• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले एकता कायम राख्न नेपाल पक्षका ५ प्रस्ताव

64x64
किशोर दहाल शनिबार, फागुन २९, २०७७  १९:१५
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकतर्फी निर्णय गर्दै अघि बढ्ने रणनीति अख्तियार गरेपछि माधवकुमार नेपाल पक्षले आफू पक्षको भेलालाई तीव्रता दिएको छ। शनिबार मात्रै सो पक्षले शंखमूलमा केन्द्रीय कमिटी र सांसद्हरूको भेला गरेको थियो।

शुक्रबार ओली पक्षले बालुवाटारमा भेला गरेर माधवकुमार नेपाल पक्षलाई कारबाही गरेको थियो। सो पक्षका नेताहरूले यसअघि सम्हालेका जिम्मेवारीबाट मुक्त गरेर आफू पक्षलाई जिम्मेवारी दिएको थियो। माधव नेपाल पक्षले ओलीको निर्णयलाई अस्वीकार र प्रतिवाद गर्ने स्पष्ट पार्ने गरेको छ। बैठकले समानान्तर जिम्मेवारी तय गरेको छ। यद्यपि सो पक्षले त्यसलाई पुरानै जिम्मेवारीमा फर्काएको बताएको छ।

शनिबारको बैठकलाई 'अन्तरक्रिया'को संज्ञा दिएको नेपाल पक्षले अबको बाटो स्पष्ट पारेको छैन। आगामी चैत ४ र ५ गते तोकिएको भेलालाई आगामी रणनीति तय गर्न आधार बनाउने तयारी गरिएको छ। तल्लो तहसम्मका नेता–कार्यकर्ता सहभागी हुने उक्त भेलाको भावनालाई बुझेर नेपाल पक्षले त्यसअघिको यात्राको दिशा तय गर्नेछ।  

नेपाल पक्षका नेताहरूका अनुसार 'एमाले एकता' कायम राख्नका लागि आफूहरूको तर्फबाट ५ प्रस्ताव तय गरेका छन्:

२०७५ जेठ ३ गते अघिको अवस्था
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइदिएको छ। तर, ओलीले त्यसैलाई अवसरको रूपमा प्रयोग गर्दै आफ्नो अनुकूलतामा सदस्य थप्ने रणनीतिमा लागेका छन्। 

नेपाल पक्षको रणनीति २०७५ जेठ ३ मा एकता हुनुअघिको अवस्थामै फर्केको अवस्था स्थापित गर्ने हो। एकताको बेला तत्कालीन एमालेको केन्द्रीय सदस्य नरहेका ४१ जनालाई केन्द्रीय सदस्य बनाइएको थियो। त्यो एकता प्रयोजनका लागि थपिएकाले त्यसलाई  पनि खारेज गर्नुपर्ने यो पक्षको भनाइ छ।

विधान अनुसार अघि बढ्नुपर्ने
केपी ओलीले नेकपामा छँदै विधान विपरीत काम गरेको र एमाले ब्युँतिएपछि पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको माधव नेपाल पक्षको बुझाइ छ। शुक्रबार ओली पक्षले गरेको निर्णयलाई उनीहरूले पछिल्लो सन्दर्भका रूपमा लिएका छन्। उनीहरुले नेकपामा हुँदा पनि उठाउँदै आएको विधि प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने र निर्णय हुनुपर्ने मागलाई निरन्तरता दिने बताएका छन्।

वामपन्थीकै सरकार
केपी ओली नेतृत्वको सरकार विघटन हुने निष्कर्षमा पुगे पनि वामपन्थी सरकारले निरन्तरता पाउनुपर्ने सो पक्षको भनाइ छ। त्यसैले शनिबारको स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिन अघि बढेको माओवादी केन्द्रलाई नेपाल पक्षले रोकेको छ।

Ncell 2
Ncell 2

नेकपा नेता भीम रावल बैठक चलिरहेकै समयमा त्यहाँ पुगेर समर्थन फिर्ता लिन नहतारिन र कांग्रेससँग गठबन्धन पक्का नगरिहाल्न सुझाएका थिए। रावलले आफू राजनीतिक छलफलका लागि पेरिसडाँडा पुगेको स्वीकार गरेका छन्। 

