विराटनगर– सुनसरीमा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ।
सुनसरीको रामधुनी नगरपालिका–२, कालीझोडाका ३२ वर्षीय जयराम चौधरीको करेण्ट लागेर मृत्यु भउको हो।
मोटर चलाएर कुखुराको खोर सफा गर्न खोज्दा चौधरीलाई करेन्ट लागेको थियो। करेण्टका कारण बेहोस भएर लडेका उनलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल पु¥याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।