• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कुख्यात वन्यजन्तु तस्कर अमेरिकी नागरिक बेकरको मुद्दा ‘मुल्तवी’मा

64x64
नारायण अधिकारी शुक्रबार, फागुन २१, २०७७  ०६:३०
1140x725

काठमाडौं– आखेटोपहार तस्करीमा संलग्न रहेको अभियोग लागेका कुख्यात वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकरको मुद्दा काठमाडौं जिल्ला अदालतले मुल्तवीमा राखेको छ।

२१ दिनभित्र अदालतमा उपस्थित हुन समाह्वान (सूचना) जारी गर्दा पनि बेकर उपस्थित नभएको भन्दै काठमाडौं जिल्ला अदालतले उनको मुद्दा मुल्तवीमा राखेको हो। २०७६ मंसिर २ गते २१ दिनभित्र अदालतमा उपस्थित हुन भन्दै बेकरको नाममा सूचना जारी गरिएको थियो। 

अदालतले जारी गरेको समाह्वानपत्रमा भनिएको थियो, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १०५ (२२) बमोजिम तपाईंको नाममा यो म्याद प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक २१ दिनभित्रमा प्रतिउत्तर र कानूनबमोजिम आफ्नो लिखित प्रमाणसमेत लिई आफैं वा कानुनबमोजिम वारेस पठाउनुहोला। नआई म्याद गुजारी बसेमा कानुनबमोजिम हुनेछ। पछि तपाईको उजुर लाग्ने छैन।’

बालुवाटारको सममार्ग घर नम्बर ८०७ मा रहेको बेकरको डेराबाट वन्यजन्तुका आखेटोपहार र प्राचीन सामग्री २०६५ जेठ ४ गते महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन डिएसपी शेरबहादुर बस्नेतको टोलीले बरामद गरेको थियो। त्यसबेला घरधनी राजेश महर्जन पक्राउ परेका थिए। उनी ५ वर्ष कैद सजायसमेत भुक्तान गरेर जेलमुक्त भइसकेका छन्। बेकर भने अहिलेसम्म फरार छन्। २०६५ सालदेखि उनको खोजी भए पनि अहिलेसम्म उनलाई नेपाल ल्याउन सकिएको छैन।

यो पनि पढ्नुहोस्

विख्यात व्यक्तिको कुख्यात कथामंगलबार, मंसिर ३, २०७६

उनै बेकरलाई ‘रेड कर्नर नोटिस’ जारी गरी पक्राउ गरेर ल्याउन भन्दै अदालत पुगेको फाइल मुल्तवीमा राखिएको हो। बेकरको मुद्दा मुल्तवीमा राखिएपछि सरकारी वकिल कार्यालय उच्च अदालत पाटन जाने भएको छ। घटनाको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) स्रोतले नेपाल लाइभसँग भन्यो, ‘ मुद्दाको सुनुवाइ गर्दै पक्राउका लागि रेड नोटिस जारी गर्न पत्र लेख्नुपर्नेमा जिल्ला अदालतले मुद्दा नै मुल्वतीमा राख्ने निर्णय गर्‍यो। हामीले पहल गरेपछि यो निर्णय विरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत पाटन जान लागेको छ।’

उच्च अदालत पाटनले पुनरावेदनको मुद्दा सुनुवाइ गर्दै रेड नोटिसका लागि पत्राचार गरेको अवस्थामा भने पुनः बेकर पक्राउको बाटो खुल्ने सिआइबी स्रोत बताउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

वनको रेड नोटिस ‘इनभ्यालिड’, अहिले अदालत बाधक?

फरार बेकरलाई पक्राउ गर्न त्यसबेला जिल्ला वन कार्यालय काठमाडौंको पत्रमार्फत् बेकरविरुद्ध रेड नोटिस जारी भएको थियो। उनीविरुद्ध पहिलो पटक सन् २००८ सेप्टेम्बरमा रेड नोटिस जारी भएको थियो। एकपटक जारी भएको रेड नोटिसको म्याद ५ वर्षसम्म हुन्छ। पहिलो पटकको म्याद गुज्रिसक्दा समेत बेकर पक्राउ नपरेपछि पुनः सन् २०१३  सेप्टेम्बरमा रेड नोटिस नवीकरण गरिएको थियो। 

सोही क्रममा उनी सन् २०१७ जुन १७ मा ग्रिसको एथेन्समा पक्राउ परेका थिए। बेकरलाई त्यसबेला नेपाल ल्याउन पहल गरिए पनि उनले रेड नोटिस नै ‘इनभ्यालिड’ बनाएका थिए। 

बेकर पक्राउ परेपछि ग्रिस प्रहरीले नेपाल सुपुर्दगीका लागि सम्पूर्ण सक्कल अदालती कागजात कुटनीतिक माध्यमबाट ग्रिसको कानुन मन्त्रालयमा पठाउन भन्दै इन्टरपोलमार्फत् पत्राचार गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

परराष्ट्र मन्त्रालयमार्फत बेकरका सम्पूर्ण कागजात त्यसबेला ग्रिस पठाइएको थियो। पछि इन्टरपोल महासचिवालयले वन कार्यालय अर्धन्यायिक निकाय भएकाले वनको सिफारिसमा जारी भएको रेड नोटिस वैधानिक नहुने भन्दै पत्राचार गरेपछि पक्राउ परेका बेकर छुटेका थिए।

