• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के नेपालमा युरेनियमको कारोबार सम्भव छ?

तीर्थराज अधिकारी बुधबार, चैत ४, २०७७  ०६:१८
1140x725

प्रहरीले काठमाडौंको बौद्धबाट दुई किलोग्रामभन्दा बढी 'युरेनियम' भनिएको वस्तु बरामद गरेपछि नेपालमा फेरि आणविक पदार्थको गैरकानुनी कारोबारको बहस सुरु भएको छ। युरेनियम बहुपयोगी आणविक पदार्थ हो। यो पदार्थ सन् १७८९ मा जर्मन केमिस्ट मार्टिन क्लाप्रोथले जौचिमिस्टल चाँदीको खानीबाट पिचब्लेन्ड नमुनाहरूको विश्लेषण गर्दा पत्ता लगाएका थिए।

युरेनियम पत्ता लागेको सतासी वर्षपछि सन् १८६६ मा यो पदार्थको रेडियोधर्मी गुणहरू थाहा भएको थियो। यसलाई ऊर्जाका रूपमा पनि प्रयोग गर्न सकिन्छ भनेर बीसौँ शताब्दीको मध्यतिर मात्र पत्ता लाग्यो।  यो रेडियोधर्मी पदार्थ अहिले ऊर्जा उत्पादनका साथै चिकित्सा, औद्योगिक र रक्षा क्षेत्रमा विकसित मुलुकहरूले प्रयोग गरिरहेका छन्। 

सन् १८९८ मा मेरी क्युरीले 'युरेनियम' सिरिजको 'रेडियम' पत्ता लगाएपछि यसको प्रयोग ब्राकिथेरापीमा हुन्थ्यो।  तर, मानवनिर्मित रेडियो आइसोटोपहरू जस्तै: कोबाल्ट, आयोडिन, इरिडियम, सिजियम आदि पत्ता लागिसकेपछि  गामा-उर्जा, हाफ-लाइफ जस्ता गुणको कारण  यिनीहरूको प्रयोगबाट ब्राकिथेरापी हुन छाडेको हो। तर, युरेनियमको प्रयोग उर्जा क्षेत्र जस्तै, विद्युत् उत्पादन गर्न र शक्तिराष्ट्रहरूले आणविक हतियार बनाउन प्रयोग गरिरहेका छन्। उद्योग क्षेत्रमा भने 'न्युक्लियर रियाक्टर'हरूबाट अरू उपयोगी रेडियो आइसोटोपहरू निर्माण गर्न प्रयोग हुन्छ। त्यस्तै, हेलिकप्टर तथा हवाईजहाजमा आयोनाइजिङ विकिरणबाट बचाउन ढालको रूपमा पनि युरेनियम प्रयोग हुन्छ। 

संसारका विभिन्न मुलुकमध्ये कजाकस्तान सबैभन्दा बढी युरेनियम उत्पादन गर्नेमा पर्छ। क्यानडा, अस्ट्रेलिया, नामिबिया र नाइजर क्रमशः बढी युरेनियम उत्पादन गर्ने मुलुकहरू हुन्। यो पदार्थ चीनमा भारतको भन्दा धेरै उत्पादन हुन्छ भने  युरोपेली मुलुक र अमेरिकामा नगण्य मात्रामा उत्पादन हुन्छ।

नेपालमा आधिकारिक रुपमा यो पदार्थ रहेको कुरा अझै पत्ता लागेको छैन। अन्तर्राष्ट्रिय ऊर्जा सस्थाको आर्थिक सहयोगमा मुस्ताङ र मकवानपुरमा खानी विभागले अध्ययन गरे पनि युरेनियम भए/नभएको यकिन भएको छैन।

युरेनियमको बहुउपयोगिताका कारण नेपालमा यसको कारोबार भने हुन सक्छ। नेपालमा रेडियोधर्मी पदार्थको कारोबार गर्न निश्चित मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। यससम्बन्धी ऐन गत वर्ष नै राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ भने नियमावली बन्ने क्रममा छ। ऐनको व्यवस्था अनुसार रेडियोधर्मी पदार्थको अवैध कारोबार गैरकानुनी हो।

के बौद्धमा समातिएको पदार्थ यूरेनियम हो?   
काठमाडौंको बौद्धमा प्रहरीद्वारा बरामद पदार्थ युरेनियम हो/होइन भन्ने कुरा यकिन गर्न गाह्रो छ। यद्यपि, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त पदार्थ कच्चा युरेनियम भएको पुष्टि गरेको छ भन्ने दाबी प्रहरीले गरेको छ। तर, नास्टले गरेको अनुसन्धानमा पनि पूरै भर पर्न भने सकिन्न।

