• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एमाले-माओवादी एकता : यस्ता रहे एकीकरण अगाडिका सात महिना

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३, २०७५  १६:१६
1140x725

काठमाडौं- एकता प्रक्रिया सुरु गरेको करिब सात महिनापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ। 

गत वर्ष असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने र पार्टी एकतासमेत गर्ने घोषणासहित दुई पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्रका साथ जाने निर्णय गरेका थिए। 

फरक-फरक राजनीतिक पृष्ठभूमिसहित राजनीतिक प्रक्रियामा सहभागी रहेका दुई ठूला कम्युनिस्ट पार्टीको एकताले नेपाली 8मा सकारात्मक चेतनाको सञ्चार गरिदिएको छ। सात महिनाको अवधिमा अनेकन विवाद र आशंकालाई पूर्ण विराम लगाउँदै आजसम्म आइपुग्दा एकताले मूर्त रुप लिएको छ। 

एकता प्रक्रियामा सहभागी नेताहरुले जुनसुकै बेला पनि एकताको घोषणा हुने सम्भावना रहेको बताउँदै आएका थिए। बुधबार तत्कालीन दुई पार्टीका अध्यक्षद्वयको महत्वपूर्ण र सघन छलफलपछि एकता प्रक्रियाले अन्तिम निष्कर्ष पाएको हो। 

वाम गठबन्धन बनाएर एकता प्रक्रियामा सहभागी हुँदा तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त घोषणापत्र र उम्मेदवारसहित जनतामा जाँदा नै एकताको सन्देश प्रवाह भइसकेको थियो। 

राष्ट्रिय सभागृहमा बिहीबार नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र समारोहमा नेताहरुले व्यक्त गरेको विचारलाई नै आधार मान्ने हो भने पनि ‘एकता साना दुःखले आर्जेको विषय पक्कै होइन र थिएन पनि।’ 

नेपालको कम्युनिस्ट पार्टी स्थापनादेखि नै गुटबन्दी, टुटफुट र विभाजनको रेखाबाट अगाडि बढेको हो। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २००८ सालदेखि नै गुटबन्दीको सिकार भएको नेताहरुको टिप्पणी छ। विधिवत् रुपमा त २०१९ सालदेखि नै पार्टीमा विभाजन सुरु भएको हो। 

पछिल्लो पटक २०७४ असोज १७ गतेदेखि सुरु भएको एकता प्रक्रिया जेठ २ गतेसम्म आइपुग्दा एउटा इतिहास कोर्न सफल भएको छ। विघटित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का शब्दमा ‘अनेकन आशंकाका बीचमा एकता प्रक्रिया एउटा निष्कर्षमा पुगेको छ, यो नेपाली जनता र देशको आवश्यकताका आधारमा भएको हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

वाम गठबन्धन निर्माण गर्ने दिन असोज १७ गते नै एकता संयोजन समिति गठन गरिएको थियो। सुरुमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई समेत सो प्रक्रियामा सहभागी भएका थिए।  तर, पछि निर्वाचनको प्रक्रियामा सहमति नभएको भन्दै उनी यसबाट बाहिरिए।

प्रतिनिधिसभा र प्रदेशसभाको निार्वचनलाई केन्द्रमा राखेर दुई पार्टीले गत कात्तिक २१ गते संयुक्त घोषणापत्र सार्वजनिक गरे। नेपालको इतिहासमा दुई ठूला कम्युनिस्ट पार्टीले निर्वाचन प्रयोजनाका लागि सार्वजनिक गरेको संयुक्त घोषणापत्र नै पहिलो थियो। 

एकता घोषणा कहिले गर्ने भन्ने बारेमा नेताहरुका फरक फरक धारणा सार्वजनिक हुन्थे। विभिन्न आशंकाका खबर पनि आउने गरेका थिए। तर, बुधबार ११ बजे पछिका घटनाक्रमहरु एकाएक सार्वजनिक हुन थाले। जुन विगतमा घोषणा गरिए जस्तै अप्रत्यासित लाग्ने खालका थिए।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भयो। वार्तामा सहजीकरण र आवश्यक सहयोगको जिम्मेवारीमा नेताद्वय विष्णु पौडेल र जनार्दन शर्मा थिए। सो बैठकले एकता घोषणा गर्न एकता समितिको बैठक बोलाउने निर्णय गरेको थियो। बुधबारै अपराह्न ४ बजे एमाले स्थायी समिति बैठक बस्यो र पार्टी एकताका लागि भएको सहमति अनुमोदन गरियो। बुधबार नै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्यो र एकता घोषणा अनुमोदन गर्ने निर्णय गर्‍यो। 

बिहीबार बिहान आठ बजे २५ औं मदन आश्रित स्मृतिमा पहिलो पटक ओली र दाहाल सहभागी भए। सो लगत्तै बिहान ११ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्यो। सो बैठकलगत्तै एमाले केन्द्रीय समितिको बैठक बस्यो। 

सो लगत्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बस्यो। एकताको सम्पूर्ण प्रक्रिया बारेमा अध्यक्ष दाहालले जानकारी गराए। अपराह्न १५ बजे दुवै पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बालुवाटारमा बस्यो र एमाले तथा माओवादी केन्द्र विघटन गरी नेकपाको सदस्यका हैसियतले सपथ ग्रहण गराइयो। 

सपथ ग्रहणलगत्तै निर्वाचन आयोग पुगेर एकीकृत पार्टीले पार्टी दर्ताका लागि निवेदन दियो। साँझ राष्ट्रिय सभागृहमा घोषणासभाको आयोजना गरेर दुवै पार्टी एक भएको जानकारी दिइयो। 

एकीकृत पार्टीको राष्ट्रियसभामा कूल ५९ सदस्यमध्ये ४२ सदस्य छन्। यस्तै प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १ सय ७४ सांसद छन्। त्यो कुल संख्याको ६३ दशमलव ५० प्रतिशत हो।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो पार्टीले ४७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो। निर्वाचन आयोगले सदर गरेको ९५ लाख ४४ हजार ७ सय ७९ मतमध्ये ४४ लाख ७७ हजार २१५ मत एकीकृत पार्टीको रहेको छ।

सात वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा सोही पार्टीको बहुमत छ भने प्रदेशसभाका ५ सय ५० सदस्यमध्ये ३ सय ५१ जना नेकपाको प्रदेश सांसद छन्। यस्तै, स्थानीय तहमा समेत सोही पार्टीको बहुमत छ।

एकतापछि नेपालको इतिहासमा यो नै पहिलो र ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको रुपमा स्थापित भएको छ। (रासस)

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्