वन कार्यालयको पत्रमार्फत् जारी भएको रेड नोटिसले काम नगरेपछि सिआइबीले नयाँ तरिका अपनाउँदै उनको फाइल जिल्ला अदालत पठाएको थियो। नेपालको संविधान २०७२ जारी भएपश्चात् एक वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी कसुरको मुद्दा सम्बन्धित जिल्ला अदालतमा सर्ने कानूनी प्रावधान भएकोले यस मुद्दाको कार्यक्षेत्र पनि जिल्ला अदालत भएको भन्दै सिआइबीले सरकारी वकिल कार्यालयमार्फत उक्त मुद्दा अदालतमा पुर्‍याएको थियो।

 अदालतले बेकर उपस्थित नभएको अवस्थामा रेड नोटिसका लागि पत्र लेख्ने र त्यसपछि जारी भएको नोटिसमार्फत बेकर पक्राउ पर्ने बाटो खुल्ने आकलन सिआइबीले गरे पनि अहिले जिल्ला अदालत बाधक बनेको छ।

उच्च अदालतले जिल्ला अदालतको मुल्तवीमा राख्ने निर्णय उल्टाउँदै रेड नोटिसका लागि पत्राचार गरेको अवस्थामा भने उनी पक्राउ पर्ने बाटो खुल्छ।

बेकर पक्राउ नपरेकाले उनीमाथिको फैसला हुनै बाँकी छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १८ र १९ विरुद्धको कसुर गरेको आरोप उनीमाथि लागेको छ। उनी पक्राउ परेका बखत कारबाही गरिने भन्दै त्यसबेला मर्हजनलाई मात्रै ५ वर्ष कैदको फैसला सुनाइएको थियो।

राजेश महर्जनको घर भाडामा लिएर बेकरले संग्रहालय जसरी नै आखेटोपहार राखेका थिए। उनले गैह्रीधारास्थित छेवान नोर्बु नेपालीको घरमा समेत कोठा भाडा लिएका थिए। जहाँ उनी आफू पनि बस्थे भने आखेटोपहार पनि भण्डारण गर्थे।

बेकरका फर्निचरका सामानहरु दुर्लभ वन्यजन्तुका अंग र सयौं वर्ष पुराना पुरातात्विक सामग्रीले बनेका थिए। सोफामा चितुवाको छाला, खप्पर, सिङ, जंगली जनावरका नंग्राले बैठक कोठा सजाएका थिए। उनको डाइनिङ टेबलमा बाघको छाला बिच्छ्याइएको थियो भने चितुवाको छालाको सिरानी थियो।

को हुन् बेकर?

सन् १९८४ देखि २४ वर्षसम्म नेपाल बसेका व्यक्ति हुन् बेकर। उनले कला, इतिहास, साहित्य र धर्मका विषयमा अक्सफोर्ड र कोलम्बो विश्वविद्यालयमा अध्ययन गरेका छन्। 

उनी प्रख्यात लेखकसमेत हुन्। उनले हिमाल, तिब्बती संस्कृति, इतिहास, वातावरण र कलासम्बन्धी किताब लेखेका छन्। उनको ‘द हार्ट अफ द वल्र्ड’ पुस्तक प्रसिद्ध मानिन्छ। ‘अ जर्नी टु द लास्ट सक्रेट प्लेस’, ‘सेलेस्टियल ग्यालरी’, ‘द तिब्बतियन आर्ट अफ हिलिङ’ र ‘द दलाई लामाज् सर्केट टेम्पल’ लगायतका थुप्रै पुस्तक उनले लेखेका छन्। उनको पछिल्लो किताब ‘तिब्बतियन योगा’ हो। यो किताब सन् २०१६ मा प्रकाशित भएको थियो। उनी नेसनल जोग्राफिक म्यागजिनका लेख लेख्ने गर्छन्।

बेकर हिमालयन सेन्सस इन्टिच्युटका कार्यकारी बोर्ड सदस्यसमेत हुन्। साथै उनी अन्तराष्ट्रिय रुपमा वातावरण र संस्कृतिका विषयमा प्रशिक्षणसमेत दिने गर्छन्। उनी लन्डन्स् कोर्टल्ड इन्टिच्युट अफ आर्ट, द रोयल जोग्राफिक सोसाइटी, रोयल सोसाइटी फर एसियन अफेयर्स, एसिया सोसाइटी, स्मिथसोनियन इन्स्टिच्युट र नेसनल जोग्राफी सोसाइटीसँग पनि आबद्ध छन्।

त्यसैगरी उनी नेसनल जोग्राफी च्यानल, डिस्कभरी च्यानल, सिएनएन, बिबिसीलगायतका टिभी र रेडियोमा जोग्राफीसम्बन्धी च्यानलमा आबद्ध छन्। वाइल्डलाइफ, सांस्कृतिक, पर्यटन तथा आध्यात्म क्षेत्रमा काम गरेको उनी बताउने गर्छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्