काठमाडौं–नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेताहरु नेकपा एमालेमै रहने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी पक्षका नेताहरुवीचमा भएको छलफलमा सबै नेताहरु एक ढिक्का भई एमालेमै बस्ने निर्णय गरेका हुन्।
प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा‘बादल’ सहित माओवादी पक्षका नेताहरुबीच भएको छलफलमा एमालेमै बस्ने निर्णय गरेको खानेपानी मन्त्री मणि थापाले बताए।
‘अहिले माओवादी पक्षबाट आएका नेताहरु सबै एमालेमै बस्ने निर्णय भयो,’ थापाले भने, ‘अरु कसलाई कुन पद दिने लिने भन्ने विषयमा सामान्य छलफल मात्रै भएको छ।’ एकतामा कति हिस्सेदारी लिने भन्ने विषय पनि प्रवेश नभएकाे थापाले बताए।
माओवादी पक्षबाट प्रधानमन्त्री ओलीलाई साथ दिनेमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा तामाङ छन् । सबै माओवादी नेताहरुलाई ओलीले मन्त्री बनाएर आफ्नो पक्षमा पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।