विराटनगर– सुनसरीको वराह नगरपालिका–१० प्रकाशपुरबाट लागुऔषधसहित दुई युवालाई पक्राउ गरिएको छ।
धरान उपमहानगरपालिका ८ का २३ वर्षीय अजय विश्वकर्मा र धरान–१५ का २४ वर्षीय निवेक श्रेष्ठ पक्राउ परेका हुन्।
को२५प ६४८८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरुको साथबाट ४ हजार ३ सय ५० वटा स्पास्मोप्रोक्सिवन ट्याब्लेट र ५० बोतल डाइलक्स डिल नामक लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरु लागुऔषध प्रयोग तथा ओसार–पसार र बिक्रि–वितरणमा संलग्न भएको प्रहरी चौकी प्रकाशपुरले जनाएको छ। पक्राउ परेका दुवैलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।