• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यसरी सत्ताको निर्णायक शक्ति बन्दैछ जसपा

64x64
वीरेन्द्र ओली बुधबार, फागुन २६, २०७७  २२:५४
1140x725

काठमाडौं- २०७४ सालको आम निर्वाचनलगत्तै नेकपा (तत्कालीन एमाले र माओवादी केन्द्रको निर्वाचन गठबन्धन)बाहेक पाँच वर्षसम्म अरुको सरकार बन्न सक्छ भन्ने कल्पनाबाहिरको विषय थियो। त्यसैगरी, संघीय संसदको चौथो शक्तिको रुपमा रहेको जनता समाजवादी पार्टी अर्थात् जसपा (त्यसबेलाका राजपा र समाजवादी पार्टी) सरकार निर्माणको खेलाडी बन्न सक्छ भन्ने पनि परिकल्पनाबाहिरै थियो। तर, समयले यी दुवै विषय सम्भव बनाइदिएको छ।

जसपा यतिखेर सत्ता जोगाउने वा बनाउने निर्णांयक ठाउँमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यथावत राख्न वा ओली सरकारको विकल्प खोज्न नभइ नहुने शक्ति बनेको छ, जसपा। 

जसपाविना न सरकार जोगिने, न बन्ने
प्रतिनिधि सभाका कुल २ सय ७५ सदस्यमध्ये सरकार बन्न एक सय ३८ सदस्य आवश्यक पर्छ। संसदको पहिलो दल नेकपा एमालेसँग एक सय २१ जना (त्यसमध्ये एकजनाको निधन भएको) मात्र भएकाले १८ जना सांसद अपुग हुन्छ। यो सोलोडोलो अंकगणित हो। एमालेभित्रको सबै मत ओली सरकारका लागि प्राप्त भइहाल्छ भन्ने निश्चित छैन। त्यसलाई एकैछिन बिर्सेर यो अंकगणितमात्रै हेर्दा, यसकै आधारमा पनि एमालेले एक्लै सरकार बनाउने, चलाउने सम्भावना देखिँदैन। त्यहीकारण ३४ सांसद भएको जसपा वा ६३ सांसद रहेको नेपाली कांग्रेसको साथ लिनैपर्छ। 

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा कांग्रेसले प्रतिगमन भन्दै पुन:स्थापनाको पक्षमा आन्दोलन गरेको र कांग्रेसको निर्णायक हिस्सा ओलीलाई समर्थन नगर्ने पक्षमा रहेकाले कांग्रेसले अहिलेकै सरकारलाई समर्थन गर्ने सम्भावना देखिँदैन। माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रियामा अघि बढ्दैछ। उसको समर्थन ओली सरकारले पाउने त सम्भावना नै देखिन्न।

‘हामी ओली, प्रचण्ड र देउवालाई समर्थन गर्नलाई मात्रै जान्मेका हौँ? शोषण उत्पीडनमा परेका जनता उनीहरुलाई सेवा गर्न मात्रै जन्मेका हुन्? उनीहरुका कुनै समस्या छैनन्?’, महतोले प्रश्न गरे। 

यही देखेरै प्रधानमन्त्री ओली जसपालाई फकाइरहेका छन्। आफ्नो सरकार टिकाउन ओलीले सकेसम्म जसपाबाट सर्वसम्मत निर्णय गराएर सत्तामा ल्याउने, त्यस्तो रणनीति असफल भए जसपालाई फोडेर भए पनि जसपाको एक घटक, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) लाई महत्वपूर्ण मन्त्रालयहरु दिएर सरकारमा भित्र्याउन अनेक प्रयत्न गरिरहेका छन्। 

