• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारमा जाने विषयमा जसपाभित्र चर्कियो विवाद

64x64
वीरेन्द्र ओली बिहीबार, फागुन २७, २०७७  २१:२८
1140x725

काठमाडौं- संघीय संसदको चौथो ठूलो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) मा सरकारमा जाने विषयलाई लिएर विवाद चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कि नजाने, ओलीइतरको गठबन्धन निर्माणमा लाग्ने कि नलाग्ने भन्ने विषयमा स्पष्ट दुई धार जसपामा देखा परेका छन्।

जसपाभित्र महन्थ ठाकुरले नेतृत्व गरेको समूह प्रधानमन्त्री ओली नेतृत्वकै सरकारमा सहभागी हुने पक्षमा लचिलो देखिएको छ। यो जसपा बन्नुअघिको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को समूह हो। ठाकुरलाई राजेन्द्र महतो, अनिल झालगायतका नेताहरूले यसका निम्ति सघाएको बताइन्छ। पछिल्लो समय जसपामा ओली सरकारमा जानुपर्छ भन्ने पक्ष बलियो बन्दै जानुको कारण पनि यही हो। 

तर, ओली सरकारमा जान नहुने पक्षमा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलगायत नेता देखिएका छन्। उनीहरु जसपा बन्नुअघिको समाजवादी पार्टीको प्रतिनिधित्व गर्छन्। जसपाले उठाएका मागमा प्रधानमन्त्री ओली अनुदार रहेकाले ओली सरकारमा जाने विषयमा छलफल नै गर्न नहुने पक्षमा उनीहरु छन्। ओली सरकारले जसपाले उठाएका माग पूरा गर्ने देखिएकाले तत्काल सरकारमा जाँदा आउँदो निर्वाचनमा प्रभाव पर्ने र चुनाव जित्न कठिन हुने विश्लेषण उनीहरुको छ। सरकारले माग सम्बोधन नगर्ने, सरकारमा सहभागी मात्रै हुने स्थिति आए आफूहरु थप बदनाम हुने उनीहरुको तर्क छ।

सरकारमा जाने वा नजाने विषयमा जसपाभित्र एकमत हुन नसकेपछि एमाले, कांग्रेस र माओवादी तीनवटै पार्टीसँग छलफल गर्ने निर्णय बिहीबार दिउँसो बसेको पदाधिकारी बैठकले गरेको छ। बिहीबार बसेको पाँच शीर्षनेताको बैठकले तीन दलसँग संवाद गर्ने र ठोस निर्णयका लागि चैत ५ गते कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। पाँच शीर्षनेतालाई पार्टीको निर्णय गर्ने अधिकार नभएकाले पूर्ण अधिकारसहितको कार्यकारिणी समिति बैठक बोलाइएको हो। 

सरकारमा जाने विषयमा जसपाका नेताहरुले बिहीबारदेखि नै भेटघाट र छलफल सुरु गरेका छन्। उनीहरुले बिहीबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीनिकट एमालेका नेताहरुले छलफल ‘सकारात्मक’ रहेको बताएका छन् भने जसपाका नेताहरुले भने आफ्ना मुद्दा प्रष्टसँग राखेको जनाएका छन्। यो छलफलमा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने अनुपस्थित देखिए।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तो छ सरकारमा जाने जसपाको बटमलाइन 
जसपा सरकारमा जान्छ कि जाँदैन? गयो भने अहिलेकै ओली सरकारमा सहभागी हुन्छ या नयाँ गठबन्धन निर्माणमा लाग्छ? यो अन्योल यथावत रहे पनि जसपाले सरकारमा सहभागिताबारे केही बटमलाइन बनाइएको जनाएको छ।

