• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा पुनर्स्थापना भइसकेपछि अब के हुन्छ?

64x64
दुर्गा दुलाल मंगलबार, फागुन ११, २०७७  २२:१३
1140x725

काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनलाई गैरसंवैधानिक कदम भनेर बदर गरेसँगै अब नयाँ संवैधानिक कोर्स सुरु भएको छ। 

विघटित प्रतिनिधि सभाको पुनर्बहाली गर्ने फैसला गर्दै सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली, प्रधानमन्त्री कार्यालय र सभामुख अग्निप्रसाद सपकोटाको नाममा नाममा परमादेशको आदेशसमेत जारी गरेको छ। सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेकाले यो अवधिमा प्रतिनिधि सभाको बैठक बोलाउनुपर्ने वाध्यता प्रधानमन्त्री र राष्ट्रपतिलाई सिर्जना भएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ। र, सर्वोच्चको यो आदेशपछि अबका सबै संघर्ष सदनमा केन्द्रित हुनेछन्।  

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले यही प्रतिनिधि सभा पुनर्स्थापना हुँदा तुरुन्तै राजीनामा दिनुपर्ने नैतिक प्रश्न उठेको छ। उनले राजीनामा दिएमा अर्को प्रधानमन्त्री चयनका लागि दौडधुप सुरु हुने छ। यसका लागि संविधानको धारा ७६ को प्रक्रिया फेरि सुरु हुनेछ। 

त्यसक्रममा अब ओलीको दल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै अग्रसर भएर संसदीय दलको बैठक डाक्ने र ओलीलाई दलको नेताबाट हटाउने प्रक्रियाको सुरुवात हुने देखिन्छ।   

तीन वर्षयता निरन्तर सत्तामा रहेका ओलीले आफ्नो पक्षमा सांसदहरुलाई तान्ने र पुनः संसदीय दलको नेता बन्न कोसिस गर्ने सम्भावना भने अन्त्य भइसकेको छैन। तर, त्यसका लागि उनले नेकपाबाट कारवाही टार्न सक्नुपर्ने हुन्छ।  

Ncell 2
Ncell 2

अहिलेकै अवस्थामा कानुनतः नेकपा विभाजित हुन मिल्दैन। त्यसमाथि दल विभाजनका लागि पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सांसद हुनैपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ। ओलीले अप्ठ्यारै पर्‍यो भने अध्यादेशमार्फत त्यसलाई संशोधन गर्ने विकल्प अघि बढाउन सक्छन्। सर्वोच्चले १३ दिन राखेकाले यो अवधीमा ओलीले आफू अनुकुल खेल्ने बाटो रहन्छ। 

अहिले ओलीसँग संसदीय दलमा करिब ४६ प्रतिशत सांसद रहे पनि केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या छैन । पछिल्लो समय यताउता गरेका केही सांसदलाई छोडेर गत पुस ५ मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदको संख्यालाई आधार मान्ने हो भने ९० जना पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपालतिर छन्। १ सय ७३ जनामा वामदेव गौतमतिरका दुई सांसद घटाउँदा ओलीसँग ८१ जना रहन्छन्। ८१ जना सांसद ओलीलाई फेरि नेकपाको संसदीय दलको नेता बनाउन पर्याप्त छैनन् । त्यसैले उनी संसदीय दलमा फेरि लडे भने पनि पराजित हुने निश्चित देखिन्छ।

के हुन सक्छ ओलीलाई?
पहिलो र  सहज विकल्प भनेको प्रधानमन्त्री ओलीले पदवाट राजीनामा दिने हो। उनले राजीनामा दिएमा संविधानको धारा ७६ अनुसार नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने छ। यो हुन नसकेमा ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस हुने छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भावी प्रधानमन्त्रीको उम्मेदवार नभएको सार्वजनिक अभिव्यक्ति दिइसकेका कारण नेकपा (दाहाल–नेपाल) समूह, कांग्रेस र जसपाको संयुक्त सरकार बन्न सक्छ। नेकपाको यो समूहमा ९० जना सांसदको हिसाब गर्ने हो भने पनि कांग्रेसका ६३ र जसपाका ३४ जना सांसद जोड्दा १ सय ८७ जना पुग्छन्, जुन दुई तिहाइ बहुमतको सरकारका लागि पर्याप्त संख्या हो।

सरकार बनाउन आवश्यक पर्ने सामान्य बहुमत अर्थात् १ सय ३८ जना विभाजित नेकपाबाट मात्रै पुर्‍याउन भने असम्भवप्रायः छ। जसपालाई नै जोड्दा पनि १ सय २४ मात्रै पुग्छ, जसपा–नेकपाको सरकार बनाउन दाहाल–नेपाल समूहले ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ। त्यसैले कांग्रेसको भूमिका महत्त्वपूर्ण हुन्छ। 

संसद् विघटनअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएका भनिएका संवाद र सहमति तथा चुनावकेन्द्रित देउवाका अभिव्यक्तिका कारण चुनाव गराउने ओली र देउवाको सहमति भएको हो कि भन्ने आशंका छ। यो आशंकाले ओली र देउवाबीच पनि गठबन्धनको सम्भावना छ। यद्यपि कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्तावमा मत दिने तर नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी नहुने निर्णय पनि गर्न सक्छ। प्रतिनिधिसभाबाट नयाँ प्रधानमन्त्री आउने सम्भावना त्यसपछि रहन्न। अनि मुलुक संविधानअनुसार नै निर्वाचनमा जाने अवस्था पनि आउन सक्छ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्... मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सरकारले तीन महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने बुधबार, मंसिर २४, २०८२
प्राधिकरण फर्किएर हितेन्द्रले  भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु बुधबार, मंसिर २४, २०८२
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित बुधबार, मंसिर २४, २०८२
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्