आफ्नो सरकार टिकाउने प्रधानमन्त्री ओलीका यस्ता प्रयत्न असफल भए सत्ताको नेतृत्व कांग्रेसमा पुग्ने देखिएको छ। तर, कांग्रेस नेतृत्वको सम्भावित सरकार पनि जसपाको सहयोगबेगर सम्भव देखिन्न। तत्काल कांग्रेसको सरकार बनाउन एमालेले सहयोग गर्न सक्ने सम्भावना छैन। अनि कांग्रेसको ६३ सिट र माओवादीको ४८ सिटले मात्र सरकार बन्न २७ सिट अपुग हुने भएकाले त्यसमा जसपाको साथ नभएसम्म सरकार बन्ने स्थिति देखिँदैन। 

जसपाको अडान : सत्तासंग मुद्दाको सम्झौता नगर्ने  
जसपा अबको सत्ताको केन्द्रमा देखिए पनि यो पार्टी निर्णय गर्ने अवस्थामा भने देखिएको छैन। बुधबार जसपाका पदाधिकारीहरु (पाँच शीर्षनेता)को बैठक बसे पनि सरकारको विषयमा निर्णय गर्न सकेन। बिहीबार विहान ११ बजे पदाधिकारी बैठक बोलाइएकाले त्यहीँबाट सर्वसम्मत निर्णय हुने नेताहरुले बताएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

जसपाका अध्यक्ष उपेन्द्र यादव अहिलेकै अवस्थामा ओली सरकारमा जान नसकिने, समर्थन पनि गर्न नसकिने बताउँछन्। प्रधानमन्त्री ओलीले जेलमा रहेका जसपाका सांसद रेशम चौधरीलाई रिहा गराउने भनेर जसपाका नेताहरुलाई फकाए पनि त्यसबाट पार नलाग्ने यादवले बताए। संविधान संशोधन गर्ने सुनिश्चित नभए प्रतिपक्षमै बस्ने उनको भनाई छ।

महतोले जसपा आफ्नो मुद्दामा अडिग रहेको, मुद्दा सम्बोधन नभए सत्ताको ‘स’ पनि उच्चारण नगर्ने बताए।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यसअघि संविधान संशोधनका लागि उठाएका मागसहित रेशम चौधरीको रिहाइ र मुद्दा फिर्ताका माग सम्बोधन नभए सरकारमा नजाने प्रष्ट पारे। ‘हामी ओली, प्रचण्ड र देउवालाई समर्थन गर्नलाई मात्रै जान्मेका हौँ? शोषण उत्पीडनमा परेका जनता उनीहरुलाई सेवा गर्न मात्रै जन्मेका हुन्? उनीहरुका कुनै समस्या छैनन्?’, महतोले प्रश्न गरे। 

ओली सरकारमा जाने विषय वाहियात उठिरहेको दाबी पनि महतोले गरे। विगतका सरकारले उधारोमा सहमति गरेकाले नगदमा सहमति गरेमात्र सरकारमा जान सकिने दाबी महतोले गरे। ‘सरकारमा जाने भनेर सबै वाहियात कुरा आईराखेका छन्, हामीलाई सत्ताको लोभी पापी देखाएर मार्न खोजिँदैछ’, उनले नेपाल लाइभसँग भने, ‘मिडियाहरु शासन सत्तामा बसेकाहरुको औजारको रुपमा काम गर्दोरहेछन्। प्रायोजित हुँदारहेछन्। हामीबाट चलेका मिडिया छैनन्, शासकबाट पालितपोलित छन्। त्यसैले उल्टोपाल्टो लेखिदिन्छन्।’ 

उनले जसपा आफ्नो मुद्दामा अडिग रहेको, मुद्दा सम्बोधन नभए सत्ताको ‘स’ पनि उच्चारण नगर्ने बताए। जसपाले उठाएका सबै मागहरु पुरा गरिनुपर्ने, अनि मात्र सहयोग गरेर सरकारमा जानसक्ने उल्लेख गर्दै उनले संविधान संशोधन लगायतका माग प्याकेजमा सम्बोधन गर्नुपर्ने बताए।

