कैलाली- धनगढी उप–महानगरपालिका वडा नम्बर ४ स्थित शिवपुरीधाम नजिकैबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार चेकजाँच गर्दा वडा नम्बर १३ कैलाली गाउँका दीपक हमाललाई नक्कली नोट एक हजारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।