ। जसरी अहिलले अप्रिल २२ लाई स्थापना दिवस मान्ने चलन छ, सुरुसुरुमा सेप्टेम्बर १५ लाई स्थापना दिवस मानिन्थ्यो। सोही दिनको अवसरमा कार्यक्रमहरु आयोजना गरिन्थ्यो। यद्यपि, स्थापनाको वर्ष भने सन् १९४९ भएकोमा कुनै विवाद पाइँदैन।

सुरुका वर्षमा पुष्पलालले लगातार सेप्टेम्बर १५ लाई पार्टी स्थापना दिवस मान्दै लेख्ने बोल्ने गरेका थिए। पार्टीको मुखपत्र 'कम्युनिस्ट', ०१५ सालको चुनावमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको पहिलो सम्मेलनको राजनीतिक प्रतिवेदन, प्रथम महाधिवेशनमा पारित दस्तावेज लगायतका धेरै ठाउँमा पार्टी स्थापनाको मिति १५ सेप्टेम्बर १९४९ नै थियो।

तर, पार्टी फुट्दै गएपछि स्थापना दिवसबारे किचलो आउन थालेको थियो। र ०३४ सालमा तत्कालीन नेकपा (चौम) को मुखपत्र 'मसाल' मा स्थापना कालका तीन नेताहरु नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलाश जोशीले पार्टी स्थापना २२ अप्रिलमा भएको भन्दै त्यसलाई गलत सावित गर्न चुनौति दिँदै जारी गरेको पुरानो वक्तव्य छापियो। साथै, उनीहरुले २२ अप्रिललाई स्थापना दिवस मनाउन पनि अनुरोध गरे। यसप्रति पुष्पलालले कुनै खण्डन वा आफ्नो प्रतितर्क दिने काम गरेनन्। पछि एमालेको पाँचौं महाधिवेशनले १० वैशाख (अप्रिल २२, १९४९) मा नै कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि यसबारे पछिल्लो समय बहस भएको पाइँदैन।

त्यस्तै, संस्थापक नेताहरुको समूहमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र दुर्गादेवी गरी पाँच जना थिए भन्ने मान्यता थियो। तर, उल्लेखित तीन जनाको वक्तव्यमा दुर्गादेवी संस्थापक सदस्य नभएको बताइयो। यद्यपि, पार्टी गठनको सुरुवातमा विवाद नदेखिएको विषयमा पछिपछि विवाद देखिनुमा व्यक्तिगत आग्रह, मनमुटावले काम गरेको आशंका मान्न सकिन्छ। सुरेन्द्र केसी लेख्छन्- आधिकारिक सामाग्रीबाट नयाँ तथ्य अगाडि नआउँदासम्म सन् १९४९ सेप्टेम्बर १५ लाई नै पार्टी स्थापना दिवस र पुष्पलाल लगायतका ५ जनालाई नै पार्टीका संस्थापक सदस्य मानिनु तथ्यसंगत देखिन्छ। (नेपाल कम्युनिष्ट आन्दोलनको इतिहास)

पार्टी स्थापनामा भने पुष्पलालको नेतृत्वदायी सक्रियता थियो। नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएपछि मार्क्सवादी पुस्तकको अध्ययन थालेका थिए। पहिलो पटक कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद पनि उनैले गरेका थिए। भारतमा 'मार्क्सिस्ट स्टडी सर्कल' बनाएर धेरै विद्यार्थीहरुलाई सो समूहमा आबद्ध गराएका थिए। आफ्नो सक्रियता बढाउँदै लगेपछि उनले कम्युनिष्ट पार्टी स्थापनाबारे भारतका विभिन्न कम्युनिस्ट नेतासँग सम्पर्क र विमर्श बढाउँदै लगेका थिए। पछि, सर्कलमा नहरेका मानिसहरुलाई समटेर उनले कलकत्ताकै एकजना बंगालीको घरमा गोप्य रुपमा कम्युनिष्ट पार्टी स्थापना गरेका थिए। तर औपचारिक घोषणा भने केही पछि मात्रै गरियो। 

पार्टीले ५ असोज २००८ मा पहिलो सम्मेलन गर्यो। मनमोहन अधिकारीको 'नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो' नामको कार्यक्रमिक दस्तावेज पारित भयो। साथै, पुष्पलालको नेतृत्वमा केन्द्रीय संगठन कमिटी गठन गरियो। तर सम्मेलन सकिएको केही महिनामै महोत्तरीको बटेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकले पुष्पलाललाई हटाएर अधिकारीलाई महासचिव निर्वाचित गर्योे।

