• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कुख्यात वन्यजन्तु तस्कर अमेरिकी नागरिक बेकरको मुद्दा ‘मुल्तवी’मा

64x64
नारायण अधिकारी शुक्रबार, फागुन २१, २०७७  ०६:३०
1140x725

काठमाडौं– आखेटोपहार तस्करीमा संलग्न रहेको अभियोग लागेका कुख्यात वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकरको मुद्दा काठमाडौं जिल्ला अदालतले मुल्तवीमा राखेको छ।

२१ दिनभित्र अदालतमा उपस्थित हुन समाह्वान (सूचना) जारी गर्दा पनि बेकर उपस्थित नभएको भन्दै काठमाडौं जिल्ला अदालतले उनको मुद्दा मुल्तवीमा राखेको हो। २०७६ मंसिर २ गते २१ दिनभित्र अदालतमा उपस्थित हुन भन्दै बेकरको नाममा सूचना जारी गरिएको थियो। 

अदालतले जारी गरेको समाह्वानपत्रमा भनिएको थियो, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १०५ (२२) बमोजिम तपाईंको नाममा यो म्याद प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक २१ दिनभित्रमा प्रतिउत्तर र कानूनबमोजिम आफ्नो लिखित प्रमाणसमेत लिई आफैं वा कानुनबमोजिम वारेस पठाउनुहोला। नआई म्याद गुजारी बसेमा कानुनबमोजिम हुनेछ। पछि तपाईको उजुर लाग्ने छैन।’

बालुवाटारको सममार्ग घर नम्बर ८०७ मा रहेको बेकरको डेराबाट वन्यजन्तुका आखेटोपहार र प्राचीन सामग्री २०६५ जेठ ४ गते महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन डिएसपी शेरबहादुर बस्नेतको टोलीले बरामद गरेको थियो। त्यसबेला घरधनी राजेश महर्जन पक्राउ परेका थिए। उनी ५ वर्ष कैद सजायसमेत भुक्तान गरेर जेलमुक्त भइसकेका छन्। बेकर भने अहिलेसम्म फरार छन्। २०६५ सालदेखि उनको खोजी भए पनि अहिलेसम्म उनलाई नेपाल ल्याउन सकिएको छैन।

यो पनि पढ्नुहोस्

विख्यात व्यक्तिको कुख्यात कथामंगलबार, मंसिर ३, २०७६

उनै बेकरलाई ‘रेड कर्नर नोटिस’ जारी गरी पक्राउ गरेर ल्याउन भन्दै अदालत पुगेको फाइल मुल्तवीमा राखिएको हो। बेकरको मुद्दा मुल्तवीमा राखिएपछि सरकारी वकिल कार्यालय उच्च अदालत पाटन जाने भएको छ। घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) स्रोतले नेपाल लाइभसँग भन्यो, ‘ मुद्दाको सुनुवाइ गर्दै पक्राउका लागि रेड नोटिस जारी गर्न पत्र लेख्नुपर्नेमा जिल्ला अदालतले मुद्दा नै मुल्वतीमा राख्ने निर्णय गर्‍यो। हामीले पहल गरेपछि यो निर्णय विरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पाटन जान लागेको छ।’

उच्च अदालत पाटनले पुनरावेदनको मुद्दा सुनुवाइ गर्दै रेड नोटिसका लागि पत्राचार गरेको अवस्थामा भने पुनः बेकर पक्राउको बाटो खुल्ने सिआइबी स्रोत बताउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

वनको रेड नोटिस ‘इनभ्यालिड’, अहिले अदालत बाधक?

फरार बेकरलाई पक्राउ गर्न त्यसबेला जिल्ला वन कार्यालय काठमाडौंको पत्रमार्फत् बेकरविरुद्ध रेड नोटिस जारी भएको थियो। उनीविरुद्ध पहिलो पटक सन् २००८ सेप्टेम्बरमा रेड नोटिस जारी भएको थियो। एकपटक जारी भएको रेड नोटिसको म्याद ५ वर्षसम्म हुन्छ। पहिलो पटकको म्याद गुज्रिसक्दा समेत बेकर पक्राउ नपरेपछि पुनः सन् २०१३  सेप्टेम्बरमा रेड नोटिस नवीकरण गरिएको थियो। 

सोही क्रममा उनी सन् २०१७ जुन १७ मा ग्रिसको एथेन्समा पक्राउ परेका थिए। बेकरलाई त्यसबेला नेपाल ल्याउन पहल गरिए पनि उनले रेड नोटिस नै ‘इनभ्यालिड’ बनाएका थिए। 

बेकर पक्राउ परेपछि ग्रिस प्रहरीले नेपाल सुपुर्दगीका लागि सम्पूर्ण सक्कल अदालती कागजात कुटनीतिक माध्यमबाट ग्रिसको कानुन मन्त्रालयमा पठाउन भन्दै इन्टरपोलमार्फत् पत्राचार गरेको थियो। 

Xtrem

Xtrem

परराष्ट्र मन्त्रालयमार्फत बेकरका सम्पूर्ण कागजात त्यसबेला ग्रिस पठाइएको थियो। पछि इन्टरपोल महासचिवालयले वन कार्यालय अर्धन्यायिक निकाय भएकाले वनको सिफारिसमा जारी भएको रेड नोटिस वैधानिक नहुने भन्दै पत्राचार गरेपछि पक्राउ परेका बेकर छुटेका थिए।

