काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउने नेविसंघका पाँच जना कार्यकर्ता पक्राउ परेका छन्।
नेकपा ओली समूहको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघमा आवद्ध विद्यार्थीहरुले कालो झण्डा देखाउने प्रयास गरेका थिए।
त्यसक्रममा पोखराको नदीपुरबाट नेविसंघका प्रताव बानिया, अशिम शुवेदी, सन्देश ठकुरी, रमेश चन्द्र जैसी र नसिब गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेविसंघले पक्राउ परेका आफ्ना कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रहरीको नियन्त्रणमा रहेका आफ्ना विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी दिएका छन्।
धानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा प्रहरी दमनको भरमा सत्ताको आयु लम्ब्याउन खोजे त्यो दिवा सपना मात्र हुने उनको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।