चिताको धुवाँ उँड्नु भन्दा पहिले
बिउँतिएको छ एक लाश
आफन्तहरु सबै खुशी मनाउँदैछन्
फेरि पाएर उसको साथ।
कतै खुशी अनि कतै दुःख लहर
दुविधाको अनुहार छरपस्ट छरिएको छ
कोही भन्दैछ्न् उसको जय जयकार
कोही भन्दैछ्न्, मरिसकेको लाश किन उठ्यो धिक्कार?
अकालमा मरेको लाश उठ्दा हर्ष भइरहेको छ
मार्न चाहनेहरूलाई दुःखको आँधी नै आएको छ
यसपालि यमराजलाई चुनौती दिएर लाश उठेको छ
कसरी जान्छ यसको जिन्दगी समय नै बताउँछ।
यसका आसेपासे पनि ,न मतलबि त होइनन्
यिनले पनि फेरि आफ्नो लागि प्रयोग गर्लान्
यसपालि लाश फर्किएर आयो खुशी त मानौं
अब फेरि अकालमा नमरोस् यही कामना गरौं।
नारायण कोइराला
तानसेन पाल्पा
हाल : यूएई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।