गत मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले त्यसका लागि एमाले, माओवादी र कांग्रेसलाई हेर्ने एउटै दृष्टिकोण बनाउने निर्णय गरेको थियो। आफूले उठाएका मुद्दामा तीनवटै दलको धारणा एकै भएको ठहर गर्दै जसपाले आफ्ना मुद्दा र मागको सम्बोधन भएमा यो वा त्यो दल नभनेर सरकारमा जाने निर्णय गरेको थियो। जसपाले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीसहित जेलमा रहेका नेता र कार्यकर्तालाई रिहा गर्नुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, थारु, मधेशी र जनजातिको आन्दोलनमा सहभागीहरुलाई लगाइएका मुद्दा  फिर्ता लिनुपर्ने तथा संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भए मात्र सरकारमा जाने ‘बटमलाइन’ बनाएको नेताहरु बताउँछन्।

यी सबै माग पुरा भए प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारमा जान समस्या नरहेको जसपाका एक नेताले नेपाल लाइभलाई बताए। ‘अरुका लागि केपी ओली जति प्रतिगमनकारी हुन्, उति नै प्रचण्ड र देउवा पनि हुन्’, ती नेताले भने, ‘हाम्रा माग पुरा भए सरकारमा नजाने भन्ने हँुदैन। हाम्रो मुख्य जोड मुद्दा कसले सम्बोधन गर्छ भन्ने नै हो।’ 

प्रचण्ड, बाबुराम र अशोक राईको निकटता बढ्दै
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा गरेपछि उनीविरुद्ध मोर्चाबन्दी बनाउन तत्कालीन नेकपाका (हाल माओवादी केन्द्रका) अध्यक्ष प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईवीच निकटता बढेको थियो। प्रतिनिधि सभा पुनस्र्थापनाअघि पुस ९ र २८ गते प्रचण्ड, भट्टराई र राईवीच दुई पटक भेट भएको थियो। प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा मोर्चाबन्दी गर्न उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा तीन नेताले भेटेका थिए। 

प्रतिनिधि सभा पुनस्र्थापना भएपछि फागुन पहिलो साता फेरि प्रचण्ड, बाबुराम र राईबीच भेट भएको थियो। उनीहरुको यो निकटता अहिले पनि बढिरहेको बताइन्छ। पार्टीमा विवाद बढ्दै गएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत प्रचण्डसँगको भेटघाटलाई बाक्लो बनाउँदै लगेका छन्। जसपाभित्रको तत्कालीन राजपा प्रधानमन्त्री ओलीसँग नजिकिएपछि कन थालेपछि यादवले प्रचण्डतिर नजिकन थालेका हुन्।  

जसपाका नेता नवराज सुवेदीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एक्लिदै गएकाले यो निकटता दीर्घकालीन रुपमा पूर्वमाओवादीहरु एक ठाउँमा उभिने प्रयास हुन सक्ने बताए। ‘अहिले प्रचण्डजी एक्लिँदै गएको कुरा सत्य हो। उहाँलाई बलियो शक्तिको रुपमा जसपा पनि राम्रो विकल्प हुन सक्छ’, उनले नेपाल लाइभसँग भने, ‘अहिलेकै माओवादी केन्द्र बनाएर जान सकिँदैन। यस्तो अवस्थामा समाजवादी केन्द्र बनाएर गएमा एकै ठाउँमा उभिन सक्ने हुनसक्छ।’ 

ओली सरकारमा जाने वा नजाने भन्ने विषयमा जसपामा प्रष्ट दुई धार देखिएको छ। कतिपयले जसपा फुटको संघारमा पुगेको समेत बताइरहेका छन्। यसबाट पार्टी विभाजनकै अवस्था आए माओवादी केन्द्र र तत्कालीन समाजवादी पार्टीवीच समझदारी हुनसक्ने पनि कतिपयको आकलन छ। 

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागे... आइतबार, असार १४, २०८३
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। आइतबार, असार १४, २०८३
‘कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ’ : राजेन्द्र लिङ्देन सो पार्टीको काठमाडौँ जिल्लास्थित अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेपछि पार्ट... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै आइतबार, असार १४, २०८३
अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा आइतबार, असार १४, २०८३
पहिरोले मेची राजमार्गको राज दुवाली खण्ड अवरुद्ध आइतबार, असार १४, २०८३
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु शनिबार, असार १३, २०८३
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्