काठमाडाैं–माओवादी केन्द्रको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ। अहिलको अवस्थालाई हेरेर संगठन निर्माणको कार्यलाई तिव्रता दिन चार सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
समितिमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा फुसाल र जनार्दन शर्मा सदस्य रहेका छन्। तत्काल सरकारलाई दिएको मत फिर्ता नलिने तथा नेपाली कांग्रेस र राजपासँग चलेको वार्ताको बारेमा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्रिफिङ गरेका थिए।
उनले छलफल आज पनि जारी रहेको जानकारी बैठकमा गराएको प्रवक्ता श्रेष्ठले बताए । त्यस्तै केन्द्रीय कमिटीको बैठक चैत १ र प्रशिक्षणात्मक भेला चैत २ गते हुने उनले जानकारी दिए। यसका लागि मापदण्ड निर्धारण गरेको उनकाे भनाइ छ। पेरिसडाँडामा बसेको बैठकले सरकारलाई दिएको सर्मथन तत्काल फिर्ता लिने बारे कुनै निर्णय नगरेको उनले बताए ।
त्यस्तै सरकारमा रहेका माओवादी नेताहरुको बारेमा उनीहरुको धारणापछि मात्र पार्टीले कदम चाल्ने उनले बताए। ‘सरकारका रहेका माओवादीका साथीहरुले आफ्नो स्थिति र दृष्टिकोण प्रष्ट गर्नुहोला,’ श्रेष्ठले भने, ‘सर्वोच्चको फैसला अनुसार वहाँहरु हाम्रो हुनुहुन्छ तर स्थिति सार्वजनिक नभई केही गर्न मिलेन ।’
राजीनामा दिन जरुरी थियो । सर्मथन फिर्ता लिने निर्णय नगरेको भन्दै उनले अविश्वासको प्रस्ताव दर्ता गर्न केले रोक्यो भन्ने प्रश्नमा हामीले निर्णय नगरेर रोकिएको जवाफ उनले दिए।
संसदले अर्को सरकार दिनुपर्ने भएकाले कांग्रेस र राजपासँग वार्ता भइरहेको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुन:स्थापना भएपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्नेमा नदिएकाले अविश्वासको प्रस्ताव दर्ता नगरेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।