सोलुखुम्बु- मकालु हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ। आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।
प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो। उनी चिनियाँ टोली लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए।
शेर्पाको शव मंगलबार नै हेलिकप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडौं लगी शव परीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।