काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच औपचारिक रुपमा पार्टी एकताको घोषणा हुनुअघि दुवै पार्टीका अध्यक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बिरुवा रोपेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकएक वटा बिरुवा रोपे भने अरु नेताहरुले पनि थप बिरुवा रोपेका थिए।
अध्यक्ष दुवैले रोपेको बिरुवा जिन्को बाइलोबा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

वैज्ञानिकहरुका अनुसार यो विरुवाको अस्तित्व २७० मिलियन वर्षअघिदेखि पृथ्वीमा थियो। चाइनामा फेला परेको यो बिरुवा हुर्किएपछि ५०-६० देखि ११५ फिटसम्म उचाइको हुन्छ। यो वनस्पतिलाई मैदेनहेयर, जिंग्को, जिन्को पनि भन्ने गरिन्छ।
हुर्किएपछि यो बिरुवा यस्तो हुनेछ-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।