• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको नाम विवाद : यसरी हुन्छ फैसला पुनरावलोकन 

64x64
दुर्गा दुलाल सोमबार, फागुन २४, २०७७  २२:०८
1140x725

काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले सुनाएको फैसलाप्रति असन्तुष्टि जनाउदै नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले त्यसविरुद्ध पुनरावलोकनमा जाने बताएको छ।

सोमबार पेरिसडाँडामा बसेको यो पक्षको स्थायी कमिटी वैठकपछि वरिष्ठ नेता झलनाथ खनालले फैसला स्वीकार गर्दै पुनरावलोकनमा जाने बताएका छन्। ‘अदालतको फैसला  स्वीकार गर्दिनँ भन्न नमिल्ने’ उल्लेख गर्दै खनालले अदालती प्रक्रिया र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सँगै सर्घष गर्ने विकल्प तयार पारेको बताएका हुन्।

कसरी हुन्छ पुनरावलोकन 
२०७५ मंसिर २१ गते ऋषिराम कट्टेलले नेकपाको दर्ता बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। करिब २ वर्षपछि यो विवादमा सर्वोच्चले यस्तो समयमा फैसला सुनायो जुन समयमा नेकपाभित्र एकले अर्कोलाई ‘सिध्याउने’ खेल चलिरहेको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेपछि नेकपाको विवाद पार्टी विभाजनकै तहमा पुगेको थियो। कानूनी रुपमा पार्टी एउटै भए पनि त्यहाँभित्र प्रष्ट दुई पार्टीको अभ्यास शुरु भएको थियो, त्यो पनि निकै तिक्ततापूर्ण सम्बन्धमा।

अदालतको फैसलामा चित्त नबुझ्नेले पुनरावलोकनका लागि निवेदन दिन पाउँछन्। विगतमा पनि कैयौं मुद्दाका फैसला पुनरावलोकन भएका छन्।  यसरी पुनरावलोकन गर्दा हकदावी पुग्छ कि पुग्दैन र नजिरहरु छन् कि छैनन भनेर हेरिन्छ।

आइतबार सर्वोच्चले एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपाले मान्यता नपाउने, बरु एमाले र माओवादी केन्द्र नै ब्युँतिने फैसला गरेपछि अलग–अलग दलको अस्तित्व स्वीकार्नुपर्ने बाध्यता दुवै पक्षलाई भएको छ। सर्वोच्चको फैसलाले उनीहरुलाई २०७५ जेठ ३ गतेकै अवस्थामा पुर्‍याएको छ।

अदालतको फैसलामा चित्त नबुझ्नेले पुनरावलोकनका लागि निवेदन दिन पाउँछन्। विगतमा पनि कैयौं मुद्दाका फैसला पुनरावलोकन भएका छन्।  यसरी पुनरावलोकन गर्दा हकदावी पुग्छ कि पुग्दैन र नजिरहरु छन् कि छैनन भनेर हेरिन्छ।

२०७५ मंसिर २१ गते आफ्नो पार्टीको नेकपाकै नाममा नयाँ दल दर्ता भएको भन्दै कट्टेलले रिट दायर गर्दा विपक्षी बनाइएका सबै पक्षले पुनरावेदनको निवेदन दिन सक्छन्। कट्टेलको निवेदनमा निर्वाचन आयोग, धुम्बाराही र पेरिसडाँडामा प्रधान कार्यालय रहेको नेकपा, नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाइएको थियो।

फैसला त्रुटिपुर्ण भएकाले बदर हुनुपर्ने माग गर्दै निर्वाचन आयोग, नेकपा, ओली र दाहालले पुनरावलोकनको निवेदन दर्ता गराउन सक्नेछन्। सर्वोच्चको फैसलालगत्तै आइतबार साँझ प्रचण्ड–माधव पक्षलाई कानुनविद्हरुले यही बाटो सुझाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यो आधारमा हेर्दा फैसला त्रुटिपुर्ण भएकाले बदर हुनुपर्ने माग गर्दै निर्वाचन आयोग, नेकपा, ओली र दाहालले पुनरावलोकनको निवेदन दर्ता गराउन सक्नेछन्। सर्वोच्चको फैसलालगत्तै आइतबार साँझ प्रचण्ड–माधव पक्षलाई कानुनविद्हरुले यही बाटो सुझाएका थिए। 

