काठमाडौं- मकालु एयरलाइन्सको कार्गो जहाजलाई कर्णाली नदीको किनारमा आकस्मिक अवतरण गरिएको छ।
आज बिहानदेखि सम्पर्कबिहीन भएको सो जहाजमा खराबी आएपछि बाजुराको पट्टी भन्ने क्षेत्रमा कर्णाली नदीको किनारमा आकस्मिक अवतरण गरिएको हो।
बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडान भरेको जहाज साढे २ घण्टापछि सम्पर्कमा आएको हो। विमान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।
त्रिभुवन विमानस्थलका अनुसार ९एन एजेयु कल साइन उक्त जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्रै रहेको र दुवै सुरक्षित रहेका छन्।
जहाजमा आएको खराबीका बारेमा भन्ने हालसम्म केही बताइएको छैन।
कार्गोका अलावा जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका पहाडी र हिमाली जिल्लामा उडान भर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।