• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ७, २०८२ Fri, Oct 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारमा जाने विषयमा जसपाभित्र चर्कियो विवाद

64x64
वीरेन्द्र ओली बिहीबार, फागुन २७, २०७७  २१:२८
1140x725

काठमाडौं- संघीय संसदको चौथो ठूलो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा सरकारमा जाने विषयलाई लिएर विवाद चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कि नजाने, ओलीइतरको गठबन्धन निर्माणमा लाग्ने कि नलाग्ने भन्ने विषयमा स्पष्ट दुई धार जसपामा देखा परेका छन्।

जसपाभित्र महन्थ ठाकुरले नेतृत्व गरेको समूह प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा सहभागी हुने पक्षमा लचिलो देखिएको छ। यो जसपा बन्नुअघिको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को समूह हो। ठाकुरलाई राजेन्द्र महतो, अनिल झालगायतका नेताहरूले यसका निम्ति सघाएको बताइन्छ। पछिल्लो समय जसपामा ओली सरकारमा जानुपर्छ भन्ने पक्ष बलियो बन्दै जानुको कारण पनि यही हो। 

तर, ओली सरकारमा जान नहुने पक्षमा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलगायत नेता देखिएका छन्। उनीहरु जसपा बन्नुअघिको समाजवादी पार्टीको प्रतिनिधित्व गर्छन्। जसपाले उठाएका मागमा प्रधानमन्त्री ओली अनुदार रहेकाले ओली सरकारमा जाने विषयमा छलफल नै गर्न नहुने पक्षमा उनीहरु छन्। ओली सरकारले जसपाले उठाएका माग पूरा गर्ने देखिएकाले तत्काल सरकारमा जाँदा आउँदो निर्वाचनमा प्रभाव पर्ने र चुनाव जित्न कठिन हुने विश्लेषण उनीहरुको छ। सरकारले माग सम्बोधन नगर्ने, सरकारमा सहभागी मात्रै हुने स्थिति आए आफूहरु थप बदनाम हुने उनीहरुको तर्क छ।

सरकारमा जाने वा नजाने विषयमा जसपाभित्र एकमत हुन नसकेपछि एमाले, कांग्रेस र माओवादी तीनवटै पार्टीसँग छलफल गर्ने निर्णय बिहीबार दिउँसो बसेको पदाधिकारी बैठकले गरेको छ। बिहीबार बसेको पाँच शीर्षनेताको बैठकले तीन दलसँग संवाद गर्ने र ठोस निर्णयका लागि चैत ५ गते कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। पाँच शीर्षनेतालाई पार्टीको निर्णय गर्ने अधिकार नभएकाले पूर्ण अधिकारसहितको कार्यकारिणी समिति बैठक बोलाइएको हो। 

सरकारमा जाने विषयमा जसपाका नेताहरुले बिहीबारदेखि नै भेटघाट र छलफल सुरु गरेका छन्। उनीहरुले बिहीबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीनिकट एमालेका नेताहरुले छलफल ‘सकारात्मक’ रहेको बताएका छन् भने जसपाका नेताहरुले भने आफ्ना मुद्दा प्रष्टसँग राखेको जनाएका छन्। यो छलफलमा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने अनुपस्थित देखिए।

Ncell 2
Ncell 2

यस्तो छ सरकारमा जाने जसपाको बटमलाइन 
जसपा सरकारमा जान्छ कि जाँदैन? गयो भने अहिलेकै ओली सरकारमा सहभागी हुन्छ या नयाँ गठबन्धन निर्माणमा लाग्छ? यो अन्योल यथावत रहे पनि जसपाले सरकारमा सहभागिताबारे केही बटमलाइन बनाइएको जनाएको छ।