यसरी पुनरावलोकनको निवेदन दिँदा निवेदक पक्षले केही सैद्धान्तिक आधार भने पेस गर्नुपर्छ। यसअघि सर्वोच्चवाट भएको फैसला त्रुटिपूर्ण रहेको भनेर विगतमा भएका नजिरहरु पेश गर्न सकेको अवस्थामा सर्वोच्चले निवेदन दर्ता गर्नेछ।

यो निवेदन शुरुमा दर्ताका लागि सर्वोच्च अदालतको प्रशासनमा जानेछ। प्रशासनले त्रुटीपुर्ण भएको जिकीर पुग्ने वा नपुग्ने हेर्छ। सर्वोच्चको मुद्दा फाँटले हेरेपछि यसलाई दर्ता गर्ने कि दरपीठ भनेर निर्णय गर्छ। प्रशासनले दर्ता गरेमा सिधै पेशी चढ्छ, दरपिठ गरेमा त्यसविरुद्ध निवेदक सिधै इजलासमा पुग्न सक्छन्। इजलाशले दर्ता गर्न आदेश दिएमा निवेदन दर्ता हुन्छ, नदिएमा यो विषय त्यहीँ टुंगिन्छ।

सर्वोच्च प्रशासनबाटै दर्ता भएमा शुरुमै यो विवाद तीन न्यायाधीशको इजलासमा पेशी तोकिन्छ। यसअघि फैसलामा सहभागी भएका बाहेक तीन जना न्यायाधीशको इजलाश प्रधान न्यायाधीशले तोक्ने व्यवस्था छ। अदालतमा दर्ता भएको निवेदनको पेसी तोकिएपछि पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भनेर तीन जना न्यायाधीशले निर्णय गर्नेछन्। दुईजना न्यायाधीशको संयुक्त इजलासले फैसला सुनाएकाले त्यसको पुनरावलोकनको अनुमति दिन त्यो भन्दा ठुलो इजलास हुनुपर्ने नियमअनुसार तीन जना न्यायाधीशको इजलास गठन हुनुपर्छ।

Xtrem

Xtrem

तीन न्यायाधीशको इजलाशले निस्सा दिएमा यो मुद्दा फेरि वहशका लागि सर्वोच्चमा प्रवेश हुन्छ। 
पुनरावलोकनका लागि परेका धेरै निवेदनमा निस्सा पाउन धेरै लामो समय पर्खनु परेका उदाहरण छन्।

यसलाई अदालती भाषामा ‘निस्सा’ भनिन्छ। पुनरावलोकनको निवेदनमा अदालतले निवेदक पक्षले पेश गरेको आधारमा आवश्यक लागेका निस्सा दिने आदेश गर्छ। तीन न्यायाधीशको इजलाशले निस्सा दिएमा यो मुद्दा फेरि वहशका लागि सर्वोच्चमा प्रवेश हुन्छ। 

पुनरावलोकनका लागि परेका धेरै निवेदनमा निस्सा पाउन धेरै लामो समय पर्खनु परेका उदाहरण छन्। पछिल्लो पटक सशस्त्र प्रहरी बलका तत्कालीन डिजाईजी रञ्जन कोइराला र माओबादी केन्द्रका नेता गोविन्द बटालाको मुद्दामा भने छिटै निस्सा दिने आदेश भएको थियो। श्रीमती हत्याको अभियोगमा कम सजायमा छुटेका कोइरालाको मुद्दामा भएको फैसला विवादमा परेपछि सर्वोच्चले तत्कालै निस्सा दिएको थियो।