वन कार्यालयको पत्रमार्फत् जारी भएको रेड नोटिसले काम नगरेपछि सिआइबीले नयाँ तरिका अपनाउँदै उनको फाइल जिल्ला अदालत पठाएको थियो। नेपालको संविधान २०७२ जारी भएपश्चात् एक वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी कसुरको मुद्दा सम्बन्धित जिल्ला अदालतमा सर्ने कानूनी प्रावधान भएकोले यस मुद्दाको कार्यक्षेत्र पनि जिल्ला अदालत भएको भन्दै सिआइबीले सरकारी वकिल कार्यालयमार्फत उक्त मुद्दा अदालतमा पुर्‍याएको थियो।

 अदालतले बेकर उपस्थित नभएको अवस्थामा रेड नोटिसका लागि पत्र लेख्ने र त्यसपछि जारी भएको नोटिसमार्फत बेकर पक्राउ पर्ने बाटो खुल्ने आकलन सिआइबीले गरे पनि अहिले जिल्ला अदालत बाधक बनेको छ।

उच्च अदालतले जिल्ला अदालतको मुल्तवीमा राख्ने निर्णय उल्टाउँदै रेड नोटिसका लागि पत्राचार गरेको अवस्थामा भने उनी पक्राउ पर्ने बाटो खुल्छ।

बेकर पक्राउ नपरेकाले उनीमाथिको फैसला हुनै बाँकी छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १८ र १९ विरुद्धको कसुर गरेको आरोप उनीमाथि लागेको छ। उनी पक्राउ परेका बखत कारबाही गरिने भन्दै त्यसबेला मर्हजनलाई मात्रै ५ वर्ष कैदको फैसला सुनाइएको थियो।

राजेश महर्जनको घर भाडामा लिएर बेकरले संग्रहालय जसरी नै आखेटोपहार राखेका थिए। उनले गैह्रीधारास्थित छेवान नोर्बु नेपालीको घरमा समेत कोठा भाडा लिएका थिए। जहाँ उनी आफू पनि बस्थे भने आखेटोपहार पनि भण्डारण गर्थे।

बेकरका फर्निचरका सामानहरु दुर्लभ वन्यजन्तुका अंग र सयौं वर्ष पुराना पुरातात्विक सामग्रीले बनेका थिए। सोफामा चितुवाको छाला, खप्पर, सिङ, जंगली जनावरका नंग्राले बैठक कोठा सजाएका थिए। उनको डाइनिङ टेबलमा बाघको छाला बिच्छ्याइएको थियो भने चितुवाको छालाको सिरानी थियो।

को हुन् बेकर?

सन् १९८४ देखि २४ वर्षसम्म नेपाल बसेका व्यक्ति हुन् बेकर। उनले कला, इतिहास, साहित्य र धर्मका विषयमा अक्सफोर्ड र कोलम्बो विश्वविद्यालयमा अध्ययन गरेका छन्। 

उनी प्रख्यात लेखकसमेत हुन्। उनले हिमाल, तिब्बती संस्कृति, इतिहास, वातावरण र कलासम्बन्धी किताब लेखेका छन्। उनको ‘द हार्ट अफ द वल्र्ड’ पुस्तक प्रसिद्ध मानिन्छ। ‘अ जर्नी टु द लास्ट सक्रेट प्लेस’, ‘सेलेस्टियल ग्यालरी’, ‘द तिब्बतियन आर्ट अफ हिलिङ’ र ‘द दलाई लामाज् सर्केट टेम्पल’ लगायतका थुप्रै पुस्तक उनले लेखेका छन्। उनको पछिल्लो किताब ‘तिब्बतियन योगा’ हो। यो किताब सन् २०१६ मा प्रकाशित भएको थियो। उनी नेसनल जोग्राफिक म्यागजिनका लेख लेख्ने गर्छन्।

बेकर हिमालयन सेन्सस इन्टिच्युटका कार्यकारी बोर्ड सदस्यसमेत हुन्। साथै उनी अन्तराष्ट्रिय रुपमा वातावरण र संस्कृतिका विषयमा प्रशिक्षणसमेत दिने गर्छन्। उनी लन्डन्स् कोर्टल्ड इन्टिच्युट अफ आर्ट, द रोयल जोग्राफिक सोसाइटी, रोयल सोसाइटी फर एसियन अफेयर्स, एसिया सोसाइटी, स्मिथसोनियन इन्स्टिच्युट र नेसनल जोग्राफी सोसाइटीसँग पनि आबद्ध छन्।

त्यसैगरी उनी नेसनल जोग्राफी च्यानल, डिस्कभरी च्यानल, सिएनएन, बिबिसीलगायतका टिभी र रेडियोमा जोग्राफीसम्बन्धी च्यानलमा आबद्ध छन्। वाइल्डलाइफ, सांस्कृतिक, पर्यटन तथा आध्यात्म क्षेत्रमा काम गरेको उनी बताउने गर्छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्