काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन्। सर्वोच्चको आदेश लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतकै गेटबाट पुनः पक्राउ गरेको हो।
न्यायधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो। बास्तोलाको तर्फबाट अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्।
बास्तोलालाई गएको पुस २९ गते ललितपुर मकवानपुर सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।