• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘ग्यारेथ बेलले भुले मनको चोट’

64x64
नेपाल लाइभ सोमबार, फागुन २४, २०७७  १५:०२
1140x725

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडमा बेन्चमा सीमित हुन थालेका ग्यारेथ बेल इंग्लिस क्लब टोटनह्याम गएसँगै मैदानमा खेल लय देखाउन थालेका छन्। आइतबार राति क्रिस्टल प्यालेसलाई ४-१ ले हराएको खेलमा बेलले गरेका दुई गोल र त्यसअघि ब्रन्लीलाई ४-० ले हराएको खेलको दुई गोल त्यसैको प्रमाण हो। 

रियल मड्रिडमा प्रशिक्षक जिनेदिने जिदानसँगको खराब सम्बन्धका कारण पनि बेलले अवसर उपयोग गर्ने समय पाएका थिएनन्। अहिले बेल एक सिजनको लोनमा टोटनह्याम आएर आफूलाई लयमा फर्काउने प्रयास सफल पारिरहेका देखिन्छन्। बेलले टोटनह्याममा पछिल्ला ६ खेलमा ६ गोल गरेका छन् भने तीन गोलमा असिस्ट गरेका छन्। 

‘म एकदमै खुशी छु। बेल गजवका खेलाडी हुन्। बेलजस्ता खेलाडीसँग काम गर्न पाउँदा म खुशी छु’ बेललाई साथ दिइरहेका टोटनह्याम प्रशिक्षक जोसे मोउरिन्होले भनेका छन्। 

३१ वर्षका बेल २०२० को सेप्टेम्बरमा टोटनह्याम आउँदा घुँडाको चोटको समस्यामा मात्र थिएनन्। मैदानमा नपाएको अवसर र जिदानसँग बिग्रिएको सम्बन्धले मानसिक चोटमा समेत थिए। यसैले टोटनह्याममा पनि आफ्नो लय भेट्न उनलाई समय लाग्यो। 

‘हामीले बेलका लागि चुनौती बनाएनौं, उनलाई सहयोग गरिरह्यौं। मैले उनमा मनोवैज्ञानिक चोटहरु भेटेको थिएँ। उनमा रहेको चोट शारीरिक भन्दा बढी मानसिक थियो। जसले उनमा डर पैदा भइरहेको थियो। हामीले उनलाई साथ दिँदै आएर उनले मनको त्यो चोट भुलाएका छन्’ प्रशिक्षक मोउरिन्होले भनेका छन्। 

बेलले पनि अहिले आफूले राम्रो महसुस गरिरहेको बताएका छन्। ‘धेरै खेलहरु लगातार आइरहेका छन्। आफूलाई नयाँ खेलका लागि तयार पार्नुपर्ने चुनौती छ। मैले टिमका लागि केही गर्न सक्छु भन्ने महसुस नभएको भए म यहाँ आउने नै थिइनँ। समय त लाग्छ तर म केही गर्न सक्छु नै। अहिले राम्रो महसुस गरिरहेको छु’ उनले भनेका छन्। 

गएको सिजन कोरोना माहामारीका कारण रोकिएर सुरु भएपछिको स्पेनिस लिगमा रियल मड्रिडको खेल राम्रो थियो। बार्सिलोनाले अंक गुमाउँदै जाँदा रियल मड्रिड हरेक खेलमा उपाधिमा बढ्यो। लिगमा धेरै समय शीर्षमा रहेर पनि पछि परिरहेको बार्सिलोनामा कमजोरीहरु छरपस्ट भइरहेका थिए। जहाँ रियल मड्रिडमा प्रशिक्षक जिनेदिने जिदानले आफ्नो दोस्रो कार्यकाल सफल बनाइरहे। 

