• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ९, २०८२ Mon, Mar 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

निफ्राको ‘पुँजीकरण शून्य’ घटना : 'साइट डेभलपर'सँग स्पष्टीकरणपछि धितोपत्र बोर्डलाई नेप्सेको जवाफ 

64x64
नेपाल लाइभ सोमबार, चैत २, २०७७  ०९:४१
1140x725

काठमाडौं- गत फागुन ११ गते नेपालको पूँजीबजारमा अनौठो घटना घट्यो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा त्यो दिनको कारोबार सुरु भएको १८ मिनेटपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर पूँजीकरण शतप्रतिशतले घटेर शून्यमा झरेको विवरण नेप्सेको साइटमा देखियो। 

१ खर्बभन्दा माथि बजार पूँजीकरण भएको कम्पनीको शेयर मूल्य शुन्यमा झरेपछि नेप्से परिसूचक पनि एकाएक २५८८.४० बाट घटेर २५०५.८६ अंकमा पुग्यो। त्यो दिन सबै समूहको उपसूचक हरियो देखिए पनि अन्य समूहको उपसूचकमा एकाएक ठूलो अंकको गिरावट देखिएको थियो। फागुन १६ गतेपछि भने निफ्रालाई लगानी समूहमा राखिएको छ।

नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य एक कारोबार दिनमा १० प्रतिशत भन्दा तलमाथि हुनेबित्तिकै सर्किट ब्रेक लाग्ने प्रावधान भए पनि निफ्राको शेयरमा भने शतप्रतिशत गिरावट देखिएको थियो। यो अनौठो किसिमको घटना भएपछि नेप्सेले तत्काल निफ्राको कारोबार बन्द गर्यो र ‘शेयर बिक्रीकर्ताको अत्यधिक चापका कारण नेप्सेको कारोबार प्रणालीमा प्राविधिक समस्या सिर्जना भएको’ प्रारम्भिक जानकारी दियो। करिब २ घण्टा लगाएर नेप्सेले उक्त समस्या सुल्झायो र निफ्राको वास्तविक तथ्यांक देखिएपछि समग्र बजार पनि स्वाभाविक अवस्थामा फर्कियो। 

नेप्सेको इतिहासमा यस्तो प्रकृतिको घटना पहिलो थियो। फागुन पहिलो साता नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार सुरु गरेको निफ्राको शेयर मूल्य निरन्तर उकालो लागिरहेको थियो। हरेक दिनजसो ‘पोजेटिभ सर्किट’ लागिरहेको कम्पनीको सेयर कारोबारमा यस्तो समस्या देखिएपछि लगानीकर्ता त सशंकित भए नै पूँजीबजारमा समेत हलचल देखियो।

यो पनि पढ्नुहोस्

नेप्सेको वेबसाइटमा समस्या : बजार ८८ अंकसम्म घट्दा निफ्रामा शतप्रतिशत गिरावट!बुधबार, फागुन १२, २०७७

यसरी पूँजी बजारमा गम्भीर असर पार्ने घटनापछि नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई स्पष्टीकरण सोध्यो। नेप्सेले आफ्नो अनलाइन प्रणाली (नट्स) का कारण त्यस्तो समस्या देखिएको हो वा वेबसाइट निर्माण तथा कारोबारको ‘प्लेटफर्म’ उपलब्ध गराइरहेको निजी कम्पनी वाइको (अ योमरी कम्पनी) का कारण समस्या देखिएको हो भन्ने छुट्याउन सकेन। बोर्डले नेप्सेलाई स्पष्टीकरण सोधेलगत्तै नेप्सले पनि वाइकोलाई स्पष्टीकरण सोध्यो। सो घटनाबारे वाइकोले नेप्सेलाई दिएको स्पष्टीकरणका आधारमा नेप्सले पनि बोर्डलाई जवाफ पठाएको छ। 

