• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको ५ वर्षपछि ५ औद्योगिक क्षेत्र शिलान्यासको तयारी

64x64
हेमन्त जोशी आइतबार, फागुन ९, २०७७  १७:४८
1140x725
फाइल तस्बिर

काठमाडौं- मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको ५ वर्षपछि देशका विभिन्न ५ स्थानमा औद्योगिक क्षेत्रको औपचारिक शिलान्यास गर्न सरकार जुटेको छ। २०७२ चैत १ गते मन्त्रिपरिषद्‍ बैठकले झापाको दमक, मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र कञ्चनपूरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। उक्त घोषणा भएको ५ वर्षपछि यी औद्योगिक क्षेत्रलाई एक सातासम्म हरेक दिनजसो शिलान्यास कार्यक्रम गर्ने सरकारको तयारी छ।

सोमबार (फागुन १० गते) प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र शिलान्यास गर्नेछन्। फागुन १६ गतेसम्ममा पाँचै औद्योगिक क्षेत्र शिलान्यासको कार्यक्रम सम्पन्न गर्ने तयारी सरकारले अघि बढाएको हो। 

सरकारको पूर्ण स्वामित्व भएको कम्पनी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले यी परियोजना निर्माणका लागि काम गर्दै आएको छ। हालसम्मको अवधिमा प्रारम्भिक चरणका सबै काम सकिएको र अब पूर्वाधार निर्माणको काम शुरु गर्न बाँकी रहेको कम्पनीको भनाइ छ।

लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले यी पाँचै औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र जग्गाको मुआब्जा वितरणका काम सम्पन्न भएको बताए। ‘२०७३ सालबाट काम सुरु भएको हो। ५ वर्षमा डिपिआर, इआइए, मुआब्जालगायतका विषय टुंगिनु महत्वपूर्ण उपलब्धि हो। अरु परियोजनासँग तुलना गरेर हेर्दा ५ वर्षमा यी काम सकिनुलाई मैले ठूलो उपलब्धि मान्छु,’ उनले भने।

त्यस्तै अबको ६ महिनाभित्र दोस्रो चरणका दुई औद्योगिक क्षेत्र बनाउन थालिने समेत उनले बताए। उनका अनुसार दाङको धर्ना र चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउन थालिने छ। 

शिलान्यासको तयारीमा रहेका सबै औद्योगिक क्षेत्रहरू आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने अध्यक्ष बस्नेतको दाबी छ। ‘भोलिदेखि शिलान्यास सुरु हुने ५ वटा औद्योगिक क्षेत्रमा २ वर्षमा उद्योग संचालनमा आइसक्छन्। औद्योगिक क्षेत्र निर्माणको सबै काम ५ वर्षभित्र सकिनेछ,' उनले भने। 

औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना हुने सुनिश्चितता गरेर मात्रै संरचना निर्माण गरिने पनि बस्नेतको भनाइ छ। ‘मैले २ वर्षभित्र औद्योगिक क्षेत्रमा उद्योग संचालनमा आइसक्छन् तर सबै संरचना बनाउन ५ वर्ष लाग्छ भन्दा विरोधाभास जस्तो देखिन सक्छ। तर यो हामीले नयाँ तरिकाले काम गर्न खोजेको हो,’ उनले भने। सोमबार कञ्चनपुरको दैजीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने शिलान्यासमा औद्योगिक क्षेत्रसँग सम्बन्धित केही नयाँ विषय घोषणा पनि हुने बस्नेतले संकेत गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले हरेक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र घोषणा गर्ने गरी यो कार्यक्रम अगाडि बढाएको थियो। २०७२ साल चैत १ गतेको मन्त्रिपरिषद् बैठकले पनि औद्योगिक क्षेत्र स्थापना गर्न छुट भएका प्रदेशमा उपयुक्त जग्गाको पहिचान गरी मन्त्रिपरिषद्‍मा पेस गर्ने निर्णय पनि गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकाल (२०७२ असोज २५ देखि २०७३ साउन १९) मा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले औद्योगिक क्षेत्र स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए। त्यस्तै औद्योगिक क्षेत्र घोषणा भइसकेका ठाउँमा ४ किल्लाभित्रको जग्गा–जमिन प्राप्ती, सम्बन्धित निकायको सहमति लिनेलगायत अन्य आवश्यक कारबाही अगाडि बढाउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्‍ले गरेको थियो। 