यसरी हेर्दा छिटै निस्सा पनि मिल्न सक्छ। निस्साको अनुमति पाएपछि यो मुद्दा बल्ल सुनुवाईको प्रक्रियामा जान्छ। अनि यसलाई तीन सदस्यीय अर्को नयाँ इजलासमा सुनुवाईका लागि तोकिन्छ। यो इजलासमा पुनरावलोकनको अनुमति (निस्सा) दिने न्यायाधीश हुने छैनन्। उनीहरुको राय यसअघि नै आएको ठानेर नयाँ न्यायाधीश संलग्न इजलाश तोकिन्छ। र सर्वोच्चले नियमित पेशीमा राखेर सुनुवाईमा लैजान्छ।

यहीबीचमा सर्वोच्चले आवश्यक कागजात, विवरण र सबै विपक्षीलाई झिकाउँछ। यी सबै प्रक्रिया पूरा भएपछि मुद्दा फैसलाका लागि तयार हुन्छ। यी प्रक्रिया पुरा हुँदा कम्तीमा २ वर्ष लाग्न सक्छ। यसअघि पनि २ वर्षमा फैसला सुनाएकाले त्यसअघि फैसला हुने सम्भावना भने कम देखिन्छ।

कसले गर्ने पुनरावलोकनको पहल

यो विवादमा निर्वाचन आयोगले पुनरावलोकनको निवेदन दिने सम्भावना तत्काल देखिएको छैन। त्यसैगरी, प्रधानमन्त्री ओली फैसलाबाट आफू लाभान्वित भएकाले पुनरावलोकनको निवेदन बोकेर अदालत जाने सम्भावना पनि देखिँदैन। पुनरावलोकनका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जान सक्ने छन्। त्यस्तै, प्रचण्ड–माधव पक्ष नै पनि आफूहरु नै आधिकारिक भएको दाबीसहित पुनरावलोकनको निवेदन दिएर जान सक्छन्। तर, यो प्रक्रियाका लागि निर्वाचन आयोगले कसैलाई वैधानिकता नदिएकाले थप झन्झटिलो हुने देखिन्छ। त्यसकारण प्रचण्ड नै पुनरावलोकनमा जान सहज हुने देखिन्छ।

यो पनि पढ्नुहोस्

एमाले र माओवादी अरुले नै दर्ता गरिसकेका छन्, ओली-प्रचण्डले नयाँ दलका लागि निवेदन दिनुपर्छ : थपलियाआइतबार, फागुन २३, २०७७

प्रचण्ड पुनरावलोकनको निवेदन लिएर अदालत गएमा र अदालतबाट निस्सा पाएमा कम्तीमा फैसला नआउञ्जेल प्रधानमन्त्रीमा ओली सुरक्षित रहनेछन्। पुनरावलोकनको निवेदनमा सर्वोच्चले अहिलेसम्म अन्तरिम आदेश दिएको इतिहास छैन। यसरी अन्तरिम आदेश नहुँदा फैसलासम्मै कुर्नुपर्छ। र, फैसला नआएसम्म नेकपाको वैधानिकताबारे निर्णय हुने छैन। 

कट्टेलको निवेदनमा कसरी भयो सुनुवाइ

नेकपाको नामबारेको विवाद २०७५ मंसिर २१ गते सर्वोच्च पुगेको थियो। त्यसमा पहिलो सुनुवाई २०७५ मंसिर २४ गते भयो। त्यो दिनको पहिलो सुनुवाईमा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै सबै पक्षसँग लिखित जवाफ माग गरेको थियो।

उक्त मुद्दा हालसम्म १५ पटक पेशीमा चढेको छ। त्यसक्रममा २४ न्यायाधीशको इजलासमा पेशी चढ्यो। २०७७ फागुन १३ गते यसको अन्तिम वहस भएको थियो। सरकारी पक्ष, निवेदक कट्टेलका कानुन व्यवसायी र निर्वाचन आयोगका तर्फबाट वहस सकिएपछि मुद्दा निसुका लागि राखिएको थियो। फागुन २० गते यो मुद्दाको फैसलाका लागि निसु तोकिए पनि त्यसदिन सर्वोच्चका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालत विदा भएपछि आइतबारका लागि सरेको थियो।

