• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

यी ८ कुरा बेवास्ता गरे रेबिज लाग्न सक्छ

डा शेरबहादुर पुन सोमबार, चैत २, २०७७  ०६:४५
1140x725

केही समय अगाडिको कुरा हो, रेबिजको बिरामी राख्ने कोठामा जाँदा एक सात वर्षीय बालक पानीको बोतललाई हेरेर टोलाइरहेका थिए। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका एक सहकर्मीले ती बालकतिर देखाउँदै रेबिजको लक्षण लिएर उपचारका लागि आएको बताउनुभयो।

सायद ऊ पानी पिउन खोज्दै थियो, तर सकिरहेको थिएन। यसले सधैंझैँ मलाई रेबिजका बिरामीलाई देखेपछि उब्जिने पहिलो प्रश्न 'के फेरि अर्को सामान्य भूलले ठूलो मानवीय क्षति हुँदैछ?' पुनः मानसपटलमा ताजा भएको थियो।

भएछ पनि त्यस्तै, एक जना व्यक्तिले 'कुकुरले टोकेको २४ घण्टा कटेछ, त्यसैले अब सुइ लगाउन मिल्दैन' भनेपछि उनीहरु रेबिज खोप नलगाई बसेका रहेछन्। यो गलत परामर्श थियो। जसको फलस्वरुप, केही महिनापछि ती बालकमा रेबिजका लक्षणहरु देखिन सुरु भएको रहेछ।

यो त एक प्रतिनिधि घटना मात्र थियो। तर, केही वर्षयता व्यक्तिगत रुपमा अवलोकन, अध्ययन गर्दा लगभग सबै रेबिज रोगीहरुले सामान्य किसिमका भूलहरू वा यसलाई हल्का रुपमा लिने गरेको देखिन्छ। पहिले-पहिले खोपको अभावले वा खोपको बारेमा थाहा नभएर रेबिज लागेर मानिसहरु मर्ने गरेका थिए। आजभोलि सहजरुपमा खोप सर्वसुलभ हुँदा पनि रेबिजको कारणले मानिसहरु मर्न छाडेका भने छैनन्। बरु गत वर्षको तथ्यांकले रेबिज रोग लागि मर्ने बिरामीहरुको संख्या ह्वात्तै बढेको देखाउँदछ।

अर्थात्, खोप सर्वसुलभ रुपमा पाउँदा पनि रेबिजबाट मृत्यु हुनेहरुको संख्या घट्दै जानुपर्ने हो। तर, यसको ठिक उल्टो रेबिजका बिरामीहरु बढ्दै गएको देखिन्छ।

अर्कोतर्फ रेबिज किन बढ्दैछ भनेर त्यसको खासै खोजिनीति वा अध्ययन/अनुसन्धान भएगरेको पनि पाइँदैन। बरु विदेशी नीति-निर्देशिका हुवहु सार्दै रेबिज निर्देशिका तयार पारेर झारा टार्ने काम मात्र हुँदै आएको छ। यसको भरपर्दो उदाहरण रेबिजको मृत्युको संख्या बढ्दै जानुलाई लिन सकिन्छ।

म एक चिकित्सकको साथसाथै अनुसन्धानकर्ता पनि भएकोले नेपालमा हाल रेबिजका बिरामी बढ्नुका कारणहरु खोज्ने प्रयास गर्न थालेको थिएँ। किनभने सामाजिक, भौगोलिक, स्थानीय बासिन्दाहरुको जनावरले टोकेपछिको सोचजस्ता कारणले नेपालमा छिमेकी देशहरुको भन्दा अत्यन्त भिन्न चुनौतीहरु पनि हुनसक्दछन्। तसर्थ केही वर्षयता रेबिजका बिरामीहरुसँग उनीहरु कहाँनेर चुके र रेबिज देखियो भनेर प्रत्यक्ष अन्तरक्रियाहरु गरें।

सो अन्तरक्रियापछि हाम्रो मेडिसिन किताबमा लेखिएको/जानकारी दिएको भन्दा धेरै भिन्न कारणहरुले रेबिज रोग लागिरहेको पाएँ। यो अवलोकनबाट प्राप्त जानकारीहरु नीति-निर्माताहरुको रेबिज नियन्त्रण गर्ने योजनामा निसन्देह सहयोगी सिद्ध हुनेछ। यस अस्पतालमा विशेष गरेर काठमाडौं नजिकैका गाउँघरबाट रेबिज भएका बिरारमीहरु आउने भएकोले यो अनुसन्धान र अवलोकन पनि विशेष गरेर तिनै क्षेत्रबाट आएका बिरामीहरुमा आधारित छ। यद्यपि यस्ता घटनाहरु सहरमा पनि देखिँदै आइरहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अनुसन्धान र अवलोकनपछि केही निष्कर्षमा पुगेको छु कि खासमा के-कस्ता कारणले रेबिज लागिरहेको छ त?

