complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पाल्पाली लोकगायिकाको सफलताः जसलाई अमिताभ बच्चन छोरी भनेर सम्बोधन गर्छन्

64x64
नेपाल लाइभ बिहीबार, असोज १२, २०७४  ०७:२७
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मुम्बई– पाल्पामा लोकसंगीतको संस्कृति नौलो होइन्। पुरानै हो। त्यहाँ युवायुवती लोकभाकामा नाच्ने मात्र होइन, गाउने पनि गर्छन्। पाल्पाली लोकगीतमा पारंगत एक युवतीले करिब दुई दशकअघि एउटा सपना देखिन्। उनको त्यो सपना आम नेपाली कलाकारको भन्दा नौलो र अनौठो थिएन। तर, सबैलाई मौका पनि जुर्दैन। कतिको क्षमता पनि हुँदैन। 

तारा शर्मा, पाल्पाकी लोक गायिका। जसले १८ वर्षअघि बलिउडमा फिल्म खेल्ने सपना देखिन् र हान्निदै मुम्बई आइन्। अहिले उनले पत्याउँनै नसकिने सफलता भारतीय टेलिभिजन उद्योगमा प्राप्त गरेकी छिन्। अहिले उनको मुम्बईस्थित भगतसिंह नगरमा आफ्नै निजी फ्ल्याट छ। उनले गाउँबाट बुवाआमालाई बोलाएर आफूसँगै राखेकी छिन्। 

पाल्पाको राइडाँडामा जन्मिएकी ताराले हिन्दी टेलिभिजन उद्योगमा सफल कलाकारको रुपमा आफ्नो छवी बनाइसकेकी छिन्। 

उनले बलिउडका ‘बिग’ बच्चन र उनको धर्मपत्नी जया बच्चनलाई ‘मेरे शाही राम’ फिल्ममा सहायक निर्देशकको रुपमा निर्देशन गर्ने अवसर पाइसकेकी छिन्। 



कुनैबेला अमिताभको फिल्मको प्रभावले कलाकार बन्ने सपना देखेकी तारा उनैलाई निर्देशन गर्न पाउँदा दंग पनि छिन्। उनी यसलाई आफ्नो करिअरको अविस्मरणीय क्षण भन्न रुचाउँछिन्। र, भन्छिन्, ‘यो मेरो मस्तिष्कमा रहनेछ, सधैका लागि।’

‘मेरे शाही राम’ को सुटिङ हुँदा सुरुमा उनी अमिताभको अगाडि जान पनि डराउँथिन्। तर, स्क्रिप्ट सुनाउँने क्रममा अमिताभसँग उनले तारम्तार भेट्नु पर्ने हुन्थ्यो। यसै क्रममा अमिताभले आफूलाई आफ्नो घरको विषयमा सोधेको स्मरण गर्दै उनी भन्छिन्, ‘मैले नेपालबाट आएको भनेपछि उहाँले मलाई छोरी भनेर सम्बोधन गर्नुभयो। र, मेरो करिअर धेरै अगाडि बढ्ने आत्मविश्वास दिनुभयो।’

पछि अमिताभले नै आफूलाई नेपालको छोरी भनेर जया बच्चनसँग चिनापर्ची गराएको उनी बताउँछिन्। ‘त्यो दिनदेखि मलाई बलिउडमा कोहीसँग काम गर्न डर, भय, संकोत भएन,’ उनले भनिन्। 

यो एउटै फिल्मले बच्चन परिवारसँग ताराको सम्बन्ध यति प्रगाढ भयो, अहिले पनि बेलाबेलामा उनी बच्चन परिवारसँग भेटघाट गरिरहेकी हुन्छिन्। ‘उहाँहरु केही गाह्रो अफ्ठ्यारो भए निसंकोच भन्न आग्रह गर्नुहुन्छ। यो मेरो लागि ठूलो कुरा हो’, उनले भनिन्। 

नेपालमा हुँदा तारा २०४३ सालमा रेडियो नेपालमा लोकगीत प्रतियोगितामा भाग लिन काठमाडौं पुगेकी थिइन्। उनले त्यतिबेला गाउँ र बनपाखाका गीत गाएको सुनाइन्। र, एउटा कटु अनुभव पनि गरिन्, ‘अहिले कस्तो छ मलाई थाहा छैन्। तर, गाउँबाट गएको हुनाले गर्दा होला दौतरीबाट खुब हेपाई खाइयो काठमाडौंमा। केही राम्रा कुरा पनि भएँ।’

उनी जीवनलाई संघर्ष मान्छिन्। मुम्बईमा आफूले गर्नु परेको संघर्ष सम्झेर अहिले पनि उनी अचम्मित हुन्छिन्। मुम्बईमा उनको ‘गडफादर’ कोही थिएन्। त्यसमा पनि नेपाली चेली। सामान्य भेटघाटकै क्रममा लोग्ने मान्छेहरु उनलाई साँझमा भेट्न कर गर्थे। 



‘कतिले जीवन नै कम्प्रोमाइज हो भनेर ब्ल्याकमेल गर्न खोज्थे। कतिले बिहेको बहाना बनाउँथे। मलाई थाहा थियो, यी सबै एक्लो महिलादेखेर गरिएको हर्कत हो। म जोगिन्थे। अहिले सम्झन्छु, वास्तवमै कसरी जोगिए होला,’ मुम्बईमा हुने गरेको विभिन्न खाले हर्कतको विषयमा कुरा उप्काउँदै उनी भन्छिन्। 

ताराले ‘सहारा वान’ बाट प्रसारण हुने ‘नियती’ सिरयलमा लामो समय रामायणकी सिताको भूमिका निर्वाह गरेकी थिइन्। यतिबेला रामायणका ठूलाठूला डाइलग कण्ठ गर्नुपर्ने चुनौति थियो, उनीमाथि। तर, उनले त्यो चुनौतिलाई सहजताका साथ निर्वाह गरिन्। त्यसैले अहिले उनलाई कामको कुनै अभाव छैन्। 

ताराले नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन्। इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेको ‘गोर्खा पल्टन’ मा उनी आमाको भूमिकामा देखिएकी थिइन्। 

बाल्यकालमा आमाको हात समाउँदै गीत गाउने र नाच्ने तारा आज बलिउडमा अभिनय र निर्देशन गर्दै अगाडि बढिरहेकी छिन्। उनले स्टार प्लसबाट प्रसारण भएको ‘तुजसँग प्रित लगी सजना’, नेशनल टेलिभिजनबाट प्रसारण भएको ‘पियार’ मा पनि अभिनय गरेकी थिइन्। 
 
 

प्रकाशित मिति: बिहीबार, असोज १२, २०७४  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्