यसैबीच पार्टी प्रतिबन्धित पनि भयो। २००८ माघ ८ मा बन्दी अवस्थामा रहेका डा केआइ सिंहले सिंहदरबार 'कब्जा' गरेपछि त्यसमा कम्युनिस्ट पार्टीको पनि सम्बद्धताको आशंकामा तत्कालीन मातृका कोइराला सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको थियो। 'एकातिर घटनामा प्रत्यक्ष रुपमा सम्बद्ध रक्षा दलका सिपाहीहरुलाई माफी दिइनु अर्कोतिर घटनासित गम्भीर रुपले सम्बद्ध नै नरहेको कम्युनिस्ट पार्टीमाथि नै प्रतिबन्ध लगाइनु पूर्वाग्रह बाहेक केही पनि होइन', केसीले लेखेका छन्।

प्रतिबन्ध ५ वर्ष कायम रह्यो। राजा महेन्द्रको राज्याभिषेकको मुखमा पार्टीले संघर्ष गर्ने बताएपछि २०१३ बैशाख ४ मा प्रतिबन्ध फुकुवा भयो।

पार्टीप्रतिबन्धित रहेकै अवस्थामा २०१० माघ १३-१७ मा पाटनमा भूमिगत अवस्थामा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो। महामन्त्रीको हैसियतले मनमोहन अधिकारीले 'केन्द्रीय कमिटीको रिपोर्ट' भन्ने राजनीतिक प्रतिवेदन र 'नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम' भन्ने पार्टी कार्यक्रम प्रस्तुत गरेका थिए र यिनीहरुएक मतले पारित भएका थिए। (केसी) मनमोहन अधिकारीलाई महासचिव बनाउँदै १३ सदस्यको केन्द्रीय कमिटी गठन गर्योअ। महाधिवेशनले तुल्सीलाललाई गुटबन्दी गरेको र डिपी अधिकारीलाई गलत तत्त्वलाई पार्टीमा घुसाएको आरोपमा ६ महिनाको लागि सदस्यबाट निलम्बन गर्यो।

२०१४ मा दोस्रो महाधिवेशन भयो। यता महाधिवेशन हुँदै गर्दा अधिकारी भने चीनमा थिए। त्यतिबेला चिनिया कम्युनिस्ट पार्टीको महाधिवेशनमा भाग लिन गएका मनमोहन अधिकारी उपचारको लागि केही वर्ष उतै बसेका थिए।

अधिकारी चीन जानुअघि कार्यवाहक महामन्त्री केशरजंग रायमाझीलाई बनाइएको थियो। रायमाझीलाई कार्यवाहक महासचिव बनाउने क्रममा विवाद भएको थियो। आफू संस्थापक महासचिव भएका कारण चीन जान पाउनुपर्ने अडान पूरा नभएपछि पुष्पलाल आक्रोशित भएका थिए। फलस्वरुप उनी कार्यवाहक महासचिव बन्न पनि चाहेनन्। जसका कारण,  रायमाझीले अवसर पाएका थिए। जो पोलिटब्युरोको कनिष्ठ सदस्य थिए।

उपचारको लागि अधिकारी चीनमै रहने भएपछि रायमाझीले आफूलाई शक्तिशाली बनाउँदै गए। जसले गर्दा दोस्रो महाधिवेशनमा चुनावमार्फत रायमाझी महासचिव चुनिए। यो महाधिवेशनको रोचक पक्ष के छ भने अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भयो तर नेतृत्वमा भने बहुमतका रायमाझी चुनिए। नेतृत्वको लागि भएको मतदानमा उनले १७ मध्ये १२ मत पाएका थिए।

पुष्पलालले ५ मत मात्रै पाए। अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भएका कारण त्यसलाई लागु गर्न बहुमतको नेतृत्वले ध्यान दिएन।

यसैबीच पञ्चायत सुरु भयो। चीनबाट उपचार गरी फर्किएका अधिकारी लगायत यहाका धेरै नेताहरु जेलमा परे।

पार्टी प्रमुख रायमाझीले मस्कोबाटै राजाको कदमको स्वागत गरिदिए।उनीउनी पूर्णरुपमा राजावादी कम्युनिस्ट भइसकेका थिए।