त्यसमा जिदानको पछिल्लो योजना महत्वपूर्ण रह्यो। एक समयका उत्कृष्ट खेलाडीहरु जेम्स रोड्रिग्वेज र ग्यारेथ बेललाई समेत मौका नदिइ गएको सिजन युवा खेलाडीमाथिको विश्वास जिदानको त्यही योजना अनुरुप हुनुपर्छ। जसले उनले मड्रिड प्रशिक्षकका रुपमा ११औं उपाधि जिते। लिगको उपाधिले जिदानको मड्रिड समय सुखद बनिरहँदा त्यहीँ एक खेलाडी थिए, जो मैदानमा उपयुक्त अवसर नपाउँदा अपमान भोगिरहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

गएको सिजन रियल मड्रिडमा बेल धेरैजसो समय टिममा नै परेनन् भने टिममा रहँदा पनि प्राय बेन्चमा नै रहे। हरेक पटक आफूलाई प्रमाणित गर्ने अवसर खोजिरहेका बेलका लागि उपयुक्त समय नआउँदै लिग सकियो। लिगमा १६ खेलमा गरेर झण्डै एक हजार मिनेट जति मैदानमा रहेका बेलका लागि त्यो समय पर्याप्त थिएन। 

रियल मड्रिडका प्रशिक्षक जिदान र बेलबीच हरेक सिजन चल्ने ‘खराब सम्बन्ध’ को चर्चा नयाँ होइन। बेलले पाउने कम अवसर र पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उनको आलोचना मड्रिड समर्थकहरुमा समेत बढेको थियो। एक समयमा स्टार खेलाडी रियल मड्रिडमा हराउन थालेका थिए। 

रियल मड्रिडका लागि धेरै च्याम्पियन्स लिगमा महत्वपूर्ण बनिसकेका बेल पछिल्लो समय दर्शकको अपेक्षाबाट पनि हराएका थिए। रियल मड्रिडमा पाएका केही अवसरमा पनि उनको खेल पहिलेजस्तो चल्न सकेको थिएन। त्यसले पहिलेदेखि चिसिएको जिदान–बेल सम्बन्ध अझै सुधार हुन सकेन। रियल मड्रिडले उपाधि यात्रामा महत्वपूर्ण खेलाडीका रुपमा लिइएको बेलको शैलीले प्रशिक्षकसँगै दर्शक पनि टाढिएका थिए। 

यसैले हरेक सिजन सुरु हुने बेला चर्चा चलिरह्यो, ‘ग्यारेथ बेलको रियल मड्रिड समय अन्त्यतिर पुगेको छ।’ प्रशिक्षक जिनेदिने जिदानले बेललाई क्लबमा देख्न नचाएको खबर हरेक सिजन उसैगरी चर्चामा रह्यो। त्यसैले यो सिजन बेल नभन्दै लोनमा टोटनह्याम पठाइए। 

बेल र जिदानको सम्बन्ध एक्कासी बिग्रिएको भने होइन। यसलाई बुझ्न २०१८ को च्याम्पियन्स लिग फाइनल खेलमा पुग्नुपर्ने हुन्छ। त्यसबेला लिभरपुलसँगको खेलको ६१औं मिनेटमा मात्रै बेलले मैदान प्रवेश गर्न पाएका थिए। त्यसअघि १–१ गोलको बराबरीमा रहेको खेलमा बेलले नै ६४औं र ८३औं मिनेटमा गोल गर्दै मड्रिडलाई ३–१ ले उपाधि जिताए। 

उपाधि जित्नुको खुशी त छँदै थियो, तर बेलको मनमा सुरुवाती ११ मा पर्न नसक्नुको पीडा पनि उस्तै थियो। यसैले उनले खुलेरै असन्तुष्टी व्यक्त गरे। आफ्नो भविष्यको बारेमा प्रश्न गरे। जितको त्यो उत्सवमा बेलको प्रश्न जायज नमान्ने ठूलो जमात त्यतिबेलै बन्यो। त्यसमा जिदानले अझ बल पाए। 

क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि त उनको स्थानका एकमात्र स्टार खेलाडीका रुपमा ग्यारेथ बेललाई नै हेर्न थालिएको थियो। तर घाइते रहने समस्यासँगै क्लबको अविश्वासले उनी त्यो भूमिकामा देखिन सकेनन्। गोलमा बढेर करिम बेन्जेमाले जितको जस बढी पाइरहँदा बेल भने हराइरहेकै थिए। 

सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनह्यामबाट स्पेनिस क्लब रियल मड्रिड गएका बेलको सम्झौता अनुरुप उनलाई भूमिका दिन छाडिएको थियो। मड्रिडका लागि चार च्याम्पियन्स लिग, दुई ला लिगा, एक कोपा डेल रे, तीन क्लब विश्वकप, तीन युइएफए सुपर कप र एक सुपर कोपा जितेका बेल त्यसरी छिटै हराउनु उपयुक्त भइरहेको थिएन। 

टोटनह्यामबाट बेललाई रियल मड्रिड ल्याउने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको चाहना उतिबेलै जिदानलाई मन परेको थिएन। पेरेजले रोनाल्डोको जस्तै सफलता बेलले पाउने देखिरहँदा असन्तुष्ट देखिएका जिदानले पहिलो पटक क्लब सम्हाल्न पाएको सन् २०१५ मा बेलबिनाको मड्रिड कल्पना गर्ने स्थिति थिएन। बेलका लागि विशेष कुनै योजना जिदानसँग नभए पनि उनी मड्रिडको जितमा मुख्य भूमिकामा नै देखिन्थे। 

रियल मड्रिडका लागि धेरै च्याम्पियन्स लिगमा महत्वपूर्ण बनिसकेका बेल पछिल्लो समय दर्शकको अपेक्षाबाट पनि हराएका थिए। रियल मड्रिडमा पाएका केही अवसरमा पनि उनको खेल पहिलेजस्तो चल्न सकेको थिएन।

रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले यस्ता उपलब्धी क्लबलाई दिलाएका छन् भन्ने समेत पछिल्ला वर्ष छायामा पर्‍यो। उनलाई क्लब बाहिर पठाउन नै रियल मड्रिडले कुराकानी बढाइरह्यो। दुई वर्षअघि चाइनिज सुपर लिग क्लब बेइजिङ गोएनले त हप्ताकै एक मिलियन पाउण्ड दिने गरी बेल लैजान तयार भएको थियो। तर बेलको खेल अहिले युरोपियन फुटबलमा अझै चम्कन बाँकी नै छ भन्ने प्रमाणित भइरहेको छ। 

‘कुनै व्यक्तिगत सम्बन्धका कारण या कुनै रिसइबीका कारण होइन, म प्रशिक्षक भएकाले केही निर्णयहरु लिनै पर्ने हुन्छ, त्यसैले बेलले क्लब छाड्नु नै राम्रो छ’ गएको सिजन सुरु हुने बेला जिदानले बेलको सम्बन्धमा यस्तो बताए पनि उनले क्लबको भविष्यसँग मात्रै बेलको खेललाई जोडेको जस्तो भने देखिँदैन। किनभने मैदानमा बेलले खेल देखाउँदा नै पनि जिदान उनका प्रशंसक थिएनन्। 

बेल भर्सेस जिदानको धारणामा दुई भिन्न कोणबाट खबरहरु आउँछन्। बेलायती सञ्चार माध्यममा बेलको भविष्यमा जिदानको खेलवाड जोडिए भने स्पेनिस मिडियामा कमजोर बन्दै गएको बेलको भूमिका प्रस्तुत गरिन्छन्। यसमा मध्यमा रहेर हेर्ने हो भने दुवैबीच सन्तुलन देख्न सकिन्छ। बेललाई नचाहने जिदानको स्वभाव त देखिएकै हो तर विश्वस्तरीय खेलाडी बेलको भूमिका पनि सन्तुष्ट हुन मिल्ने रहेन। 

सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए। त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए। अहिले रियल मड्रिडबाट एक सिजनको लोनमा टोटनह्याम नै फर्किएर उनले फेरि आफ्नो मैदानको भूमिका खुला बनाएका छन्। आफूलाई प्रमाणित गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्