काठमाडाैं- सर्वाेच्च अदालतले साविक एमाले र माओवादी ब्युँताइदिएसँगै नेताहरूबीच टिप्पणी सुरु भएको छ।
माधवकुमार नेपाल पक्षीय नेता भीम आचार्यले वामपन्थी एकता हुनसक्ने भनि गरेको टिप्पणीप्रति सुनसरीका पूर्वसांसद रेवतीरमण भण्डारीले आलोचना गरेका छन्। एमाले रहँदा सहयात्री रहेका भण्डारी र आचार्य एकै क्षेत्रका नेता हुन्।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा पनि यी नेताहरु दुई गुटमा रहेका थिए। अविश्वासको प्रस्ताव आचार्यले नेतृत्व गरिहँदा भण्डारी मुख्यमन्त्री राईको सर्मथनमा थिए।
आचार्यले वामपन्थी एकता हुनसक्ने भनि गरेको टिप्पणीमा भण्डारीले एकता गर्ने नाममा पदलोपुप , भ्रष्टाचारी, टिकट बेच्ने र पार्टीभित्र बसेर पार्टी समाप्त पार्ने प्रवृत्तिसँग नहुने भनेका छन्।
उनले भीम आचार्य प्रवृत्तिसँग एकताको कुनै सम्भावना जिल्लामा नरहेको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।