घरमा बस्ने कुकुरले टोकेर- अधिकांश गाउलेहरु घरमा बस्ने कुकुरले टोकेको त हो नि, यसर्थ उपचारको आवश्यक छैन भन्ने धारणा पालेर रहेको पाहियो। तर, ती कुकुरहरु दिनमा गाउँघरतिर घुम्ने जाने र कहिलेकाहीँ वा केही दिनपछि आउँदा कुनै सडकमा घुमिरहेका कुकुरहरुसँग वा जंगली जनावरहरुसँग झगडा गर्दा रेबिज भाइरस सारेर आएको देखिन्छ।

घरमा फर्केपछि त्यस्ता कुकुरले घरकै परिवारका सदस्यहरुलाई टोक्ने र जुन घटना साविकमा जस्तै जिस्केर वा खेल्दा टोकेको होला भनि खोप लगाउन नचाहेको देखियो। ती कुकुरहरुलाई रेबिज विरुद्धको खोप पनि लगाउने चलन नभएको पाइयो। जुन रेबिजका बिरामी बढ्दै जानुका पछाडिको एक मुख्य कारण हो भन्ने देखाउँछ।

औषधि पसलको गलत परामर्श- सहर वा गाउ जहाँ पनि जनावरले टोके पहिले नजिकैको औषधि पसलमा जाने चलन छ। आखिर गाउँघरतिर जाने ठाउँ पनि त्यही नै हो। तर, खोप लगाउने वा नलगाउने वा कतिबेला लगाउने भन्ने बारेमा भने गलत परामर्श दिएको पाइयो। जसले रेबिज बारेमा गाउँघरतिर न्यून जानकारी भएको स्पष्ट हुन्छ। 

औषधि पसलमा बस्नेहरुलाई रेबिज रोगको बारेमा बेला-बेलामा तालिम दिनसके यस्तो समस्यमा धेरै कमी ल्याउन सकिने थियो।

कुकुरको छाउराले टोकेको हो भनेर खोप नलगाउने- धेरै जनाले सानो छाउराले टोकेको हो, त्यसैले खोप लगाउनु पर्दैन भन्ने गरेको भेटाइएयो। जसले गर्दा केहीको रेबिज रोग लागेर मृत्यु भएको पाइयो। जनावर/कुकुर सानो होस् वा ठूलो, यदि त्यसको बारेमा थाहा छैन भने त्यो रेबिज संक्रमित पनि हुनसक्ने भएकोले तुरुन्त रेबिज विरुद्धको खोप लगाइहाल्नु पर्दछ। किनभने रेबिजको संक्रमण सानो होस् वा ठूलो जनावर, जसलाई पनि हुन सक्दछ।

आफन्तले खोप लगाउन दिएको सल्लाहलाई बेवास्ता गर्ने- कतिपय रेबिजका रोगीहरुलाई आफन्तहरुले कुकुरले टोकिसकेको अवस्थामा खोप लगाउन सुझाब दिएका पनि देखिन्छन्। केही दिनअगाडि मात्र पनि एक महिलाले रेबिजको कारणले ज्यान गुमाउनु पर्‍यो। उसलाई आफ्नो भाइ र आफ्नै श्रीमानले समेत कुकुरले टोकेपछि सुइ लगाउन धेरै दबाब दिएका थिए। तर, उनीहरु सबैको सल्लाहलाई उनले बेवास्ता गरिन्। अन्ततः उनले मृत्युवरण गर्नुपर्‍यो। 

दुःखद कुरा के थियो भने ती महिलाको ७ महिनाको छोरा थियो। जो उसको आमाबाहेक अरुसँग बस्न मानिरहेको थिएन। यो निकै दर्दनाक अवस्था थियो।

सानो घाउ छिटो निको भएको अवस्थामा खोप लगाउन नपर्ने भ्रम- एक सत्र (१७) वर्षीया युवतीलाई बाटोमा बहिनीसँग हिँडिरहेको बेला अचानक कुकुरले टोकेछ। घाउ सानो भएको र रगत पनि नआएकाले खोप लगाउनु पर्दैन भनेर उपचार नगराएपछि उनको पनि रेबिज लागेर मृत्यु भएको थियो।

