काठमाडाैं– नेकपा पुष्कमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले संसद विघटनको फैसला सर्वोच्च अदालतबाट नआउञ्जेलसम्म विरोध कार्यक्रम जारी रहने बताएका छन्।
प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाल दलित मुक्ति संगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पन्तले जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन जारी रहने बताएका हुन्।
उनले सरकारको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याउनेमा आफू विश्वास्त रहेको समेत बताए।
त्यसअघि माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो।
प्रदर्शनमा सहभागीहरुले ‘समानुपातिक समावेशीकरण र धर्म निरपेक्षताको रक्षा गरौं’, ‘प्रतिनिधि सभाको पुनर्स्थापना गरी संविधानको रक्षा गरौं’, ‘दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं’जस्ता प्लेकाड प्रदर्शन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।