• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

सिटीको अविश्वसनीय जितको यात्रा 

64x64
नेपाल लाइभ मंगलबार, फागुन ११, २०७७  ०८:१६
1140x725

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले पछिल्ला १८ खेल लगातार जितिरहेको छ। २५ खेलमा हेर्दा २२ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ। यो पेप गार्डिओलाको प्रशिक्षणमा २०१७ को अप्रिल–डिसेम्बरको समयमा २८ खेलको अपराजित यात्राको नजिक देखिन्छ।  

डिसेम्बर १६ मा वेस्टब्रुमसँग बराबरी खेलेपछि म्यानचेस्टर सिटीले सबै खेल जितिरहेको हो। त्यसअघि टोटनह्यामसँग २–० ले हार्दा, लिभरपुलसँग १–१ को बराबरी हुँदा र लेस्टर सिटीसँग ५-२ ले हार्दा म्यानचेस्टर सिटीको यो सिजनमा बिग्रिएको लयमा प्रश्न उठिरहेको थियो। अहिलेसम्म आइपुग्दा पनि सिटी लिग विजेताको बाटोमा बलियो देखिन्छ। 

यसैले त प्रशिक्षक गार्डिओला अहिले आफ्नै टिमको जितको यात्राले आश्चर्यचकित भएको बताइरहेका छन्। कोभिडपछिको समयमा चोटमा बढेको संख्या र ठूला टिमहरुले भोग्नुपरेको अप्ठ्यारोबीच सिटीको लगातारको जितमा अचम्मित भएको आर्सनलसँगको खेलपछि गार्डिओलाले बताएका हुन्। 

‘म अहिलेको अवस्थाले अचम्मित र प्रभावित छु। विश्व फुटबलमा सबै टिमहरु कठीन अवस्थामा बढिरहँदा, सबै टिमले लिगमा अंक गुमाइरहँदा हामी पनि एउटै लयमा बढ्न सकिरहेका छौँ, त्यो पनि गएको दुई महिनादेखि। मैले यस्तो होला भन्ने सोचेको थिइनँ। मान्छेहरु जित र कीर्तिमानमा रहेर कुरा गर्छन् तर यसरी यस्ता खेलहरु जितिरहन सहज हुने कुरा होइन’ गार्डिओलाले भनेका छन्।

लिगमा अब १३ खेल बाँकी रहँदा म्यानचेस्टर सिटी १० अंकले अघि छ। सिटीको २५ खेलमा ५९ अंक रहेको छ। दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको २५ खेलमा ४९ अंक छ। उति नै खेलमा लेस्टरको ४९ र वेस्ट ह्यामको ४५ अंक छ। सुरुवातमा लिग प्रतिस्पर्धामा हेरिएका चेल्सीको ४३ र लिभरपुलको ४० अंक रहेको छ।

म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गार्डिओलाको शैली र खेलाडीको उच्च मनोबलले लिगमा पछिल्ला खेलहरु लगातार जित्न सकिरहेको हो।

म्यानचेस्टर सिटी अहिलेको जितको निरन्तरतामा विश्वस्त पनि देखिन्छ। आइतबार राति आर्सनलविरुद्ध खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङको गोलमा बनाएको अग्रता सिटीले अन्तिमसम्म कायम राख्न सक्यो। ५५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको सिटीले गरेका १५ प्रहारमा ३ प्रहार पोस्टमा थिए। 
म्यानचेस्टर सिटीका लागि जितको निरन्तरता मात्रै होइन गोलमा बढ्ने संख्यामा पनि राम्रो भइरहेको देखिन्छ। २५ खेलमा सिटीले ५० गोल गरेको छ भने १५ गोल खाएको छ। गोलमा ३५ को यो भिन्नता अरु टिमको भन्दा निकै राम्रो देखिन्छ।  

म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गार्डिओलाको शैली र खेलाडीको उच्च मनोबलले लिगमा पछिल्ला खेलहरु लगातार जित्न सकिरहेको हो। गएको सिजनको अवस्थाबाट यो सिजनमा सिटीमा धेरै कुरामा परिवर्तन देखिएको छ। सिटीले पहिले जस्तो ‘हाइ प्रेस’मा खेलिरहेको छैन। खेलमा नियन्त्रण बनाउन त्यसले सहयोग पुगिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