अर्थात् हाम्रो समाजमा घाउ सानो/रगत नबगे खोप लगाउन आवश्यक छैन भन्ने जुन सोच छ, त्यसलाई सम्बोधन गर्नु अति आवश्यक भइसकेको देखिन्छ।

झारफुकमा विश्वास गर्दा- रेबिजको लक्षण अलि तर्सिने खालको हुने भएकोले अधिकांशले एकपटक त केही लागेको होकी भनेर धामी झाँक्रीकोमा लगेको देखिन्छ। नतिजास्वरुप स्वस्थ केन्द्रसम्म समयमा नपुग्दा बिरामीको मृत्यु हुने सम्भावना बढेर जाने गर्दछ।

यसमा धामीझाँक्रीलाई पनि रेबिजबारे तालिम दिनसके उनीहरु मार्फत तुरुन्त स्वास्थ्य चौकीसम्म ती संक्रमितहरुलाई लान सकिन्थ्यो। जसले गर्दा समयमै खोप लगाइ रेबिज हुनबाट रोक्न सकिने थियो।

खोप बारेमा थाहा भए पनि आफैंले बेवास्ता गर्दा- लगभग सबैजसो रेबिजका बिरामीलाई 'तिमीलाई रेबिजको खोप हुन्छ भन्ने थाहा थियो?' भनी सोध्ने गर्दछु। र लगभग सबैले सुनेका वा थाहा भएको भन्ने कुरा गर्नुहुन्छ। तर, दुर्भाग्यवश, आफैंले खोप लगाउने चासो नदिँदा रेबिज लागेर मृत्यु भएको धेरै पाउने गर्दछौं।

यसमा विशेष गरेर नेपालीहरुको सोचमा नै परिवर्तन ल्याउनु पर्ने देखिन्छ। रेबिजलाई विश्वमा नै बेवास्ता गरिएको रोगको रुपमा लिने गरिन्छ भने नेपालमा संक्रमित आफैंले पनि रोगको बेवास्ता गरेको देखिन्छ। जसले गर्दा मृत्युवरण गर्नुबाहेक अर्को कुनै विकल्प देखिँदैन।

कुकुर/जनावरले टोकेको घटना आफन्तलाई लुकाउँदा- दोलखामा केही महिनाअगाडि एक ८ वर्षीय बालकको मृत्यु भएको थियो। उनी बिहान र बेलुका घरमै खाने, सुत्ने र दिउँसो गाउँतिर घुम्ने रहेछन्। एकदिन ती बालकलाई रेबिज लागेको कुकुरले टोकेको रहेछ। तर, त्यो कुरा घरमा भन्दा अभिभावकको कुटाइ खानुपर्छ भन्ने डरले लुकाएछन्।

डरले परिवारलाई कुकुरको टोकाइबारे नभन्दा उनको रेबिज लागेर मृत्यु भएको थियो।

त्यस्तै, नुवाकोट निवासी ८६ वर्षीय एक आमाले पनि बिरालोले टोक्दा घरका अरु सदस्यलाई नभन्दा रेबिज लागेर मृत्यु भएको उनका आफन्तहरुले भनेका थिए। यी दुवै घटनामा उनीहरुले आफ्नो परिवारका सदस्यहरुलाई भनेको भए सायद उनीह्यरुले समयमै उपचार पाइ अहिले जीवन बिताइरहेका हुनेथिए कि?

माथि उल्लेखित समस्याहरु नेपालका लागि मौलिक प्रकारका देखिन्छन्। अर्थात् यी विदेशी निर्देशिकामा भनिएकाभन्दा फरक देखिन्छन्। यसै कारणले यदि नेपालमा रेबिजलाई इतिहासमा सिमित गर्ने हो भने अवलोकन तथा अनुसन्धानबाट प्राप्त जानकरीहरुको आधारमा नीति र योजना बनाई कार्वान्वयन गर्नुपर्दछ। होइन भने, सन् २०३० सम्ममा विश्व स्वास्थ्य संगठनले कुकुरबाट सर्ने रेबिज उल्मूलनको लक्ष्य पूरा गर्न नेपाललाई सहज भने हुने छैन।

(डा पुन टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई
आजको मौसम:  पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
आजको मौसम:  पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, चैत २३, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर सोमबार, चैत २३, २०८२
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै सोमबार, चैत २३, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्