काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवा क्रिकेटर सन्दीप लामिछाने तथा कीर्तीमानी सगरमाथा आरोहीद्वय कामीरिता शेर्पा र ल्हाक्पा शेर्पालाई बधाई तथा शुभकामना दिएका छन्। लामिछाने आइसिसी विश्व ११ टिममा परेकोमा र कामीरिता र ल्हाक्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेकोमा ट्विटमार्फत प्रधानमन्त्री ओलीले शुभकामना तथा बधाई दिएका हुन्।
वेष्ट इन्डिजमा क्रिकेट स्टेडियम बनाउन आइसिसीले आगामी जेठ १७ गते इंल्याण्डको लर्डस्मा वेष्ट इन्डिज र विश्व ११ टिमबीच टी–ट्वान्टी प्रतिस्पर्धा गराउँदैछ। जसमा सन्दीप पनि छानिएका हुन्। आइसिसी विश्व ११ मा विश्वका चर्चित खेलाडीहरुको सूचिमा सन्दीप परेका हुन्।
त्यस्तै कामीरीताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहरण गरेर बुधबार नयाँ कीर्तिमान राखेका छन्। ४८ वर्षि शेर्पाले २२ औं पटक सगरमाथा आरोहरण गरेका हुन्।
त्यस्तै ल्हाक्पाले महिलातर्फ सबैभन्दा धेरै पटक सगरमाथा आरोहरणको रेकर्ड बनाएकी हुन्। उनले नवौं पटक सगरमाथाको आरोहण गरेकी हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।