यो पनि पढ्नुहोस्

कस्तो होला ब्युँतिएको एमाले ?आइतबार, फागुन २३, २०७७

यो मुद्दामा २०७५ मंसिरमा लिखित जवाफ मगाएको सर्वोच्चले २०७६ असार १६ गते फाइल मगाउने आदेश गरेको थियो। असारपछि उक्त मुद्दा पटक–पटक पेशीमा चढ्दै, सुनुवाइ नभएर सर्दै आएको थियो। चैतदेखि देशभर कोरोना संक्रमणका कारण लकडाउन भएपछि यसको सुनुवाइ झन् पछि धकेलिएको थियो।

पछिल्लो पटक २०७७ पुसपछि लगातार पाँचौं पेशी परेपछि यसले अन्तिम सुनुवाइको मौका पाएको थियो। नेकपाको विवाद पनि केपी शर्मा ओली र प्रचण्ड–माधव पक्षमा कित्ताकाँट भएपछि यो मुद्दालाई चासोका साथ हेरिँदै आएको थियो। 

माघ र फागुनमा लगातार पेशी

२०७७ साल लागेपछि पहिलो पेशी वैशाख २ गते परेको थियो। बैशाखपछि एकै पटक पुस १४ गते यो मुद्दा पेशीमा चढेको थियो। त्यतिञ्जेल प्रतिनिधि सभा विघटन भएपछि नेकपाभित्र आधिकारिकताको विवाद सुरु भइसकेको थियो। त्यसपछि  माघ ६, माघ २२, फागुन ६ ,फागुन १३ र फागुन २० गते पेशी तोकिएको यो मुद्दामा फागुन २३ गते फैसला भयो।  

श्रेष्ठ र रेग्मीको इजलाशमा निरन्तर पेशी

२०७७ पुस १४ गते न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलाशमा पेशी तोकिएको थियो। उक्त  दिन  पक्षका कानुन व्यवसायीले सुनुवाई स्थगित गरेका थिए। माघ ६ गते यो फेरि पेशीमा चढ्यो। उक्त दिन न्यायाधीशहरु वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाश गठन भएको थियो। त्यस दिन सरकारी वकिलहरुले पेशीबाट हटाउने निवेदन दिँदै सुनुवाई सारेका थिए।

यो पनि पढ्नुहोस्

सर्वोच्चको फैसलासँगै ओलीको सत्ता संकटमा !आइतबार, फागुन २३, २०७७

माघ २२ गते फेरि यसको पेशी तोकियो। त्यस दिन न्यायाधीशहरु हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलाश तोकिएको थियो। तर, त्यो दिन पनि विपक्षका कानून व्यवसायीले सुनुवाई सार्न लगाए। योसँगै रेग्मीको इजलाशमा तीन पटक र श्रेष्ठको इजलाशमा पहिलो पटक पेशी पर्‍यो। लगत्तै फागुन ६ गते पेशी तोकियो। उक्त दिन न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाश तोकिएको थियो। त्यो दिन पनि विपक्षका कानुन व्यवसायीले हटाउने निवेदन दिए।

फागुन १३ गते श्रेष्ठ र रेग्मीकै इजलाशमा पेशी तोकियो। उक्त दिन अन्तिम सुनुवाई शुरु भयो र सोही दिन सुनुवाई सकियो। यसरी सुनुवाई सकिएपछि निसु तोकियो। यसरी यो अवधिमा ४ पटक रेग्मी  इजलाशको सदस्य भए भने श्रेष्ठ ३ पटक। त्यस्तै, श्रेष्ठ र रेग्मीको  संयुक्त इजलाशमा तेस्रो पटक सुनुवाइ हुदै फैसला भयो। 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सभामुख अर्याल तान्जानिया प्रस्थान सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गरेका हुन... आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जान... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्