के थियो समस्या? 
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार वाइकोले दिएको स्पष्टीकरणमा नेप्सेको बजार खुल्नुपूर्वको माग (प्रि मार्केट ओपनिङ) मा लगानीकर्ताले निफ्राको सेयर ‘लिमिट अर्डर’को साटो ‘मार्केट अर्डर’ बाट खरिद गर्न चाहेपछि यस्तो समस्या देखिएको उल्लेख गरिएको छ। ‘प्रि मार्केट ओपनिङमा लगानीकर्ताको टिएमएसबाट लिमिट अर्डरको साटो मार्केट अर्डर आयो। ब्रोकरको टिएमएसले पनि नट्सलाई त्यस्तै सूचना दियो,’ पराजुलीले भने, ‘मार्केट अर्डरमा सेयर मूल्य तोकिएको हुँदैन। बजारमा सेयर मूल्य जति निर्धारण हुन्छ, त्यसै आधारमा खरिद–बिक्री हुने हो।’

Ncell 2
Ncell 2


नेप्सेको वेबसाइटमा निफ्राको सेयर शतप्रतिशतसम्म घटेको विवरण।

सेयरको कारोबारमा लगानीकर्ताले दुई तरिकाले कारोबार गर्न पाउँछन्। पहिलो, लगानीकर्ताले आफुले खरिद गर्न चाहेको कम्पनीको सेयर संख्या र त्यसका लागि निर्धारण भएको निश्चित मूल्य तोकेर सेयर अर्डर गर्छन्। जसलाई लिमिट अर्डर भनिन्छ। त्यस्तै दोस्रो, लगानीकर्ताले सेयर कारोबारका लागि सेयर संख्या मात्रै खुलाउने तर त्यसको मूल्य बजारले नै निर्धारण गर्ने गरी अर्डर गर्न सक्छन्। यस्तो प्रकृतिको कारोबारलाई मार्केट अर्डर भनिन्छ।

‘मार्केट अर्डरमा कारोबारको संख्या खुल्छ, तर प्रतिसेयर कति मूल्यमा कारोबार गर्ने भन्ने कुरा बजारले निर्धारण गर्छ। यसमा मूल्य तोकिएको हुँदैन,’ पराजुली भन्छन्। ‘निफ्राको हकमा ‘प्रि मार्केट ओपनिङ’मा ‘मार्केट अर्डर’ बाट कारोबारका लागि कुनै लगानीकर्ताले अर्डर गरे। तर यो प्रणालीमा बजार खुल्नु अघिको अवस्थामा कम्पनीको मूल्य शून्य हुन्छ। कारोबार खुलिसकेपछि पनि हाम्रो प्रणालीले त्यसलाई शून्य नै भनेर बुझ्यो।’ 

नेप्सेको साइट डेभलपर कम्पनी वाइकोले यस्तो स्पष्टीकरण दिएपछि नेप्सेले पनि सोही आधारमा धितोपत्र बोर्डलाई जवाफ लेखी पठाएको छ। त्यस्तै अबदेखि यस्तो प्रकृतिको घटना नदोहोर्‍याउन र प्रिओपनिङमा भएका मार्केट अर्डरलाई पनि त्यसदिनको बजार मूल्यसँग मिल्ने गरी तथ्यांक देखाउन संयन्त्र तयार पार्न नेप्सेले वाइकोलाई निर्देशन दिएको छ। 

घटेकाे बजार

नेप्सेमा यस्तो समस्या देखिएको दिन अर्थात् फागुन ११ गते प्रिओपनिङमा निफ्राको सेयर प्रतिकित्ता ५९६ रुपैयाँबाट बढेर ६२३ रुपैयाँसम्म पुगेको थियो। तर खरिद–बिक्रीको माग विश्लेषणपछि त्यसदिन नेप्सेले निफ्राको प्रतिसेयर मूल्य ५६५ रुपैयाँ तोकेको थियो।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ!
सम्बन्धित सामग्री
१३ अंकले बढ्यो नेप्से, चार कम्पनीमा लाग्यो सर्किट कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको भयो । मंगलबार, चैत ३, २०८२
सेयर बजारमा भारी अंकको गिराव सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज १... सोमबार, चैत २, २०८२
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात् स... सोमबार, फागुन २५, २०८२
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमबार, चैत ९, २०८२
मन्त्री सिन्हाले भने : ‘सरकारी कार्यसम्पादनमा मौसमसम्बन्धी सेवाको योगदान महत्वपूर्ण’ सोमबार, चैत ९, २०८२
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ सोमबार, चैत ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्