हरेक आर्थिक वर्ष बजेट विनियोजन
औद्योगिक नीति २०६७ ले मुलुकका विभिन्न स्थानमा औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएको थियो। त्यसपछिका हरेक नीति तथा कार्यक्रममा र बजेटमा औद्योगिक क्षेत्र स्थापनाको विषय पर्दै आएको छ। आर्थिक वर्ष २०७३/७४ पछि रहेक वर्ष सरकारले औद्योगिक क्षेत्र थप्नका लागि भन्दै वार्षिक बजेटसमेत विनियोजन गर्दै आएको छ। बहुवर्षीय आयोजना भएकाले हरेक वर्ष बजेटको सुनिश्चितता सरकारबाटै गर्ने गरी औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढिरहेको छ।

चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा सबै प्रदेशमा कम्तीमा १ औद्योगिक क्षेत्र स्थापना गर्न सरकारले २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ। गत आर्थिक वर्षमा पनि विभिन्न ७ वटा स्थानमा औद्यागिक क्षेत्र स्थापनाका लागि काम सुरु गर्ने विषय बजेटमा थियो। आर्थिक वर्ष २०७६/७७ को बजेटले अहिले शिलान्यास हुन लागेका ५ वटा औद्योगिक क्षेत्रबाहेक सुर्खेतको चौरासे र चितवनको शक्तिखोरमा पनि औद्योगिक क्षेत्र स्थापना गर्ने उल्लेख गरेको थियो। आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि यो विषय राखिएको छ।

Xtrem

Xtrem

‘प्रदेशको समन्वय र सार्वजनिक तथा नीजि क्षेत्रको सहभागितामा प्रत्येक प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र र एक विशेष आर्थिक क्षेत्र स्थापनाको सम्भाव्यता र पूर्वाधार निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु,’ अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो पहिलो बजेट व्यक्तव्यमा भनेका थिए। तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरको आर्थिक वर्ष २०७४/७५ को बजेटमा पनि ‘थप औद्योगिक क्षेत्रहरू स्थापना गर्न अध्ययन थाल्ने’ उल्लेख गरेका थिए। 

साताव्यापी शिलान्यास कार्यक्रम 
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण गर्ने गरी घोषणा भएको दैजी-छेला औद्योगिक क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्ने भएका छन्। त्यस्तै लुम्बिनी प्रदेशको बाँके जिल्लामा नौबस्ता औद्योगिक क्षेत्र फागुन ११ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्ने तयारी छ।

लुम्बिनी प्रदेशकै रुपन्देही जिल्लामा मोतिपुर औद्योगिक क्षेत्र १३ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। १४ गते बागमती प्रदेशको मकवानपुर जिल्लाको मयुरधाप औद्योगिक क्षेत्र उद्योगमन्त्री भट्टले उद्घाटन गर्नेछन् भने १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्कको उद्घाटन गर्दैछन्। 

यीबाहेक अरु विभिन्न ठाउँमा पनि औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अहिले प्रदेश-२ मा सर्लाहीको मुर्तिया, बागमती प्रदेशमा काभ्रेको पनौती, गण्डकीमा गोर्खाको च्याङ्ली र तनहुँको चिन्तुटार, लुम्बिनी प्रदेशमा दाङका लक्ष्मीपुर, कर्णाली प्रदेशमा दैलेखको चुप्रा र सुदूरपश्चिम कैलालीको लम्कीमा गरी ७ ठाउँमा औद्योगिक क्षेत्र बनाउन सक्नेबारे अध्ययन गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्