काठमाडाैं– संघीय संसदका १६५ सांसदहरुले पहिलो दिन कोरोना भाइरसविरुद्धको खाेप लगाएका छन्।
फागुन २३ गतेदेखि प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु हुने भएकाले सिभिल अस्पतालमा सांसदहरुले खोप लगाएका हुन्।
बुधवार सभामुख अग्नीप्रसाद सापकोटा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतले कोरोनाविरुद्धकाे खाेप लगाएका थिए।
यता संघिय संसद र संसद सचिवालयका कर्मचारी ,मर्यादापालक र सुरक्षाकर्मी लगायत ४ सय ८२ जनाले पनि खाेप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।