ओलीलाई पदमुक्त गर्ने उपायका बारेमा नेपाल पक्ष प्रष्ट भइसकेको छैन। ओली सरकार विकल्पमा  पनि कुनै न कुनै रूपमा वामपन्थीकै नेतृत्वमा सरकार बन्नुपर्ने सो पक्षको भनाइ पाइन्छ।

वाम एकता
एमाले र माओवादी केन्द्रको एकता भंग भए पनि वामपन्थीहरूबीच बृहत् एकता कायम हुनुपर्ने सो पक्षको बुझाइ छ। एमालेको ओली पक्ष एकतर्फी रूपमा अघि बढे उनीसँगको सम्बन्ध टुट्न सक्ने उनीहरूको बुझाइ छ। त्यस्तो परिस्थिति आयो भने वामपन्थी राजनीति गरिरहेका पार्टीसँग बृहत् एकताको सम्भावना उनीहरुले औंल्याएका छन्।

एमालेमा फर्केपछि पनि मिलनको सम्भावना कम देखेको नेपाल पक्षले सबै वामपन्थीलाई मिलाएर एमालेभन्दा ठूलो कम्युनिस्ट शक्ति बनाउने योजना बनाएको छ।

बालुवाटारमा बैठक नबस्ने
एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागिता नजनाउने सो पक्षको भनाइ छ। अबको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नुपर्ने उनीहरूको अडान छ।

नेकपा कायम रहँदा पनि कतिपयले पार्टी कार्यालयमै बैठक राख्नुपर्ने बताउने गरेका थिए। तर, ओलीको स्वास्थ्यका कारण त्यसो हुन सकेको थिएन। त्यसैले ओलीले ७ गतेका लागि आह्वान गरेको बैठक बालुवाटारबाट सारेर धुम्बाराही पुर्‍याएको सहमतिका लागि हात बढाएको रुपमा नेपाल पक्षले बुझ्नेछ। 

थप संगठित भएर अघि बढ्ने
ओली एकपक्षीय रूपमा अघि बढेको भन्दै माधव नेपाल पक्षले तलदेखि माथिसम्मै समानान्तर गतिविधि गर्ने देखिन्छ। ओलीका गतिविधिको प्रतिवाद गर्न आफू पक्षको कार्यकर्ताहरुलाई संगठित गर्ने र त्यसबाट प्राप्त शक्तिको आधारमा पार्टीभित्र संघर्ष गर्ने सो पक्षको भनाइ पाइन्छ।

चैत ४ र ५ गतेको भेलाबाट त्यसका लागि आधार बनाइनेछ। आफ्नो प्रभाव तल्लो तहसम्म पुर्‍याउनका लागि चाल्न सकिने कदमका विषयमा छलफल हुनेछ। ‘हामी खुट्टा बलियो बनाएर अघि बढ्छौं’, नेपाल निकट एक नेताले भने, ‘हामी संगठनमा पहिले पनि बलियो नै हौं। त्यसैलाई पुनर्ताजगी गर्दा भइहाल्छ।’

नत्र, निर्विकल्प विभाजन
एमाले ब्युँतिएपछि ओलीले जुन तरिकाले पार्टी चलाउन खोजेका छन्। त्यो ठीक तरिका नभएको र प्रतिशोध साँध्ने काम भइरहेको नेपाल पक्षको बुझाइ छ। त्यसका विरुद्ध पार्टीभित्र संघर्ष गर्ने प्रारम्भिक तयारी उनीहरुमा देखिन्छ। 

जसले गर्दा अन्तरपार्टी संघर्ष भएता पनि पार्टी एकताबद्ध रहोस् भन्ने चाहना उनीहरुमा देखिन्छ। तर पछिल्ला दिनका शैली नै दोहोरिएमा ओलीसँगको निरन्तरता कायम नरहने उनीहरुको भनाइ छ। ‘त्यो भनेको पार्टी विभाजन हो’, नेपाल निकट ती नेता भन्छन्, ‘त्यतिञ्जेल हामी आफ्नो पक्षलाई संगठित गरिसक्छौं।'

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्