अवस्था अप्ठ्यारो हुँदै गयो। पार्टी प्रतिबन्धित थियो। त्यसमाथि प्रभावशाली नेताहरु जेलमा पनि परेका थिए। जेलबाहिर र भित्रका नेताहरु बीच प्रभावकारी सम्पर्क हुन सकेको थिएन। पार्टीका सानातिना विवाद पनि ठूला देखिन थाले। अप्ठ्यारो परिस्थिति भएका कारण पार्टी कार्यनीति र रणनीतिमा पनि अलमल देखिन थाल्यो।

यहाँ जोड्न उचित हुनेछ, २०१७ फागुन-चैतमा भारतको दरभंगामा बसेको पार्टीको विस्तारित बैठकले ९ महिनाभित्र पार्टीको तृतीय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर दस्तावेज, प्रतिनिधित्व, स्थान, खर्च लगायतको विषयमा निर्णय नभएको भन्दै तोकिएको समयमा महाधिवेशन हुन सकेन। ०१७ पुषमा सुरु भएको पञ्चायती शासनमा पार्टीहरु प्रतिबन्धित भएका कारण महाधिवेशन झन् कठिन बन्दै गयो। महाधिवेशन नै नभएपछि पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न थाल्यो। अल्पमतले आन्तरिक विधि पुर्‍याई बैशाख ४-१५, २०१९ मा भारतको बनारसमा बेग्लै 'तेस्रो महाधिवेशन' गरे।

महाधिवेशनमा पुष्पलालले विघटित संसदकै पुनर्स्थापनाको नारा प्रस्तुत गरे भने मोहनविक्रम सिंहका तर्फबाट बलराम उपाध्यायद्वारा संविधानसभाको चुनावको नारा प्रस्तुत गरियो। तर तुलसीलाल अमात्यको सर्वसत्ता सम्पन्न संसदको पक्षमा ८२ प्रतिशत मत पर्योर। मुख्य त यस महाधिवेशबाट केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डिपी अधिकारीलाई क्रमश ३, १ र २ वर्षका लागि पार्टीबाट निष्काशित गरियो। पार्टी विभाजन भयो।

महाधिवेशनले अमात्यलाई पार्टी महासचिव निर्वाचित गर्यो। ७ सदस्यीय सचिवालयमा पुष्पलाल, मनमोहन अधिकारी (जेल), हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा (जेल), मोहनविक्रम सिंह (जेल) र कमलराज रेग्मीलाई निर्वाचित गर्‍यो।

फुटपछि कम्युनिस्ट शक्तिहरु झन् कमजोर बन्दै गए। नयाँ सशक्त कार्यक्रम त आउन सकेनन् नै पुराना कार्यक्रमहरु पनि विस्मृतितिर धकेलिँदै गए।

तेस्रो महाधिवेशनपछि फुटेका कतिपय नेताहरुमा निष्क्रियता देखिन थाल्यो। पुष्पलाल र तुलसीलालको अमझदारी बढ्न थाल्यो। 'वास्तवमा अमात्यको नेतृत्वमा बनारसमा गठित पक्षले कम्युनिस्ट पार्टीलाई विभाजित गर्नु सिवाय अरु केही पनि गर्न सकेन', केसी लेख्छन्, 'सर्वप्रथम पार्टीको औपचारिक विभाजनपश्चात तेस्रो महाधिवेशनद्वारा निर्वाचित नेतृत्वभित्रै अन्तरकलह एवम् खिचलो उत्पन्न भयो। पार्टी महासचिव तुलसीलाल अमात्य र वरिष्ठ नेता पुष्पलालका बीच कटाक्ष सुरु भयो। एउटाले कुन बाटो? लेखे भने अर्काले मूलबाटो लेखे। अन्तत्वगत्वा जेठ २०२५ मा भारतको गोरखपुरमा 'तेस्रो सम्मेलन'को आयोजना गरी पुष्पलालले बेग्लै पार्टी स्थापनाको घोषणा गरे।'

पुष्पलालको पार्टीलाई चीन निकट भनेर चिनिन्थ्यो। त्यसपछि नै नेपालका कम्युनिस्ट पार्टीहरु रुसमुखी र चीनमुखी भनेर छुट्याउन थालियो। रुसमुखी कम्युनिष्टचाहिँ रायमाझी नेतृत्वको मूल पार्टी थियो। सो पार्टी 'राजावादी कम्युनिस्ट'मा फेरिइसकेको थियो। त्यो पूर्ववत् चलिरहेको थियो। रायमाझीकै प्रभावका कारण पार्टी केही हदसम्म सक्रिय नै रह्यो। 

