काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एकीकरण घोषणा समारोह राष्ट्रिय सभागृहमा जारी छ। पार्टी एकताको साक्षी बन्न साविकका दलहरु नेकपा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको सभागृहमा भीड छ।
घोषणा समारोहमा पार्टीका सह-अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहाल पनि पुगेकी छिन्। सीता नाति (प्रकाशका छोरा)सहित सभागृह पुगेकी हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।