काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौं उपत्यकाका साथै देशका विभिन्न स्थानमा खुसियाली मनाउँदै दीपावली गरेका छन्।
राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँ-ठाउँमा दीपावली भइरहेको युवा संघ नेपालका उपाध्यक्ष प्रभातविक्रम कटवालले बताए।
बालुवाटारमा केक काटियो
पार्टी एकताको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरिएको छ।
पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सव मनाएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।