तस्बिर: सुरेन्द्र बस्नेतकाे फेसबुकवालबाट
काठमाडाैं– नेकपा पुष्कमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षको अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता प्रहार गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको प्रतीक बनाएर त्यहीँ फोटोमा अनेरास्ववियूले सोमबार जुत्ता प्रहार गरेको हो।
ओली राजनीतिक, वैचारिक, धार्मिक सबै दृष्टिकोणले प्रतिगामी हुँदै गएकाले नारायणहिटी दरवार नजिक प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए।
‘ओलीलाई प्रतिगामी हुदै राजतन्त्रात्मक व्यवस्थाको नजिक पुगेकाले नारायणहिटी दरवार नजिकको ठाउँ रोजियौ,’बस्नेतले भने, ‘त्यहीँ ओलीको फोटो ठूलो बनाएर जुत्ताले प्रहार गरियौं। त्यहीँ फोटोमा जुत्ताको माला लगाइदियौं।’
जुत्ता प्रहार कार्यक्रममा प्रहरीले दमन गर्दा विद्यार्थी नेताहरु सामान्य घाइते भएको बस्नेतले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।