यदि मानिसले कुनै तरिकाले युरेनियमको मात्रा पायो भने त्यसको पहिलो टार्गेट मिर्गौला हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

केही वर्ष पहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतकाे वीर अस्पतालमा रहेको सिटी स्क्यान मेसिनबाट रेडियसन चुहावट भएको रिपोर्ट नास्टले दिएको थियो। तर, पछि अध्ययन गर्दा त्यहाँ रेडियसनको मात्रा नास्टले भनेको जस्तो थिएन। यस्तो ‘मिस-रिपोर्टिङ’ हुनुमा दुइ वटा कारण छन्। पहिलो, रेडियसन जाँच गर्ने उपकरणको प्रयोग गर्ने ज्ञानको कमी। अर्को, नापिएको रेडियसनको मात्राको व्याख्यामा त्रुटि।

अझ अचम्म त नास्टले सबै कुरा बाहिर आएपछि आफूले त्यसो नभनेको बताएको छ। त्यसो हो भने बौद्धमा भेटिएको पदार्थ नास्ट वा कुनै आधिकारिक संस्थाको जाँचबिना नै युरेनियम हो भनेर कसरी थाहा भयो? यो अर्को अचम्म हो। यद्यपि उक्त पदार्थ युरेनियम हो भनेर पहिले नै भनिसकिएकाले यहाँ नेपालमा युरेनियमको कारोबार हुन्छ कि हुँदैन भन्ने चर्चा गर्न खोजिएको हो।

यो घटनाले चाहिँ नेपालमा युरेनियमको कारोबार भइरहेको छ त आशंकालाई बलियो बनाउँछ। यसबाट मुख्यतः दुईवटा सम्भावना देखिएका छन्। एक, नेपालमा रेडियोधर्मी पदार्थको नापतौल गर्ने उपकरण अवैध रुपमा प्रयोग गरिएका छन्। दुई, यसमा रेडियोधर्मी पदार्थसम्बन्धी तालिमप्राप्त विज्ञको संलग्नता छ। यीबाहेकको अवस्थामा कुनै पदार्थ रेडियोधर्मी हो होइन पत्ता लगाउन सकिँदैन।

के नेपालमा यूरेनियम प्रयोग हुन सक्छ?
नेपाल आफैले  युरेनियमको प्रयोग गर्ने सम्भावना त छैन। तर, अघि उल्लेख गरिएजस्तै चीन र भारत दुई ठूला आणविक शक्तिसम्पन्न मुलुक हुन्। यी दुई छिमेकी शक्तिराष्ट्रबीच आणविक हतियार निर्माणको प्रतिस्पर्धा विगतदेखि नै रहिआएको छ। चीनबाट भारत वा भारतबाट चीनमा रेडियोधर्मी पदार्थको ओसारपसार हुने सम्भावना रहन्छ।  

Xtrem

Xtrem

युरेनियमबाट निस्किने अरु रेडियोधर्मी पदार्थले अल्फा रेडियसन निकाल्ने र यसले रेडियोधर्मी असर गर्ने भएकाले सजग हुनैपर्छ।

नेपालबाट कच्चा युरेनियम तेस्रो मुलुकमा पनि पार्सल हुन सक्छ। यद्यपि, नेपालमा युरेनियम छ वा छैन भन्ने कुरा यकिन भइसकेको छैन। यो टुंगो नलागे पनि कच्चा पदार्थका रुपमा ओसारपसार हुन सक्दैन भन्न सकिन्न। किनभने हाम्रा विमानस्थल र नाकाहरूमा रेडियोधर्मी पदार्थको जाँच हुँदैन। यस्तो  अवस्थामा सम्बन्धित मन्त्रालय वा विभागले रेडियोधर्मी पदार्थको जाँच अन्तर्राष्ट्रिय नाका र विमानस्थलमा गर्ने व्यवस्था गरिनुपर्छ। 

अर्को महत्वपूर्ण कुरा के भने बौद्धमा उक्त पदार्थ २० वर्षदेखि घरमा रखिएको भन्ने कुरा आएको छ। युरेनियम मानव स्वास्थ्यका लागि हानिकारक पदार्थ हो। यसले ‘अल्फा पार्टिकल इमिट’ गर्छ जसको पदार्थमा प्रवेश गर्ने रेञ्ज कम हुन्छ तर यसले धेरै मात्रामा रेडियसन डिपोजिटट गर्न सक्ने भएकाले सजग हुन जरुरी छ।

