• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

सिटीको अविश्वसनीय जितको यात्रा 

64x64
नेपाल लाइभ मंगलबार, फागुन ११, २०७७  ०८:१६
1140x725

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीले पछिल्ला १८ खेल लगातार जितिरहेको छ। २५ खेलमा हेर्दा २२ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ। यो पेप गार्डिओलाको प्रशिक्षणमा २०१७ को अप्रिल–डिसेम्बरको समयमा २८ खेलको अपराजित यात्राको नजिक देखिन्छ।  

डिसेम्बर १६ मा वेस्टब्रुमसँग बराबरी खेलेपछि म्यानचेस्टर सिटीले सबै खेल जितिरहेको हो। त्यसअघि टोटनह्यामसँग २–० ले हार्दा, लिभरपुलसँग १–१ को बराबरी हुँदा र लेस्टर सिटीसँग ५-२ ले हार्दा म्यानचेस्टर सिटीको यो सिजनमा बिग्रिएको लयमा प्रश्न उठिरहेको थियो। अहिलेसम्म आइपुग्दा पनि सिटी लिग विजेताको बाटोमा बलियो देखिन्छ। 

यसैले त प्रशिक्षक गार्डिओला अहिले आफ्नै टिमको जितको यात्राले आश्चर्यचकित भएको बताइरहेका छन्। कोभिडपछिको समयमा चोटमा बढेको संख्या र ठूला टिमहरुले भोग्नुपरेको अप्ठ्यारोबीच सिटीको लगातारको जितमा अचम्मित भएको आर्सनलसँगको खेलपछि गार्डिओलाले बताएका हुन्। 

‘म अहिलेको अवस्थाले अचम्मित र प्रभावित छु। विश्व फुटबलमा सबै टिमहरु कठीन अवस्थामा बढिरहँदा, सबै टिमले लिगमा अंक गुमाइरहँदा हामी पनि एउटै लयमा बढ्न सकिरहेका छौँ, त्यो पनि गएको दुई महिनादेखि। मैले यस्तो होला भन्ने सोचेको थिइनँ। मान्छेहरु जित र कीर्तिमानमा रहेर कुरा गर्छन् तर यसरी यस्ता खेलहरु जितिरहन सहज हुने कुरा होइन’ गार्डिओलाले भनेका छन्।

लिगमा अब १३ खेल बाँकी रहँदा म्यानचेस्टर सिटी १० अंकले अघि छ। सिटीको २५ खेलमा ५९ अंक रहेको छ। दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडको २५ खेलमा ४९ अंक छ। उति नै खेलमा लेस्टरको ४९ र वेस्ट ह्यामको ४५ अंक छ। सुरुवातमा लिग प्रतिस्पर्धामा हेरिएका चेल्सीको ४३ र लिभरपुलको ४० अंक रहेको छ।

म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गार्डिओलाको शैली र खेलाडीको उच्च मनोबलले लिगमा पछिल्ला खेलहरु लगातार जित्न सकिरहेको हो।

म्यानचेस्टर सिटी अहिलेको जितको निरन्तरतामा विश्वस्त पनि देखिन्छ। आइतबार राति आर्सनलविरुद्ध खेलको दोस्रो मिनेटमा नै रहिम स्टर्लिङको गोलमा बनाएको अग्रता सिटीले अन्तिमसम्म कायम राख्न सक्यो। ५५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको सिटीले गरेका १५ प्रहारमा ३ प्रहार पोस्टमा थिए। 
म्यानचेस्टर सिटीका लागि जितको निरन्तरता मात्रै होइन गोलमा बढ्ने संख्यामा पनि राम्रो भइरहेको देखिन्छ। २५ खेलमा सिटीले ५० गोल गरेको छ भने १५ गोल खाएको छ। गोलमा ३५ को यो भिन्नता अरु टिमको भन्दा निकै राम्रो देखिन्छ।  

म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गार्डिओलाको शैली र खेलाडीको उच्च मनोबलले लिगमा पछिल्ला खेलहरु लगातार जित्न सकिरहेको हो। गएको सिजनको अवस्थाबाट यो सिजनमा सिटीमा धेरै कुरामा परिवर्तन देखिएको छ। सिटीले पहिले जस्तो ‘हाइ प्रेस’मा खेलिरहेको छैन। खेलमा नियन्त्रण बनाउन त्यसले सहयोग पुगिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

