• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले एकता कायम राख्न नेपाल पक्षका ५ प्रस्ताव

64x64
किशोर दहाल शनिबार, फागुन २९, २०७७  १९:१५
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकतर्फी निर्णय गर्दै अघि बढ्ने रणनीति अख्तियार गरेपछि माधवकुमार नेपाल पक्षले आफू पक्षको भेलालाई तीव्रता दिएको छ। शनिबार मात्रै सो पक्षले शंखमूलमा केन्द्रीय कमिटी र सांसद्हरूको भेला गरेको थियो।

शुक्रबार ओली पक्षले बालुवाटारमा भेला गरेर माधवकुमार नेपाल पक्षलाई कारबाही गरेको थियो। सो पक्षका नेताहरूले यसअघि सम्हालेका जिम्मेवारीबाट मुक्त गरेर आफू पक्षलाई जिम्मेवारी दिएको थियो। माधव नेपाल पक्षले ओलीको निर्णयलाई अस्वीकार र प्रतिवाद गर्ने स्पष्ट पार्ने गरेको छ। बैठकले समानान्तर जिम्मेवारी तय गरेको छ। यद्यपि सो पक्षले त्यसलाई पुरानै जिम्मेवारीमा फर्काएको बताएको छ।

शनिबारको बैठकलाई 'अन्तरक्रिया'को संज्ञा दिएको नेपाल पक्षले अबको बाटो स्पष्ट पारेको छैन। आगामी चैत ४ र ५ गते तोकिएको भेलालाई आगामी रणनीति तय गर्न आधार बनाउने तयारी गरिएको छ। तल्लो तहसम्मका नेता–कार्यकर्ता सहभागी हुने उक्त भेलाको भावनालाई बुझेर नेपाल पक्षले त्यसअघिको यात्राको दिशा तय गर्नेछ।  

नेपाल पक्षका नेताहरूका अनुसार 'एमाले एकता' कायम राख्नका लागि आफूहरूको तर्फबाट ५ प्रस्ताव तय गरेका छन्:

२०७५ जेठ ३ गते अघिको अवस्था
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइदिएको छ। तर, ओलीले त्यसैलाई अवसरको रूपमा प्रयोग गर्दै आफ्नो अनुकूलतामा सदस्य थप्ने रणनीतिमा लागेका छन्। 

नेपाल पक्षको रणनीति २०७५ जेठ ३ मा एकता हुनुअघिको अवस्थामै फर्केको अवस्था स्थापित गर्ने हो। एकताको बेला तत्कालीन एमालेको केन्द्रीय सदस्य नरहेका ४१ जनालाई केन्द्रीय सदस्य बनाइएको थियो। त्यो एकता प्रयोजनका लागि थपिएकाले त्यसलाई  पनि खारेज गर्नुपर्ने यो पक्षको भनाइ छ।

विधान अनुसार अघि बढ्नुपर्ने
केपी ओलीले नेकपामा छँदै विधान विपरीत काम गरेको र एमाले ब्युँतिएपछि पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको माधव नेपाल पक्षको बुझाइ छ। शुक्रबार ओली पक्षले गरेको निर्णयलाई उनीहरूले पछिल्लो सन्दर्भका रूपमा लिएका छन्। उनीहरुले नेकपामा हुँदा पनि उठाउँदै आएको विधि प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने र निर्णय हुनुपर्ने मागलाई निरन्तरता दिने बताएका छन्।

वामपन्थीकै सरकार
केपी ओली नेतृत्वको सरकार विघटन हुने निष्कर्षमा पुगे पनि वामपन्थी सरकारले निरन्तरता पाउनुपर्ने सो पक्षको भनाइ छ। त्यसैले शनिबारको स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिन अघि बढेको माओवादी केन्द्रलाई नेपाल पक्षले रोकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा नेता भीम रावल बैठक चलिरहेकै समयमा त्यहाँ पुगेर समर्थन फिर्ता लिन नहतारिन र कांग्रेससँग गठबन्धन पक्का नगरिहाल्न सुझाएका थिए। रावलले आफू राजनीतिक छलफलका लागि पेरिसडाँडा पुगेको स्वीकार गरेका छन्। 

