काठमाडाैं–निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भएको भनी पठाएको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।
दिउँसाे १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा भने एमाले र माओवादी केन्द्रका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन्।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए।
सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो।
यसअघि गत आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरिदिएको थियो। सर्वोच्चको सो फैसलासँगै यी दुई दल पूर्ववत अवस्थामा फर्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।