काठमाडौं– साफ यू–१८ च्याम्पियनसिपको अन्तिम तथा निर्णायक खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा जित निकाल्न सके नेपालले उपाधि रक्षा गर्ने छ।
नेपालले खेलमा २–० अग्रता लिएको छ। खेलको तेस्रो मिनेट दिनेश हेन्जनले फ्रिकिकमा गोल गरेर नेपाललाई अग्रता दिलाएका हुन्। दिनेशले नै ३७ मिनेटमा गोल गरेर नेपालको अग्रता २–० मा पु्र्याए।
बुधबार नै भएको खेलमा बंगलादेश विजयी भएकाले भारत भने हेड टु हेडमा पछि पर्दै उपाधि होडबाट बाहिरिएको छ। बंगलादेशले आयोजक भुटानलाई २–० गोलले पराजित गरेको हो। बंगलादेशको जितमा जफर एकबालले ८२ र ८८ मिनेटमा गोल गरे।
जितसँगै बंगलादेशको उपाधि जित्ते सम्भावना बलियो बनेको छ। नेपाल पराजित भए पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडमा च्याम्पियन बन्नेछ। नेपाल र भारतबीच बराबरी भए पनि बंगलादेशले उपाधि जित्नेछ।
राउन्ड रोबिनको आधारमा जारी प्रतियोगिताको बढी अंक जोड्ने टिम च्याम्पियन बन्ने प्रावधान छ। ४ मध्ये ३ खेलमा विजयी बंगलादेशको ९ अंक छ । एक खेल कम खेलेका नेपाल र भारतको समान ६–६ अंक छ।
पहिलो खेलमा आयोजक भुटानसँग पराजित भएको नेपालले दोस्रो खेलमा माल्दिभ्स तथा तेस्रो खेलमा बंगलादेशलाई हराएर उपाधि रक्षा गर्ने सम्भावना जीवितै राखेको थियो। दुई वर्षअघि नेपालमै आयोजना भएको साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतलाई हराएर उपाधि जितेको थियो । यस पटकदेखि प्रतियोगिता यू–१८ उमेरसमूहमा गरिएको हो।
हेर्नुहोस् लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।