ओलीलाई पदमुक्त गर्ने उपायका बारेमा नेपाल पक्ष प्रष्ट भइसकेको छैन। ओली सरकार विकल्पमा  पनि कुनै न कुनै रूपमा वामपन्थीकै नेतृत्वमा सरकार बन्नुपर्ने सो पक्षको भनाइ पाइन्छ।

वाम एकता
एमाले र माओवादी केन्द्रको एकता भंग भए पनि वामपन्थीहरूबीच बृहत् एकता कायम हुनुपर्ने सो पक्षको बुझाइ छ। एमालेको ओली पक्ष एकतर्फी रूपमा अघि बढे उनीसँगको सम्बन्ध टुट्न सक्ने उनीहरूको बुझाइ छ। त्यस्तो परिस्थिति आयो भने वामपन्थी राजनीति गरिरहेका पार्टीसँग बृहत् एकताको सम्भावना उनीहरुले औंल्याएका छन्।

एमालेमा फर्केपछि पनि मिलनको सम्भावना कम देखेको नेपाल पक्षले सबै वामपन्थीलाई मिलाएर एमालेभन्दा ठूलो कम्युनिस्ट शक्ति बनाउने योजना बनाएको छ।

बालुवाटारमा बैठक नबस्ने
एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागिता नजनाउने सो पक्षको भनाइ छ। अबको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नुपर्ने उनीहरूको अडान छ।

नेकपा कायम रहँदा पनि कतिपयले पार्टी कार्यालयमै बैठक राख्नुपर्ने बताउने गरेका थिए। तर, ओलीको स्वास्थ्यका कारण त्यसो हुन सकेको थिएन। त्यसैले ओलीले ७ गतेका लागि आह्वान गरेको बैठक बालुवाटारबाट सारेर धुम्बाराही पुर्‍याएको सहमतिका लागि हात बढाएको रुपमा नेपाल पक्षले बुझ्नेछ। 

थप संगठित भएर अघि बढ्ने
ओली एकपक्षीय रूपमा अघि बढेको भन्दै माधव नेपाल पक्षले तलदेखि माथिसम्मै समानान्तर गतिविधि गर्ने देखिन्छ। ओलीका गतिविधिको प्रतिवाद गर्न आफू पक्षको कार्यकर्ताहरुलाई संगठित गर्ने र त्यसबाट प्राप्त शक्तिको आधारमा पार्टीभित्र संघर्ष गर्ने सो पक्षको भनाइ पाइन्छ।

चैत ४ र ५ गतेको भेलाबाट त्यसका लागि आधार बनाइनेछ। आफ्नो प्रभाव तल्लो तहसम्म पुर्‍याउनका लागि चाल्न सकिने कदमका विषयमा छलफल हुनेछ। ‘हामी खुट्टा बलियो बनाएर अघि बढ्छौं’, नेपाल निकट एक नेताले भने, ‘हामी संगठनमा पहिले पनि बलियो नै हौं। त्यसैलाई पुनर्ताजगी गर्दा भइहाल्छ।’

नत्र, निर्विकल्प विभाजन
एमाले ब्युँतिएपछि ओलीले जुन तरिकाले पार्टी चलाउन खोजेका छन्। त्यो ठीक तरिका नभएको र प्रतिशोध साँध्ने काम भइरहेको नेपाल पक्षको बुझाइ छ। त्यसका विरुद्ध पार्टीभित्र संघर्ष गर्ने प्रारम्भिक तयारी उनीहरुमा देखिन्छ। 

जसले गर्दा अन्तरपार्टी संघर्ष भएता पनि पार्टी एकताबद्ध रहोस् भन्ने चाहना उनीहरुमा देखिन्छ। तर पछिल्ला दिनका शैली नै दोहोरिएमा ओलीसँगको निरन्तरता कायम नरहने उनीहरुको भनाइ छ। ‘त्यो भनेको पार्टी विभाजन हो’, नेपाल निकट ती नेता भन्छन्, ‘त्यतिञ्जेल हामी आफ्नो पक्षलाई संगठित गरिसक्छौं।'

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्