काठमाडौं– पूर्व राष्ट्रपति रामवरण यादवले नेपाली कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताएका छन्।
प्रजातान्त्रिक विचार 8को २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले कांग्रेसका नेताहरु देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै चिन्ता पनि व्यक्त गरे।
यादवले जनतासँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रित हुन पनि कांग्रेसका नेता, कार्यकर्तालाई सुझाव दिए।
कांग्रेसले आफूलाई राष्ट्रपति बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्ने अवसर दिए पनि सो पार्टी निराश बन्दै जानु आफ्ना लागि चिन्ताको विषय भएको पूर्व राष्ट्रपति यादवको भनाइ छ।
यादवले विपी कोइराला जस्ता नेताहरुले जनतासँग स्थापित गरेको सम्बन्धलाई पनि कांग्रेस नेतृत्वले बिर्सिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।