काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने सहमति भएपनि निर्वाचन आयोगमा दर्ता गर्न भने कठिनाई छ। त्यही नाममा निर्वाचन आयोगमा अर्काे पार्टी दर्ता भइसकेको छ।
ऋषि कट्टेल अध्यक्षताको नेपाल कम्युनिष्ट पार्टी आयोगमा दर्ता छ। त्यसकारण नयाँ पार्टीको नाम पनि नेकपा राखेर दर्ता गर्न नसकिने आयोगका अधिकारीहरु बताउँछन्।
नेपाल कम्यूनिष्ट पार्टी पहिले नै दर्ता भएको सोही नाममा अर्काे पार्टी दर्ता गर्न नमिल्ने आयोगका आयुक्त सुधीर कुमार शाह बताउँछन्।
स्रोतका अनुसार कट्टेलको पार्टीको नाम भन्दा थोरै हेरफेर गरी आयोगमा दर्ता गर्नेबारे छलफल अघि बढाइएको छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै पार्टी आयोगमा दर्ता गरिने बताएका छन्।
नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको पार्टीको नाम पनि नेकपा नै छ। तर, उ निर्वाचन आयोगमा दर्ता छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।