काठमाडौं– नेकपा(एमाले) र माओवादी केन्द्रबीच बिहिबार पार्टी एकता हुने भएपछि एमालेको भातृ संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयन प्रक्रिया रोकिएको छ।
शुक्रबारदेखि नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको केन्द्रीय समिति बैठक बोलाइएको थियो। नवीना लामालाई बिदा गरेर नयाँ नेतृत्व चयन गर्न बैठक बोलाइएको थियो। तर, पार्टीको निर्देशनअनुसार बैठक स्थगित भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले बताए।
यसअघि पार्टीले सबै भातृ संगठनहरुको अधिबेशन स्थगित गर्न निर्देशन दिइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।