म्यानचेस्टर सिटीमा रहिम स्टर्लिङ, बर्नार्डो सिल्भा, रियाद महरेज मिडफिल्डमा इल्के गुन्डोइवान, केभिन डे ब्रइन साथै डिफेन्समा रुबेन डायस, जोन स्टोन्स जस्ता खेलाडीहरु सिटीमा एकै लयमा देखिइरहेका छन्। अरु टिमको तुलनामा सिटीमा अतिरिक्त खेलाडीका नामसमेत मैदानमा प्रभावकारी हुने नै छन्। भर्खरै चोटबाट फर्किएका सर्जियो अग्युरोदेखि गाब्रियल जिसस हुँदै फिल फोडेनसम्मका खेलाडी आर्सनलविरुद्ध सुरुवाती टिममा थिएनन्। 

गएको सिजन स्पेनिस क्लब बार्सिलोनाबाट कप्तान लियोनल मेस्सीले छाड्ने बताएसँगै उनलाई लैजान सबैभन्दा अघि म्यानचेस्टर सिटी नै देखिएको थियो। यही टिममा मेस्सी जस्ता खेलाडी मिसाउँदा सिटीको दबदबा अझ कस्तो होला भन्ने कल्पना फुटबल समर्थक गरिरहेका छन्। अहिले नै प्रिमियर लिगमा देखिएको उपाधिको बलियो यात्रामा च्याम्पियन्स लिगमा उस्तै निरन्तरता सिटीमा चिन्ताको विषय छ। 

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत खेलमा बुधबार राति पौने २ बजे जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाखसँग खेल्दैछ। च्याम्पियन्स लिग समूह चरणमा ‘समूह सी’ को शीर्षमा रहँदै अघि बढेको सिटीले पाँच खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो। जहाँ सिटीले १३ गोल गरेको थियो भने एक गोल मात्र खाएको थियो। 

प्रिमियर लिगमा पछिल्लो समय देखिएको स्तर च्याम्पियन्स लिगमा निरन्तर गर्न सके म्यानचेस्टर सिटी युरोपमा आफ्नो फरक क्षमता देखाउन सक्षम हुने नै छ। हुन पनि प्रिमियर लिगको यो सिजन अंक तालिकाको शीर्षमा विभिन्न नौ टिम यताउता भए। जहाँ सिटीले अहिले अंक दुरी भेटाउन मुस्किल हुने गरी बढाइरहेको छ। 

टोटनह्यामसँग २–० ले हारेको खेलसम्म म्यानचेस्टर सिटीले ८ खेलमा ११ गोल खाइसकेको थियो। जहाँ गरेको गोल संख्या १० मात्र थियो। त्यस्तो गोल संख्याको अवस्थापछि गार्डिओलाले सेन्टर डिफेन्समा परिवर्तन गरे। जोन स्टोन्ससँगको सहकार्यका लागि एमेरिक लापोर्तेको स्थानमा रुबेन डाएस आएदेखि सिटी डिफेन्स बलियो देखिएको छ।  

मिडफिल्डर इल्के गुन्डोइवानले गोलमा बढाइरहेको संख्या पनि सिटीका लागि सुधारको संकेतका रुपमा बढिरहेको छ। धेरैले गुन्डोइवानलाई सुस्त खेल र धेरै समय बलमा नियन्त्रण बनाउने शैली बेमेल गरेको रुपमा आरोप लगाइरहेका हुन्थे। तर अहिले सिटीको अट्याकमा गुन्डोइवानको प्रयोग सफल भइरहेको छ। लिगमा नै उनले ११ गोल गरिसकेका छन्। 

यो सबै परिस्थिति हेर्दा गार्डिओलाको प्रशिक्षणमा म्यानचेस्टर सिटीको समय थप स्वर्णीम बन्ने संकेत देखिएको छ। प्रिमियर लिगमा देखिएको उल्लास च्याम्पियन्स लिगका आउँदा खेलमा पनि देखिए युरोपियन प्रतिस्पर्धामा सिटीलाई अघि बढाउन नसकेको आरोप खेपिरहेका गार्डिओलाले त्यसबाट मुक्ति पाउनेछन्।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
छातीमा समस्या देखिएपछि चेकजाँचको लागि राष्ट्रिय ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्