युरेनियमलाई हातले छोएमा त्यसबाट रेडियसनको असर त पर्दैन तर, यो पदार्थ श्वासप्रश्वासमार्फत् शरीरभित्रको स्वास्थ्यमा प्रतिकूल असर पारेर क्यान्सरसमेत हुनसक्छ। युरेनियमबाट निस्किने अरु रेडियोधर्मी पदार्थले अल्फा रेडियसन निकाल्ने र यसले रेडियोधर्मी असर गर्ने भएकाले सजग हुनैपर्छ। तसर्थ बौद्धमा बरामद युरेनियमको अवस्था के थियो भन्नेबारे अनुसन्धान गरिनुपर्छ। साथै उक्त पदार्थ घरमा लामो समयसम्म राख्ने व्यक्तिको स्वास्थ्य परीक्षण हुनुपर्छ र उक्त घरमा त्यो पदार्थको सम्पर्कमा भएका मानिसहरूको चिकित्सकीय अध्ययन पनि हुनुपर्छ।

युरेनियमको रेडियसन असरभन्दा पनि केमिकल असर बढी हुन्छ। यो पदार्थ नगण्य मात्रामा जहाँसुकै पनि पाइन्छ। हामीले लिने हावा, पानी, खानामा यो केही मात्रामा हुन्छ। त्यस्तै तरकारीको बोटले जरामार्फत् माटोबाट लिएको युरेनियम पनि हामीले पाइरहेका हुन्छौं।

खानीमा काम गर्ने मानिसहरू, मल बनाउने कारखानामा काम गर्ने मानिसहरूले केही न केही मात्रामा युरेनियम लिरहेका हुन्छन्। यदि मानिसले कुनै तरिकाले युरेनियमको मात्रा पायो भने त्यसको पहिलो टार्गेट मिर्गौला हुन्छ। मिर्गौलाको क्षतिबाहेक अरु कुनै स्वास्थ्यका प्रभाव मानिसमा अहिलेसम्मको अध्ययनमा देखिएका छैनन्।

अमेरिकन न्युक्लियर रेगुलेटरी बडीका अनुसार पानीमा ०.०३ मिलिग्राम प्रतिलिटरसम्मको युरेनियमको मात्रालाई सामान्य मानिन्छ। अर्थात् यो तहको युरेनियमको पानी पिउन योग्य मानिछ। त्यस्तै खानीमा काम गर्नेहरूका लागि यदि घुल्ने युरेनियम भए ०.०५ मिलिग्राम प्रतिमिटर क्युब र ०.०२५ मिलिग्राम प्रतिमिटर क्युब नघुल्ने युरेनियमको मात्रा सामान्य निर्धारण गरिएको छ।

नेपालमा रहेका खनिज, जल तथा हावामा के कति रेडियसनको मात्रा छ भन्नेबारे अध्ययन गरेर रेडियसनको मात्रा निर्धारण गर्नुपर्दछ। हामीकहाँ अहिले युरेनियमको विकिरण असरभन्दा पनि यहाँबाट अवैध ओसारपसार हुनु चुनौती हो। यो पदार्थको अवैध प्रयोगले विनाश निम्त्याउने भएकाले सम्बन्धित पक्ष सजग हुन जरुरी छ।

नेपालका तीनवटै सुरक्षा निकायलाई विकिरणसम्बन्धी तालिम दिनु मनासिव हुन्छ। तीनवटै सुरक्षा निकाय र भूगर्भ तथा खानी विभागमा रेडियसन विज्ञ मेडिकल फिजिसिस्टको दरबन्दी सिर्जना गरी योजनाबद्ध रुपमा रेडियसन सुरक्षा योजना बनाउनु पर्दछ। साथै नेपालका विश्वविद्यालयहरूले पनि यसमा भूमिका खेल्नुपर्छ। जसबाट नेपालमा युरेनियम उत्खननमा सहयोग हुनेछ भने नेपालबाट हुने अवैध ओसारपसार न्यूनीकरण गर्न सहयोग पुग्नेछ। साथै युरेनियमसम्बन्धी अध्ययनले खानी पत्ता लागेमा त्यसको सही प्रयोगले मुलुकको समृद्धिमा टेवा पुग्न सक्छ।

(अधिकारी रेडियसन ओन्कोलोजी फिजिसिस्ट हुन्।)

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्