पोखरा – तनहुँमा आज एक पुरुषको शव फेला परेको छ।
भानु नगरपालिका– २, शंखेधारामा शव भेटिएको हो। मर्स्याङ्दी नदीको किनारमा शव भेटिएकाले नदीले बगाएर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ। शवको परिचय खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विरेन्द्रकुमार बस्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।