• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के नेपालमा युरेनियमको कारोबार सम्भव छ?

तीर्थराज अधिकारी बुधबार, चैत ४, २०७७  ०६:१८
1140x725

प्रहरीले काठमाडौंको बौद्धबाट दुई किलोग्रामभन्दा बढी 'युरेनियम' भनिएको वस्तु बरामद गरेपछि नेपालमा फेरि आणविक पदार्थको गैरकानुनी कारोबारको बहस सुरु भएको छ। युरेनियम बहुपयोगी आणविक पदार्थ हो। यो पदार्थ सन् १७८९ मा जर्मन केमिस्ट मार्टिन क्लाप्रोथले जौचिमिस्टल चाँदीको खानीबाट पिचब्लेन्ड नमुनाहरूको विश्लेषण गर्दा पत्ता लगाएका थिए।

युरेनियम पत्ता लागेको सतासी वर्षपछि सन् १८६६ मा यो पदार्थको रेडियोधर्मी गुणहरू थाहा भएको थियो। यसलाई ऊर्जाका रूपमा पनि प्रयोग गर्न सकिन्छ भनेर बीसौँ शताब्दीको मध्यतिर मात्र पत्ता लाग्यो।  यो रेडियोधर्मी पदार्थ अहिले ऊर्जा उत्पादनका साथै चिकित्सा, औद्योगिक र रक्षा क्षेत्रमा विकसित मुलुकहरूले प्रयोग गरिरहेका छन्। 

सन् १८९८ मा मेरी क्युरीले 'युरेनियम' सिरिजको 'रेडियम' पत्ता लगाएपछि यसको प्रयोग ब्राकिथेरापीमा हुन्थ्यो।  तर, मानवनिर्मित रेडियो आइसोटोपहरू जस्तै: कोबाल्ट, आयोडिन, इरिडियम, सिजियम आदि पत्ता लागिसकेपछि  गामा-उर्जा, हाफ-लाइफ जस्ता गुणको कारण  यिनीहरूको प्रयोगबाट ब्राकिथेरापी हुन छाडेको हो। तर, युरेनियमको प्रयोग उर्जा क्षेत्र जस्तै, विद्युत् उत्पादन गर्न र शक्तिराष्ट्रहरूले आणविक हतियार बनाउन प्रयोग गरिरहेका छन्। उद्योग क्षेत्रमा भने 'न्युक्लियर रियाक्टर'हरूबाट अरू उपयोगी रेडियो आइसोटोपहरू निर्माण गर्न प्रयोग हुन्छ। त्यस्तै, हेलिकप्टर तथा हवाईजहाजमा आयोनाइजिङ विकिरणबाट बचाउन ढालको रूपमा पनि युरेनियम प्रयोग हुन्छ। 

संसारका विभिन्न मुलुकमध्ये कजाकस्तान सबैभन्दा बढी युरेनियम उत्पादन गर्नेमा पर्छ। क्यानडा, अस्ट्रेलिया, नामिबिया र नाइजर क्रमशः बढी युरेनियम उत्पादन गर्ने मुलुकहरू हुन्। यो पदार्थ चीनमा भारतको भन्दा धेरै उत्पादन हुन्छ भने  युरोपेली मुलुक र अमेरिकामा नगण्य मात्रामा उत्पादन हुन्छ।

नेपालमा आधिकारिक रुपमा यो पदार्थ रहेको कुरा अझै पत्ता लागेको छैन। अन्तर्राष्ट्रिय ऊर्जा सस्थाको आर्थिक सहयोगमा मुस्ताङ र मकवानपुरमा खानी विभागले अध्ययन गरे पनि युरेनियम भए/नभएको यकिन भएको छैन।

युरेनियमको बहुउपयोगिताका कारण नेपालमा यसको कारोबार भने हुन सक्छ। नेपालमा रेडियोधर्मी पदार्थको कारोबार गर्न निश्चित मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। यससम्बन्धी ऐन गत वर्ष नै राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ भने नियमावली बन्ने क्रममा छ। ऐनको व्यवस्था अनुसार रेडियोधर्मी पदार्थको अवैध कारोबार गैरकानुनी हो।

के बौद्धमा समातिएको पदार्थ यूरेनियम हो?   
काठमाडौंको बौद्धमा प्रहरीद्वारा बरामद पदार्थ युरेनियम हो/होइन भन्ने कुरा यकिन गर्न गाह्रो छ। यद्यपि, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त पदार्थ कच्चा युरेनियम भएको पुष्टि गरेको छ भन्ने दाबी प्रहरीले गरेको छ। तर, नास्टले गरेको अनुसन्धानमा पनि पूरै भर पर्न भने सकिन्न।