उता फुटेर जाँदा पुष्पलाल समूहमा रहेका अन्य नेताले पनि पुष्पलालकै बाटो पछ्याए। कम्युनिस्ट पार्टीहरु मुख्य व्यक्तिपिच्छेका समूहमा गठन हुन थाले।यसै क्रममा मजदुर किसान सभा (२०३०), कम्युनिस्ट एकता सम्पर्क समिति, नेपाल (२०३०), सर्वहारा क्रान्तिकारी संगठन (२०३३) र मुक्तिमोर्चा समूह (२०३३) जस्ता स-साना कम्युनिस्ट समूहहरु अस्तित्वमा आए।

यता रायमाझी समूहले पनि २०२३ सालमा आफू पक्ष नेताहरुको बेग्लै तेस्रो केन्द्रीय सम्मेलन आयोजना गर्योस। ०२४ सालमा महाधिवेशन सम्पन्न भयो। तर यो समूह पनि एक भइरहन सकेन। सो पार्टीमा विष्णुबहादुर मानन्धरले ०३८ मा विद्रोह गरी नेकपा (मानन्धर) अस्तित्वमा ल्याए। ०४० मा रायमाझी समूहबाट कृष्णराज वर्माले विद्रोह गरी नेकपा (वर्मा) अस्तित्वमा ल्याए।

अन्तिममा ०४३ समूहका एउटा समूहले स्वयं रायमाझीलाई नै निष्काशित गरी नेकपा (मातृ समूह) स्थापना गरे।

पञ्चायत शासन सुरु भएपछि जेल परेका मनमोहन अधिकारी ८ वर्षपछि ०२५ सालमा बाहिर आए। उनी केहीसमय राजनीतिमा सक्रिय भएनन्। उनी घरव्यवहार मिलाउनतिर लागे। २०२७ मा मोहनविक्रम सिंह पनि जेलबाट छुटेपछि मनमोहन अधिकारी, सिंह, शम्भुराम श्रेष्ठ लगायतका नेताले छरपष्ट भएको कम्युनिस्ट समूहहरुलाई एकीकृत गर्ने प्रयास गरे। र, ०२८ मा केन्द्रीय न्युक्लियस गठन गरे। सचिवमा अधिकारी चयन भए।

यता न्युक्लियसले पुष्पलालको समूहसँग एकताको पहल पनि गर्योम। तर प्रयास सफल हुन सकेन। अधिकारी र सिंहबीच टकराव देखिन थाल्यो। बिस्तारै अधिकारी न्युक्लियमा निष्क्रिय हुन थाले। बाँकीले ०३१ सालमा बनारसमा चौथो महाधिवेशन गरे। र नेकपा (चौथो महाधिवेशन) गठन गरे। मोहनविक्रम सिंहलाई पार्टी सचिव निर्वाचित गरियो। चर्चित नेताहरु मोहन वैद्य, चित्रबहादुर केसी, निर्मल लामाहरु सबै यसै पार्टीमा विभिन्न भूमिकामा थिए।

पुष्पलालको निधन भएपछि मनमोहनलाई सो समूहको प्रमुख बनाउने प्रयास भएको थियो। उनी तयार भएका थिए तर साहना प्रधान लगायतकाले आफैं प्रमुख बन्ने ईच्छा देखाएपछि सो प्रयास सफल भएन। बरु अधिकारीले छरिएका केही कम्युनिस्ट समूहलाई एकीकृत गरी ०३६ भदौमा नेकपा स्थापना गरे। यो पार्टी मनमोहन समूहका नामले चिनिन थाल्यो। यही पार्टीसँग साहना प्रधानको समूहसँग ०४३ चैतमा एकता भएपछि नेकपा (मार्क्सवादी) गठन भयो। 