म्यानचेस्टर सिटीमा रहिम स्टर्लिङ, बर्नार्डो सिल्भा, रियाद महरेज मिडफिल्डमा इल्के गुन्डोइवान, केभिन डे ब्रइन साथै डिफेन्समा रुबेन डायस, जोन स्टोन्स जस्ता खेलाडीहरु सिटीमा एकै लयमा देखिइरहेका छन्। अरु टिमको तुलनामा सिटीमा अतिरिक्त खेलाडीका नामसमेत मैदानमा प्रभावकारी हुने नै छन्। भर्खरै चोटबाट फर्किएका सर्जियो अग्युरोदेखि गाब्रियल जिसस हुँदै फिल फोडेनसम्मका खेलाडी आर्सनलविरुद्ध सुरुवाती टिममा थिएनन्। 

गएको सिजन स्पेनिस क्लब बार्सिलोनाबाट कप्तान लियोनल मेस्सीले छाड्ने बताएसँगै उनलाई लैजान सबैभन्दा अघि म्यानचेस्टर सिटी नै देखिएको थियो। यही टिममा मेस्सी जस्ता खेलाडी मिसाउँदा सिटीको दबदबा अझ कस्तो होला भन्ने कल्पना फुटबल समर्थक गरिरहेका छन्। अहिले नै प्रिमियर लिगमा देखिएको उपाधिको बलियो यात्रामा च्याम्पियन्स लिगमा उस्तै निरन्तरता सिटीमा चिन्ताको विषय छ। 

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेग अन्तर्गत खेलमा बुधबार राति पौने २ बजे जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाखसँग खेल्दैछ। च्याम्पियन्स लिग समूह चरणमा ‘समूह सी’ को शीर्षमा रहँदै अघि बढेको सिटीले पाँच खेल जितेको थियो भने एक खेल बराबरी खेलेको थियो। जहाँ सिटीले १३ गोल गरेको थियो भने एक गोल मात्र खाएको थियो। 

प्रिमियर लिगमा पछिल्लो समय देखिएको स्तर च्याम्पियन्स लिगमा निरन्तर गर्न सके म्यानचेस्टर सिटी युरोपमा आफ्नो फरक क्षमता देखाउन सक्षम हुने नै छ। हुन पनि प्रिमियर लिगको यो सिजन अंक तालिकाको शीर्षमा विभिन्न नौ टिम यताउता भए। जहाँ सिटीले अहिले अंक दुरी भेटाउन मुस्किल हुने गरी बढाइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टोटनह्यामसँग २–० ले हारेको खेलसम्म म्यानचेस्टर सिटीले ८ खेलमा ११ गोल खाइसकेको थियो। जहाँ गरेको गोल संख्या १० मात्र थियो। त्यस्तो गोल संख्याको अवस्थापछि गार्डिओलाले सेन्टर डिफेन्समा परिवर्तन गरे। जोन स्टोन्ससँगको सहकार्यका लागि एमेरिक लापोर्तेको स्थानमा रुबेन डाएस आएदेखि सिटी डिफेन्स बलियो देखिएको छ।  

मिडफिल्डर इल्के गुन्डोइवानले गोलमा बढाइरहेको संख्या पनि सिटीका लागि सुधारको संकेतका रुपमा बढिरहेको छ। धेरैले गुन्डोइवानलाई सुस्त खेल र धेरै समय बलमा नियन्त्रण बनाउने शैली बेमेल गरेको रुपमा आरोप लगाइरहेका हुन्थे। तर अहिले सिटीको अट्याकमा गुन्डोइवानको प्रयोग सफल भइरहेको छ। लिगमा नै उनले ११ गोल गरिसकेका छन्। 

यो सबै परिस्थिति हेर्दा गार्डिओलाको प्रशिक्षणमा म्यानचेस्टर सिटीको समय थप स्वर्णीम बन्ने संकेत देखिएको छ। प्रिमियर लिगमा देखिएको उल्लास च्याम्पियन्स लिगका आउँदा खेलमा पनि देखिए युरोपियन प्रतिस्पर्धामा सिटीलाई अघि बढाउन नसकेको आरोप खेपिरहेका गार्डिओलाले त्यसबाट मुक्ति पाउनेछन्।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ बिहीबार, कात्तिक ५, २०८३
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग बिहीबार, कात्तिक ५, २०८३
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्