यदि मानिसले कुनै तरिकाले युरेनियमको मात्रा पायो भने त्यसको पहिलो टार्गेट मिर्गौला हुन्छ।

Ncell 2
Ncell 2

केही वर्ष पहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतकाे वीर अस्पतालमा रहेको सिटी स्क्यान मेसिनबाट रेडियसन चुहावट भएको रिपोर्ट नास्टले दिएको थियो। तर, पछि अध्ययन गर्दा त्यहाँ रेडियसनको मात्रा नास्टले भनेको जस्तो थिएन। यस्तो ‘मिस-रिपोर्टिङ’ हुनुमा दुइ वटा कारण छन्। पहिलो, रेडियसन जाँच गर्ने उपकरणको प्रयोग गर्ने ज्ञानको कमी। अर्को, नापिएको रेडियसनको मात्राको व्याख्यामा त्रुटि।

अझ अचम्म त नास्टले सबै कुरा बाहिर आएपछि आफूले त्यसो नभनेको बताएको छ। त्यसो हो भने बौद्धमा भेटिएको पदार्थ नास्ट वा कुनै आधिकारिक संस्थाको जाँचबिना नै युरेनियम हो भनेर कसरी थाहा भयो? यो अर्को अचम्म हो। यद्यपि उक्त पदार्थ युरेनियम हो भनेर पहिले नै भनिसकिएकाले यहाँ नेपालमा युरेनियमको कारोबार हुन्छ कि हुँदैन भन्ने चर्चा गर्न खोजिएको हो।

यो घटनाले चाहिँ नेपालमा युरेनियमको कारोबार भइरहेको छ त आशंकालाई बलियो बनाउँछ। यसबाट मुख्यतः दुईवटा सम्भावना देखिएका छन्। एक, नेपालमा रेडियोधर्मी पदार्थको नापतौल गर्ने उपकरण अवैध रुपमा प्रयोग गरिएका छन्। दुई, यसमा रेडियोधर्मी पदार्थसम्बन्धी तालिमप्राप्त विज्ञको संलग्नता छ। यीबाहेकको अवस्थामा कुनै पदार्थ रेडियोधर्मी हो होइन पत्ता लगाउन सकिँदैन।

के नेपालमा यूरेनियम प्रयोग हुन सक्छ?
नेपाल आफैले  युरेनियमको प्रयोग गर्ने सम्भावना त छैन। तर, अघि उल्लेख गरिएजस्तै चीन र भारत दुई ठूला आणविक शक्तिसम्पन्न मुलुक हुन्। यी दुई छिमेकी शक्तिराष्ट्रबीच आणविक हतियार निर्माणको प्रतिस्पर्धा विगतदेखि नै रहिआएको छ। चीनबाट भारत वा भारतबाट चीनमा रेडियोधर्मी पदार्थको ओसारपसार हुने सम्भावना रहन्छ।  

युरेनियमबाट निस्किने अरु रेडियोधर्मी पदार्थले अल्फा रेडियसन निकाल्ने र यसले रेडियोधर्मी असर गर्ने भएकाले सजग हुनैपर्छ।

नेपालबाट कच्चा युरेनियम तेस्रो मुलुकमा पनि पार्सल हुन सक्छ। यद्यपि, नेपालमा युरेनियम छ वा छैन भन्ने कुरा यकिन भइसकेको छैन। यो टुंगो नलागे पनि कच्चा पदार्थका रुपमा ओसारपसार हुन सक्दैन भन्न सकिन्न। किनभने हाम्रा विमानस्थल र नाकाहरूमा रेडियोधर्मी पदार्थको जाँच हुँदैन। यस्तो  अवस्थामा सम्बन्धित मन्त्रालय वा विभागले रेडियोधर्मी पदार्थको जाँच अन्तर्राष्ट्रिय नाका र विमानस्थलमा गर्ने व्यवस्था गरिनुपर्छ। 

अर्को महत्वपूर्ण कुरा के भने बौद्धमा उक्त पदार्थ २० वर्षदेखि घरमा रखिएको भन्ने कुरा आएको छ। युरेनियम मानव स्वास्थ्यका लागि हानिकारक पदार्थ हो। यसले ‘अल्फा पार्टिकल इमिट’ गर्छ जसको पदार्थमा प्रवेश गर्ने रेञ्ज कम हुन्छ तर यसले धेरै मात्रामा रेडियसन डिपोजिटट गर्न सक्ने भएकाले सजग हुन जरुरी छ।