‘संविधान संशोधनको माग गर्दा अपमानपूर्वक निकाले’
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ४ गते पदबहाली गरेलगत्तै फागुन २७ गते जसपा (तत्कालीन राजपा र समाजवादी पार्टी)ले संविधान संशोेधन गर्ने सर्तसहित सरकारलाई समर्थन गरेका थिए। जसपाले सरकारलाई समर्थन मात्रै गरेर बस्यो भने समाजवादी त्यो भन्दा एक तह अघि बढेर २०७५ जेठ १४ मा २ बुँदे सहमति गरेर सरकारमा सामेल भयो।

सरकारले संविधान संशोधनको कुनै गुन्जायस नदेखाएपछि समाजवादीले दबाब दियो। संविधान संशोधनलाई दबाब दिन उसले २०७५ पुस २२ गते ११ बुँदे स्मरणपत्र समेत बुझायो। स्मरण पत्र बुझाएपनि ऊ सरकारमै बस्यो। तर, सरकारलाई निरन्तर संविधान संशोधन गर्न खबरदारी गरेपनि प्रक्रिया अघि नबढाएको भन्दै राजपाले २०७५ फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लियो। उसले रेशम चौधरीको रिहाइको माग राख्दै संविधान संशोधनसहित पाँच बुँदे माग राखेर समर्थन फिर्ता लिएको थियो। 

तर, समाजवादी सरकारमै रह्यो। तर, प्रधानमन्त्री ओलीले समाजवादी पार्टीसँग कुनै परामर्श नगरी २०७६ मंसिर ४ गते अध्यक्ष उपेन्द्रं यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानूनमन्त्रीमा सरुवा गरे भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई बर्खास्त गरे। त्यही विषयलाई लिएर समाजवादी पार्टीमा तिक्तता बढ्दै गयो। पुस ७ गते यादवले संविधान संशोधन गर्ने सर्तसहित विज्ञ समुह गठन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरे। त्यो विषयलाई प्रधानमन्त्री ओलीले इन्कार गरेपछि नैतिकताका आधारमा सरकारबाट समाजवादी बाहिरिएको थियो।  

के-के छन् जसपाका माग?
जसपाले कैलालीका सांसद रेशम चौधरीको रिहाई र टिकापुर घटनामा उनीलगायतलाई लागेका मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ। मधेश आन्दोलनका घाइते तथा अपाङ्गको उपचारसहित सबैलाई लगाइएका झुटा मुद्दा फिर्ता लिनुपर्ने उसको माग छ। 

संविधान संशोधनमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्वको सवाल र प्रदेशको सीमांकनको विषयलाई जसपाले उठाएको छ। अहिले भएका सात प्रदेशलाई बढाएर ११ प्रदेशको माग पनि उसले उठाएको छ।नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, नेपालीबाहेक अरु भाषालाई समेत सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने जसपाको माग छ।

नागरिकतामा खासगरी अंगीकृत नागरिकतालाई समस्याको रुपमा उठाइएको, नेपालीले विदेशीसँग विवाह गरेर आफ्नै देशमा ल्याएपछि विदेशी नागरिकता त्यागेको हकमा वंशजको आधारमा नागरिकता पाउनुपर्ने उसको माग छ। यस्तै, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने क्रममा अहिले प्रदेश र स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गरेपछि निर्वाचित हुने व्यवस्था छ। संवैधानिक रुपमा प्रदेश सभामा रहेका सदस्यले मात्रै मतदान गर्ने व्यवस्था हुनुपर्छ भन्ने जसपाको माग छ। पहिलो चरणमा संविधान संशोेधनका माग पुरा भए दोस्रो चरणमा आफ्ना अरु माग राख्ने उसको रणनीति छ। 

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  २२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? संविधानलाई भाषणमा मात्रै नभई नागरिकको जीवनमा उतार्ने संकल्प गर्न पौडेलले आह्वान गरे। शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इ... शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्