उता मोहनविक्रम नेतृत्वको नेकपा (चौथो महाधिवेशन) मा सुरुदेखि नै विवादहरु देखिन थाल्यो। ०३५ मा नै महासचिव मोहनविक्रम सिंहलाई यौन दुर्व्यवहारको आरोपमा कारबाही गरी पार्टी महासचिव तथा अन्य कारबाहीबाट मुक्त गरियो। निर्मल लामा महासचिव बने। उनीमाथि पनि विभिन्न आरोप लाग्यो। उनी पनि हटाइए। भक्तबहादुर श्रेष्ठ महासचिव बने। लामा दुई वर्षका लागि पार्टीबाट निष्काशनमा परे। 

श्रेष्ठ प्रमुख भएपछि सिंह पार्टी समितिमा पुनर्स्थापित हुन पुगेका थिए। तर फेरि उस्तै आरोपमा कारबाहीमा परे।

पार्टीमा विवादहरु चलिरहे। अन्तत यो पार्टी पनि सिंह र लामा समूहमा विभाजन भयो। सिंहले ०४० कात्तिकमा गोरखपुरमा नेकपा (मशाल) गठन गर्योज र अर्को पक्षलाई पार्टीबाट निष्काशन गर्‍यो। लामा समूहले पनि सोही वर्ष फागुनमा प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरी नेकपा (चौम) गठन गरे। दश वर्षभित्रमै एउटा शक्तिशाली र चर्चित पार्टी छिन्नभिन्न भयो।

मशालले ०४१ मंसिर १-१६ मा भारतको अयोध्यामा पाँचौं महाधिवेशन सम्पन्न गर्यो। मोहन वैद्य महासचिवमा चुनिए। कारबाहीमा रहेका मोहनविक्रमको तर्फबाट उनी निकटका चित्रबहादुर केसीले प्रस्तुत गरको राजनीतिक प्रतिवेदन पारित भएको थियो। तर नेतृत्वमा वैद्य आए। एकीकृत पार्टीको दोस्रो महाधिवेशनको पुनरावृत हुनथाल्यो। फलस्वरुप सिंह पक्षले एक केन्द्रीय आयोजक समिति गठन गरेर पार्टी विभाजन गरे।

२०४२ चैतमा गोरखपुरमा 'चौथो राष्ट्रिय सम्मेलन' गरेर नयाँ केन्द्रीय संगठन समिति गठन गरे। छैटौं महाधिवेशन गरी नाममा मसाल थप्ने निर्णय गर्योे। यो समूहबाट पनि अहिलेका चर्चित नेताहरु बाबुराम भट्टराईहरु ०४७मा बाहिरिए। उनीसहितका समूह मिलेर एकताकेन्द्र गठन भयो।त्यस्तै, दिनानाथ शर्मा पनि ०५४ सालमा एक समूह लिएर मसालबाट बाहिरिए। उनले आफ्नो समूहलाई ०५७ सालमा माओवादीमा मिसाए।

वैद्य नेतृत्वको नेकपा (मशाल) मा केही वर्षपछि नै उथलपुथल आयो। चर्चित सेक्टर काण्डपछि प्रचण्ड नेतृत्वमा आए। प्रचण्डले ०२८ सालमा पुष्पलाल समूहबाट राजनीति सुरु गरेका थिए। उनी  ०३४ सालमा चौथो महाधिवेशन प्रवेश गरे र ०३५  सालदेखि पूर्णकालिन सदस्य बनेका थिए। उनी ०४१ मा मशालको  पाँचौं महाधिवेशनबाट केन्द्रीय  सदस्य र ०४२ सालमा पोलिटब्युरो सदस्य बनेका थिए। ०४२ सालमा पार्टी विभाजनपछि उनी वैद्यतिर लागेका थिए।

(शृंखला २, शुक्रबार प्रकाशित हुनेछ)

प्रकाशित- २०७५ जेठ ३ गते २२:०० बजे

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  २२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
एमाले-कांग्रेस सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन् : एमाले सचिव महासेठ वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा प्रयास भइरहेको दाबी गर्दै महासेठले त्यसको नेतृत्व दाहालले गरिरहेको आरोप... आइतबार, असार २२, २०८२
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै... आइतबार, असार २२, २०८२
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँ: सांसद सिंह आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
एमाले-कांग्रेस सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन् : एमाले सचिव महासेठ आइतबार, असार २२, २०८२
त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे आइतबार, असार २२, २०८२
वार्ताका लागि एक प्रतिनिधिमण्डल पठाउने इजरायलको निर्णय आइतबार, असार २२, २०८२
सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ आइतबार, असार २२, २०८२
आज मोहर्रम पर्व मनाइँदै आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्