युरेनियमलाई हातले छोएमा त्यसबाट रेडियसनको असर त पर्दैन तर, यो पदार्थ श्वासप्रश्वासमार्फत् शरीरभित्रको स्वास्थ्यमा प्रतिकूल असर पारेर क्यान्सरसमेत हुनसक्छ। युरेनियमबाट निस्किने अरु रेडियोधर्मी पदार्थले अल्फा रेडियसन निकाल्ने र यसले रेडियोधर्मी असर गर्ने भएकाले सजग हुनैपर्छ। तसर्थ बौद्धमा बरामद युरेनियमको अवस्था के थियो भन्नेबारे अनुसन्धान गरिनुपर्छ। साथै उक्त पदार्थ घरमा लामो समयसम्म राख्ने व्यक्तिको स्वास्थ्य परीक्षण हुनुपर्छ र उक्त घरमा त्यो पदार्थको सम्पर्कमा भएका मानिसहरूको चिकित्सकीय अध्ययन पनि हुनुपर्छ।

युरेनियमको रेडियसन असरभन्दा पनि केमिकल असर बढी हुन्छ। यो पदार्थ नगण्य मात्रामा जहाँसुकै पनि पाइन्छ। हामीले लिने हावा, पानी, खानामा यो केही मात्रामा हुन्छ। त्यस्तै तरकारीको बोटले जरामार्फत् माटोबाट लिएको युरेनियम पनि हामीले पाइरहेका हुन्छौं।

खानीमा काम गर्ने मानिसहरू, मल बनाउने कारखानामा काम गर्ने मानिसहरूले केही न केही मात्रामा युरेनियम लिरहेका हुन्छन्। यदि मानिसले कुनै तरिकाले युरेनियमको मात्रा पायो भने त्यसको पहिलो टार्गेट मिर्गौला हुन्छ। मिर्गौलाको क्षतिबाहेक अरु कुनै स्वास्थ्यका प्रभाव मानिसमा अहिलेसम्मको अध्ययनमा देखिएका छैनन्।

अमेरिकन न्युक्लियर रेगुलेटरी बडीका अनुसार पानीमा ०.०३ मिलिग्राम प्रतिलिटरसम्मको युरेनियमको मात्रालाई सामान्य मानिन्छ। अर्थात् यो तहको युरेनियमको पानी पिउन योग्य मानिछ। त्यस्तै खानीमा काम गर्नेहरूका लागि यदि घुल्ने युरेनियम भए ०.०५ मिलिग्राम प्रतिमिटर क्युब र ०.०२५ मिलिग्राम प्रतिमिटर क्युब नघुल्ने युरेनियमको मात्रा सामान्य निर्धारण गरिएको छ।

नेपालमा रहेका खनिज, जल तथा हावामा के कति रेडियसनको मात्रा छ भन्नेबारे अध्ययन गरेर रेडियसनको मात्रा निर्धारण गर्नुपर्दछ। हामीकहाँ अहिले युरेनियमको विकिरण असरभन्दा पनि यहाँबाट अवैध ओसारपसार हुनु चुनौती हो। यो पदार्थको अवैध प्रयोगले विनाश निम्त्याउने भएकाले सम्बन्धित पक्ष सजग हुन जरुरी छ।

नेपालका तीनवटै सुरक्षा निकायलाई विकिरणसम्बन्धी तालिम दिनु मनासिव हुन्छ। तीनवटै सुरक्षा निकाय र भूगर्भ तथा खानी विभागमा रेडियसन विज्ञ मेडिकल फिजिसिस्टको दरबन्दी सिर्जना गरी योजनाबद्ध रुपमा रेडियसन सुरक्षा योजना बनाउनु पर्दछ। साथै नेपालका विश्वविद्यालयहरूले पनि यसमा भूमिका खेल्नुपर्छ। जसबाट नेपालमा युरेनियम उत्खननमा सहयोग हुनेछ भने नेपालबाट हुने अवैध ओसारपसार न्यूनीकरण गर्न सहयोग पुग्नेछ। साथै युरेनियमसम्बन्धी अध्ययनले खानी पत्ता लागेमा त्यसको सही प्रयोगले मुलुकको समृद्धिमा टेवा पुग्न सक्छ।

(अधिकारी रेडियसन ओन्कोलोजी फिजिसिस्ट हुन्।)

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म
एमालेमा गुट सकियो: केपी ओली
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म शुक्रबार, पुस ४, २०८२
एमालेमा गुट सकियो: केपी ओली शुक्रबार, पुस ४, २०८२
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरू शुक्रबार, पुस ४, २०८२
भरतपुरबाट गाडीमा भैरहवा हिँडे लामिछाने शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्