काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीका विचार र व्यवहारले समस्या थपिँदै गएको आरोप लगाएका छन्।बुधबारबाट सुरु भएको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षीय दुईदिने राष्ट्रिय कार्यकर्ता भेलामा कार्यपत्र प्रस्तुत गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन्।
'पार्टी अध्यक्ष कमरेड के पी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए। उहाँलाई नाजायज सुविधा दिएर भएपनि पार्टी एकतालार्ई जोगाउन अनेकौँ प्रयत्न गरिए। तर उहाँका क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे,' नेपालले भेलामा पेस गरेको कार्यपत्रमा उल्लेख छ।
प्रधानमन्त्री ओलीकै पराकाष्ठाका कारण वामपन्थीहरूको 'अद्वितीय बहुमत' भएको प्रतिनिधिसभा विघटन भएको समेतआरोप लगाइएको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई एकीकरणअघिको अवस्थामा पुर्याएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ।
अध्यक्ष ओलीले पार्टी विभाजन गर्न अगाडि बढेकाले एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय भेलाको आयोजना गरिएको बताइएको छ।
कार्यपत्रको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।