गत मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले त्यसका लागि एमाले, माओवादी र कांग्रेसलाई हेर्ने एउटै दृष्टिकोण बनाउने निर्णय गरेको थियो। आफूले उठाएका मुद्दामा तीनवटै दलको धारणा एकै भएको ठहर गर्दै जसपाले आफ्ना मुद्दा र मागको सम्बोधन भएमा यो वा त्यो दल नभनेर सरकारमा जाने निर्णय गरेको थियो। जसपाले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीसहित जेलमा रहेका नेता र कार्यकर्तालाई रिहा गर्नुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारु, मधेशी र जनजातिको आन्दोलनमा सहभागीहरुलाई लगाइएका मुद्दा  फिर्ता लिनुपर्ने तथा संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भए मात्र सरकारमा जाने ‘बटमलाइन’ बनाएको नेताहरु बताउँछन्।

यी सबै माग पुरा भए प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारमा जान समस्या नरहेको जसपाका एक नेताले नेपाल लाइभलाई बताए। ‘अरुका लागि केपी ओली जति प्रतिगमनकारी हुन्, उति नै प्रचण्ड र देउवा पनि हुन्’, ती नेताले भने, ‘हाम्रा माग पुरा भए सरकारमा नजाने भन्ने हँुदैन। हाम्रो मुख्य जोड मुद्दा कसले सम्बोधन गर्छ भन्ने नै हो।’ 

प्रचण्ड, बाबुराम र अशोक राईको निकटता बढ्दै
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा गरेपछि उनीविरुद्ध मोर्चाबन्दी बनाउन तत्कालीन नेकपाका (हाल माओवादी केन्द्रका) अध्यक्ष प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईवीच निकटता बढेको थियो। प्रतिनिधि सभा पुनस्र्थापनाअघि पुस ९ र २८ गते प्रचण्ड, भट्टराई र राईवीच दुई पटक भेट भएको थियो। प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा मोर्चाबन्दी गर्न उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा तीन नेताले भेटेका थिए। 

प्रतिनिधि सभा पुनस्र्थापना भएपछि फागुन पहिलो साता फेरि प्रचण्ड, बाबुराम र राईबीच भेट भएको थियो। उनीहरुको यो निकटता अहिले पनि बढिरहेको बताइन्छ। पार्टीमा विवाद बढ्दै गएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत प्रचण्डसँगको भेटघाटलाई बाक्लो बनाउँदै लगेका छन्। जसपाभित्रको तत्कालीन राजपा प्रधानमन्त्री ओलीसँग नजिकिएपछि कन थालेपछि यादवले प्रचण्डतिर नजिकन थालेका हुन्।  

जसपाका नेता नवराज सुवेदीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक्लिदै गएकाले यो निकटता दीर्घकालीन रुपमा पूर्वमाओवादीहरु एक ठाउँमा उभिने प्रयास हुन सक्ने बताए। ‘अहिले प्रचण्डजी एक्लिँदै गएको कुरा सत्य हो। उहाँलाई बलियो शक्तिको रुपमा जसपा पनि राम्रो विकल्प हुन सक्छ’, उनले नेपाल लाइभसँग भने, ‘अहिलेकै माओवादी केन्द्र बनाएर जान सकिँदैन। यस्तो अवस्थामा समाजवादी केन्द्र बनाएर गएमा एकै ठाउँमा उभिन सक्ने हुनसक्छ।’ 

ओली सरकारमा जाने वा नजाने भन्ने विषयमा जसपामा प्रष्ट दुई धार देखिएको छ। कतिपयले जसपा फुटको संघारमा पुगेको समेत बताइरहेका छन्। यसबाट पार्टी विभाजनकै अवस्था आए माओवादी केन्द्र र तत्कालीन समाजवादी पार्टीवीच समझदारी हुनसक्ने पनि कतिपयको आकलन छ। 

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल... शुक्रबार, कात्तिक ७, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँ... बुधबार, कात्तिक ५, २०८२
तिहारको पाँचौं दिन : गाई पूजा पनि आजै गरिँदै गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौ... बुधबार, कात्तिक ५, २०८२
ताजा समाचारसबै
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा बिहीबार, कात्तिक ६, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्