काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कुमारीपाटीमा जारी छ। नेपाली कांग्रेस र माओवादी केन्द्रसहित तीन दलको बैठकअघि जसपाकाे पदाधिकारी बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपामा दुई धार भएपछि सहमति हुन सकेको थिएन। त्यसको विकल्पमा कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्यकाे अवस्थामा पुगेसँगै जसपाका नेताहरु छलफलमा जुटेका हुन्।
तीन दलबीच सरकार बनाउने विषयमा नेताहरु सहमतिनजिक पुगेकाले पार्टीमा सर्वसम्वत निर्णय गर्न पदाधिकारी बैठक बसेको एक नेताले बताए। जसपा पदाधिकारी बैठक सकिएलगतै तीन दलको बैठक बस्ने बताइएको छ।
पदाधिकारी बैठकमा अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र अशोक राई छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।